सिरिया कारबम विस्फोटमा १९ को मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २०, सोमबार
विद्रोहीको बलियो प्रभाव रहेका सिरियाको उत्तरपश्च्मिी शहरमा भएको कारबम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानव अधिकार समूहले जानकारी दिएका छन् ।
आजाजमा भएको यस विस्फोटमा परी चार बालबालिकाको पनि मृत्युभएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
यस आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएका पनि अधिकारवादी समूहले जानकारी गराएका छन् ।
“विस्फोट हुँदा कैयौँ इस्लाम धर्मावलम्बीहरू साँझको प्रार्थनाबाट बाहिरिँदै गरेका थिए,” उक्त मानव अधिकारवादी समूहका प्रमुख रमी अब्दुल रहमानले बताउनुभयो ।
मारिनेमा आउँदै गरेको इद–उल–फितरको विदाका अवसरमा लुगाफाटो तथा उपहार किन्न बजार गएका व्यक्तिहरू पनि रहेका अस्पतालका एक अधिकारी जिहाद बेरोले बताउनुभयो ।
Categorized in अन्तर्राष्ट्रिय


