STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २५, आइतबार

काठमाडौं - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए ।

अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरेर शपथ दिलाएका छन् ।

Categorized in राजनीति