STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोशी सरकारबाट माओवादी बाहिरियो

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २६, सोमबार

काठमाडौं - नेकपा (माओवादी केन्द्र)बाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् ।

सोमबार नै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।

कांग्रेसका केदार कार्कीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई ढल्ने रणनीति अनुसार माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो ।

Categorized in राजनीति