STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यमनमा दुई दिनमा ८३ जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन् । द्वन्द्वग्रस्त यस अरबी मुलुकमा मारिनेमा यमनी र विषेश गरेर हुथी विद्रोही लडाकूहरु रहेका अधिकारीहरुले जानकारी दिएका छन् । हुथीहरुले विषेश गरेर तीन बन्दरगाहलाई प्रयोग गर्ने गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुको पहलमा शान्ति सम्झौताको पहल भइरहेका बेला हिंसात्मक घटना भने जारी रहेका छन् । हुथी विद्रोहीहरुले आफ्ना दुई ओटा ‘अराम्को पम्पीङ स्टेशन’ मा पनि आक्रमण गरेको साउदी अरबले बताएको छ । साउदी अरब नेतृत्वको गठबन्धनको सहयोग र समर्थन पाएको यमनी सरकारले हुथी विद्रोही विरुद्ध कारबाही चलाइरहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय