अन्तर्राष्ट्रिय
-
२०७६ आषाढ २३, सोमबार
उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २७ को मृत्यु
उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी सो बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २७ जनाको ज्यान गएको समाचार छ । उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २७ जनाको ज्यान गएको र अरु १५ यात्रु नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ । भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो । यस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै...
-
२०७६ आषाढ २३, सोमबार
ब्रिटिस एअरवेजलाई यात्रुको डाटा चोरेका अभियोगमा दुई करोड २९ लाख डलर जरिवाना
बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ ९२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर० जरिवाना गरिएको विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ ९आएजी० ले सोमबार जनाएको छ । कम्प्युटरका घुषपैठ ९ह्याकर०हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग लागेको हो ।...
-
२०७६ आषाढ २३, सोमबार
अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप
संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ । चीनको उक्त भनाई अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाइएका आर्थिक नाकाबन्दीपछि इरानले यूरानियम प्रशोधनको उच्च सीमालार्इ तोड्ने घोषणापछि आएको हो । “तथ्यले यो बताइसकेको छ कि एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिइसकेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्क्ता गेङ सुआङले बेइजिङमा...
-
२०७६ आषाढ २२, आइतबार
अमेरिकामा ग्याँस सिलिण्डर विस्फोटबाट २० घाइते
अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हँुदा कम्तीमा २० जना घाइते भएका छन् । प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्लान्टेसनस्थित अग्नि नियन्त्रक समूहका प्रमुख जोएल गोर्दोनले जानकारी दिनुभयो । सामाजिक सञ्जालमा देखिएको घटनास्थलसम्वन्धी भिडियो...
-
२०७६ आषाढ २२, आइतबार
नक्कली समाचार नियन्त्रणका लागि एक करोड ८० लाख पोन्ड्सको व्यवस्था गरिने
संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ । उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी तीन बर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले...
-
२०७६ आषाढ २२, आइतबार
चिनियाँ निजी कम्पनीको भूक्तानीजन्य ऋण ५।८ प्रतिशत
चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५।९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ । चीनको बैंकिङ तथा विमा नियमक आयोग ९सीबीआईआरसी० का अधिकारी याङ लिपिङले भन्नुभयो, “चीनको निजी कम्पनीहरूको पहिलो पाँच महिनाको ऋण देशको कर्पोरेट ऋणको कुल ५१।४८ प्रतिशत देखिएको छ ।” अधिकारीसँगको कुराकानीमा निजी व्यवसाय ९खासगरी साना...
-
२०७६ आषाढ २२, आइतबार
अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच छलफल
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टरिजा मेले उत्तर कोरियाको बारेमा छलफल गर्नुभएको छ । टेलिफोनमार्फत् भएको छलफल शुक्रबार भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उहाँहरूले वासिङ्टन र लण्डनको सहकार्य, राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, परमाणु हतियार लगायतका बारेमा पनि छलफल गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उहाँहरूले...
-
२०७६ आषाढ २०, शुक्रबार
अमेरिकाको क्यालिफोर्नियामा भूकम्प
अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ । अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६।४ रेक्टर स्केलको मापन गरिएको बताएका छन् । अमेरिकाको यस पश्चिमी राज्य क्यालिफोर्नियाको यस भूकम्पबाट भौतिक क्षति पुगेको अनुमान गरिएको...
-
२०७६ आषाढ १९, बिहिबार
सन् २०१८ मा चीनको वेरोजगार दर ४।९ प्रतिशत
नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता रोजगार मात्रा विस्तृत हुँदैआएर रोजगारको संरचनामा क्रमशः सुधार भएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको सङ्ख्या ७७ करोड पुगेको र यो चीनको हालको कूल जनसङ्ख्याको आधाभन्दा बढी हो । रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस प्रतिशत र पचास प्रतिशत पुगेको छ भने नयाँ चीन...
-
२०७६ आषाढ १९, बिहिबार
धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु
अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ । अष्टेलियाली नेसनल युनिभर्सीर्टी एएनयु ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ । उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी नलीसम्वन्धी समस्या तथा हृदयघातका कारण मृत्यु हुने गरेको उक्त अनुसन्धान प्रतिवेदनमा देखाइएको छ । यस विश्वविद्यालय अन्तर्गतको जनस्वास्थ्य...
-
२०७६ आषाढ १९, बिहिबार
राहुलको ‘ट्वीटर प्रोफाइल’ फेरियो
भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिनुभएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गर्नुभएको छ । उहाँले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेख्नुभएकोमा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय राष्ट्रिय काँग्रेसको सदस्य लेख्नुभएको छ । उहाँको ट्वीटर ‘अकाउन्ट’ मा “यो राहुल गान्धीको आधिकारीक ‘अकाउण्ट’ हो, भनी लेखिएको छ...
-
२०७६ आषाढ १९, बिहिबार
होन्डुरसमा २७ को मृत्यु
होन्डुरसमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको दुर्गम क्षेत्रमा पर्ने मोस्क्वीटीया क्षेत्रमा माछा मार्ने डुङ्गा बुधबार दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार घटनामा परी अरु नौ जना अझै हराइरहेका छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ । सुरक्षा बलका प्रवक्ता जोसे मेजाले घटनास्थलबाट अरु ५५ जना भने जिवितै बाहिर निस्कन सफल भएको जानकारी दिनुभयो ।...


