STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ आषाढ २७, शुक्रबार

    क्रिप्टोकरेन्सी मुद्रा होइन – ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताउनुभएको छ । उहाँले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्छ भन्नुभयो । राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै “मलाई बिट्क्वाइन र अरु किसिमका क्रिप्टोकरेन्सीमा विल्कुलै विश्वास छैन, र यो मुद्रा होइन । यस्ता मुद्राको मूल्य निकै अस्थिर र अनुमानयोग्य छैन” भन्नुभयो...

  • २०७६ आषाढ २७, शुक्रबार

    उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए

    सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–बद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका १०० भन्दा बढी लडाकाहरु मारिएका छन् । सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ । जिसर अल–शुघुरमा सरकारी फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ । राष्ट्रसंघका अनुसार स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीमाथि...

  • २०७६ आषाढ २७, शुक्रबार

    बिवाह समारोहमा आत्मघाती आक्रमण, पाँच सर्वसाधारणको मृत्यु

    अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक बिवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् । एक सरकारी अधिकारीले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् । सर्वसाधारण नागरिकको हत्या नगर्ने दाबी गर्दै आएका तालिबान लडाकू समूहले उक्त आक्रमणको जिम्मा लिन अस्विकार गरेका छन् । पाकिस्तानको सीमा क्षेत्रसँग...

  • २०७६ आषाढ २६, बिहिबार

    पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

    पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो ९क्रसिङ० मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए । स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्यूजलाई...

  • २०७६ आषाढ २६, बिहिबार

    अमेरिकामा मृगौला प्रत्यारोपणमा नयाँ नीति घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गर्नुभएको छ । अमेरिकी सरकारले मृगौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याउने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा स्वास्थ्य क्षेत्रमा थप प्रगति हुने अमेरिकी प्रशासनको...

  • २०७६ आषाढ २६, बिहिबार

    बेलायती तेल ट्याँकरमा आक्रमण गरिएको छैन – इरान

    इरानको क्रान्तिकारी गार्ड सेनाले बेलायती तेल ट्याँकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ । इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्टामा बेलायती समेतका कुनै पनि जहाजमाथि आक्रमण नगरिएको उल्लेख छ । बेलायतले बिहीबार वक्तव्य प्रकाशन गरी तीन वटा इरानी...

  • २०७६ आषाढ २५, बुधबार

    पपुवा न्यूगिनीमा आदिवासी समुदायका २४ जनाको मृत्यु

    पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवती समेत रहेको प्रहरीले जनाएको छ । हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसहरुको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पपुवा न्यूगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला प्रान्तमा आदिवासी समुदायहरुबीच सदियौंदेखि...

  • २०७६ आषाढ २५, बुधबार

    अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरु

    संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरु भएको हो । अमेरिकाले चीनमाथि थप सामग्रीमा करवृद्धि गर्ने घोषणा गरेसँगै दुबै मुलुकबीच जारी वार्ता गत मे महिनामा एकाएक भङ्ग भएको थियो । अमेरिकी कदम लगत्तै चीनले पनि प्रतिशोध...

  • २०७६ आषाढ २५, बुधबार

    यमनमा हिंसा, जासुसीको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला

    विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ । यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो ।...

  • २०७६ आषाढ २४, मंगलबार

    भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय

    अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै सजाय स्वरुप कारागार चलान गर्नु पर्ने फैसला गरेको हो । उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचार विरुद्ध देशव्यापी र व्यापक आन्दोलनहरू भइरहेका बेला अदालतले यस्तो फैसला गरेको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् । मन्त्री...

  • २०७६ आषाढ २४, मंगलबार

    एकल स्वामित्वको अधिकारलाई मजबुत पार्ने

    चीनले बौद्धिक सम्पत्तीको अधिकार अन्तर्गत एकल स्वामित्व अधिकारलाई संरक्षणलाई थप मजबुत पार्ने बताउनुभएको छ । चीनले सन् २०१९ को पहिलो छ महिनामा छ हजार ५२९ एकल स्वामित्व उल्लङ्घनसम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको चिनियाँ बौद्धिक सम्पत्ति प्रशासनले मङ्गलबार एक पत्रकार सम्मेलनमा बताएको छ । सन् २०१९ को पहिलो छ महिनामा चीनमा कुल दुई लाख ३८ हजार अविस्कारको एकल स्वामित्व अधिकार प्राप्त गरेको छ । यो...

  • २०७६ आषाढ २४, मंगलबार

    अमेरिकामा जलवायु परिवर्तनका कारण माछा असुरक्षित

    जलवायु परिवर्तका कारण विश्वको तापक्रममा वृद्धि हुने क्रमसँगै अमेरिकी एक राज्य विन्कन्सनमा प्राकृतिक रूपमा खोला, नदी तथा तलाउमा पाइने माछाको भविष्यमा आगामी केही दशकभित्र नै व्यापक चुनौति आएको सोमबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । अमेरिकी वैज्ञानिकले भनेका छन् हरेक पाँचमाछामध्ये एकभन्दा बढी माछाको जलवायु परिवर्तनका कारण बढेको तापक्रमका कारण मृत्यु हुने गरेको छ । सन् २००४ देखि सन् २०१४...

Pages