STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B8%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%AE%E0%A4%BE

  • २०८० चैत्र २९, बिहिबार

    सुदूरपश्चिम प्रदेशमा नाउपाले नेतृत्व लिने निश्चित

    काठमाडौं-  नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ । सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् । यस अघि ७ सांसद रहेकोमा अध्यक्ष  रञ्जिताले...

  • २०८० चैत्र २९, बिहिबार

    आज इद–उल–फित्र, सार्वजनिक बिदा

    काठमाडौं - इस्लाम धर्मावलम्बीहरु आज आफ्नो महान् पर्व इद (इद–उल–फित्र) मनाउदैछन्। इद पर्वको अवसरमा सरकारले आज (बिहीबार) देशैभर सार्वजनिक बिदा दिएको छ। यसैबीच इद पर्वको को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गरेका छन्।

  • २०८० चैत्र २९, बिहिबार

    कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ४० हजारमा ६ हजार मात्रै उत्तीर्ण

    काठमाडौं - ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । कोरिया शाखाले गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा आज (बुधबार) सार्वजनिक गरेको हो ।  उक्त शाखाले उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सो क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३१२ जना पास भएका छन् ।  पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९...

  • २०८० चैत्र २७, मंगलबार

    उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द

    काठमाडौं - निर्वाचन आयोगले बैशाख १५ गते उपनिवाृचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ । उपनिर्वाचन इलाम–२ र बझाङ–१ (क) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ । आयोगले उपनिर्वाचन हुने क्षेत्रमा बैशाख २ गते...

  • २०८० चैत्र २७, मंगलबार

    कर्णाली प्रदेशमा यमलाल कँडेल मुख्यमन्त्री नियुक्त

    काठमाडौं- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कँडेलले एमालेका ९, नेकपा (माओवादी केन्द्र)का १३ र नेकपा एकीकृत समाजवादीका १ गरी २३ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार अपराह्न मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आजसम्म...

  • २०८० चैत्र २७, मंगलबार

    असनमा द्यः ल्वाकेगु जात्रा सम्पन्न

    काठमाडौं - काठमाडौंको व्यस्त बजार असनमा सोमबार अजिमाहरुको द्यः ल्वाकेगु जात्रा सम्पन्न भएको छ । रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका स्थानीयहरुले कंग अजिमा, लुँमधि अजिमा र वँतु अजिमाको तीनवटा खट घुमाएर द्यः ल्वाकेगु जात्रा सम्पन्न गरेका छन् । यसक्रममा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ ।...

  • २०८० चैत्र २७, मंगलबार

    राप्रपाको काठमाडौंमा प्रदर्शनमा झडप, ट्राफिक अस्तव्यस्त

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ। उसले संघीयता र गणतन्त्र विरोधी नारा लगाउँदै प्रदर्शन गरेको हो। व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपाले भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेको हो। प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ। घण्टौँ सवारी जाम भएको छ। देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट...

  • २०८० चैत्र २७, मंगलबार

    काठमाडौंमा घोडेजात्रा मनाइयो

    काठमाडौं - चैत्र कृष्ण औँसीको अवसरमा सोमबार काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइएको छ। परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र सँस्कृतिलाई निरन्तरता दिँदै काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।...

  • २०८० चैत्र २६, सोमबार

    कोशी सरकारबाट माओवादी बाहिरियो

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)बाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार नै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो । कांग्रेसका केदार कार्कीको...

  • २०८० चैत्र २६, सोमबार

    सशस्त्र गोदाममा आगलागी : एआईजीको नेतृत्वमा छानविन समिति गठन

    काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआईजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरू समेत सम्मिलित समिति गठन गरेका हुन्। सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम...

  • २०८० चैत्र २६, सोमबार

    नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त, दलको नेता पनि हेरफेर

    काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्। सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो। सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना...

  • २०८० चैत्र २५, आइतबार

    गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ

    काठमाडौं - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए । अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय...

Pages