STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नाइजेरियामा भिषण सडक दुर्घटना

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो । उक्त दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । नाइजेरियामा यस्ता भयानक सडक दुर्घटना बेलाबखत हुने गरेका छन् । सडकको अवस्थामा रहेको कमजोरी र जथाभावी सवारी चलाउने गर्दा सडक दुर्घटना बढ्दै गएका छन् । एक प्रहरी अधिकारीले नाइजेरियामा हरेक महिना १०० भन्दा बढी व्यक्तिको दुर्घटनाका कारण मृत्यु हुने गरेको जानकारी दिनुभयो ।
Categorized in अन्तर्राष्ट्रिय