STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ जेठ २१, मंगलबार

    एक बन्दुकधारीद्वारा चार सुरक्षा अधिकारीको हत्या

    लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी चार सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस आक्रमणमा परी दुई सैनिक र दुई आन्तरिक सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सैनिक स्रोतले आफ्ना दुई सदस्य मारिएको पुष्टि गरेको थियो । बन्दुकधारीले के कारणले सो आक्रमण गरेको सो भन्ने तत्काल प्रष्ट भएको छैन । तर हाल मात्र कारागारबाट मुक्त भएका एक...

  • २०७६ जेठ २१, मंगलबार

    नाइजेरियामा २० आतङ्ककारी मारिए

    नाइजेरिया, चाड, क्यामरुन र नाइजरका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् । नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले जारी गर्नुभएको वक्तव्यमा आरिगे, माल्कोनोरी र टुमबुम रेगो क्षेत्रमा कारबाही गरिएको उल्लेख छ । लेक चाड क्षेत्रबाट इस्लामिक आतङ्कवादीलाई पूर्णरुपमा समाप्त पार्ने उद्देश्यले संयुक्त सैनिक कारबाही थालिएको प्रवक्ता...

  • २०७६ जेठ २०, सोमबार

    सुडानमा सैनिक हस्तक्षेप, पाँच जनाको मृत्यु

    सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले गोली चलाउँदा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । राजधानीका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रक सहितको टोलीको बाक्लो उपस्थिति रहेको छ । सैनिक शासन विरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अबरोधहरु खडा गरेर धर्नामा...

  • २०७६ जेठ २०, सोमबार

    अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा लन्डन आइपुग्नु भएको छ । लन्डन ओर्लानासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खान विरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीट समेत गर्नुभएको छ । बिरोधका बीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ । राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्नुहुने राजकीय रात्रिभोजमा...

  • २०७६ जेठ २०, सोमबार

    सिरिया कारबम विस्फोटमा १९ को मृत्यु

    विद्रोहीको बलियो प्रभाव रहेका सिरियाको उत्तरपश्च्मिी शहरमा भएको कारबम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानव अधिकार समूहले जानकारी दिएका छन् । आजाजमा भएको यस विस्फोटमा परी चार बालबालिकाको पनि मृत्युभएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यस आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएका पनि अधिकारवादी समूहले जानकारी...

  • २०७६ जेठ २०, सोमबार

    दश वर्षपछि ब्रिटिस एयरवेज पाकिस्तान फर्कियो

    दश वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पाकिस्तान उडान शुरु गरेको छ । बेलायती वायुसेवाको उक्त उडान पाकिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट पाकिस्तानको राजधानी इस्लामाबाद...

  • २०७६ जेठ २०, सोमबार

    विश्वकप क्रिकेट, पाकिस्तानको पहिले ब्याटिङ

    इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा इङ्ल्यान्ड र पाकिस्तानबीचको खेल शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका छन् । इङ्ल्यान्डको टिममा तीव्र गतिका बलर मार्क उडलाई समावेश गरिएको छ । इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो भने पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले...

  • २०७६ जेठ १९, आइतबार

    लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि

    युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस वर्षको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ । स्पेनको म्याड्रिडमा शनिबार राति भएको फाइनल प्रतिस्पर्धामा लिभरपुलले टोटेनह्यामलाई २ – ० गोल अन्तरले पराजित गरेको थियो । पहिलो गोल २ मिनेटभित्रै गरेको लिभरपुल र टोटेनह्यामबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । पहिलो गोल लिभरपुलका प्रतिभाशाली खेलाडी एवं प्लेमेकर मोहम्मद सालेहले पेनाल्टी...

  • २०७६ जेठ १९, आइतबार

    जापानका प्रधानमन्त्रीले खामेनीलाई भेट्ने

    जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्नुहुने भएको छ । उहाँहरुका बीचमा अर्को हप्ता भेटवार्ता हुने तय भएको आइतबार प्रेसित समाचारमा जनाइएको छ । इरान र जापानबीचको नराम्रो सम्बन्धलाई न्यूनीकरण गर्न आगामी भेट फलदायी हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । मिनिची सिम्बुन अखबारका अनुसार जापानका प्रधानमन्त्री र तेहरानका सर्वोच्च नेताका रुपमा आबे र...

  • २०७६ जेठ १९, आइतबार

    सिरियामा इजरायली आक्रमण, दश जना मारिए

    इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन् । सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा इजरायलले सिरियाका दुईवटा सैनिक अखाडा, गुप्तचर पोस्ट र एसए–२ हवाई...

  • २०७६ जेठ १७, शुक्रबार

    इराकी बिस्फोटनमा चारको मृत्यु

    इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किर्कुकको मुख्य सडकमा छ वटा बम बिस्फोट गराइएको थियो । किर्कुक राजधानी बग्दादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको छ । किर्कुकका प्रान्तीय प्रहरी प्रवक्ता अम्मार अल जुबोरीले उक्त बिस्फोटका कारण एक जना प्रहरीको पनि मृत्यु भएको जानकारी दिनुभयो...

  • २०७६ जेठ १७, शुक्रबार

    हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

    यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको हो । साउदी अग्रसरतामा हवाई आक्रमण तिब्र भएसँगै ढाली प्रान्तमा पहिल्ला केही दिनदेखि सशस्त्र सङ्घर्ष चर्किएको छ । भिडन्तकै क्रममा सरकारी सेनाका ब्रिगेड कमान्डर सैफ सुक्राको मृत्यु भएको हो । स्रोतका...

Pages