STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०८१ बैशाख २, आइतबार

    पूर्व मिस नेवाः नितु डंगोललगायत बाइसजनालाई नइ पुरस्कार

    वाङ्गमय श्रीबृद्दिमा सकृय प्राज्ञिक संस्था नइ प्रकाशनले राजधानी काठमाडौँमा अायोजित एक समारोहमा देशदेशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको नइ पुरस्कार प्रदान गरेको छ ।   सो समारोहमा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले छ दशकअघिदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल समर्पित प्रसूति विशेषज्ञ प्रा.डा.सरस्वती पाध्येलार्ई ‘नइ भावि पुरस्कार’ समर्पण गर्नुभयो । ताम्रपत्र...

  • २०८१ बैशाख १, शनिबार

    माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो

    काठमाडौं- सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा-६ को उपदफा (३) (क) बमोजिम दुई महिनादेखि लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाएको जानकारी दिए।   काठमाडौंमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर-बानेश्वर क्षेत्रमा निषेधाज्ञाको आदेश गरेको...

  • २०८० चैत्र ३०, शुक्रबार

    चेतन कार्की स्मृति पुरस्कार आकाश अधिकारीलाई र अभिनेत्री अनु, बबिता र पत्रकार गीता पनि पुरस्कृत हुने

    नेपालमा चलचित्र निर्माण शुभारम्भ हुँदादेखि नै सकृय बिशिष्ट चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा स्थापित चेतन कार्की स्मृति पुरस्कार–०८०, निर्देशक आकाश अधिकारीलाई प्रदान गरिने भएको छ । यसका साथै यस वर्ष स्व.अभिनेत्री-मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएका क्रमशः निशा स्मृति पुरस्कार,निशा स्मृति प्रतिभा पुरस्कार र निशा स्मृति पत्रकारिता पुरस्कार–०८० पनि  प्रदान गरिने निर्णय भएको कुरा परिवर्तन...

  • २०८० चैत्र २९, बिहिबार

    हुरि बतास चलेपछि विमान डाइभर्ट

    काठमाडौं - काठमाडौंमा एक्कासि काठमाडौंको मौसममा आएको परिवर्तनले विमान अवतरण र उडानमा समस्या भएको छ । हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् । उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा...

  • २०८० चैत्र २९, बिहिबार

    नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

    काठमाडौं - राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष भविश्वर...

  • २०८० चैत्र २९, बिहिबार

    सुदूरपश्चिम प्रदेशमा नाउपाले नेतृत्व लिने निश्चित

    काठमाडौं-  नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ । सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् । यस अघि ७ सांसद रहेकोमा अध्यक्ष  रञ्जिताले...

  • २०८० चैत्र २९, बिहिबार

    आज इद–उल–फित्र, सार्वजनिक बिदा

    काठमाडौं - इस्लाम धर्मावलम्बीहरु आज आफ्नो महान् पर्व इद (इद–उल–फित्र) मनाउदैछन्। इद पर्वको अवसरमा सरकारले आज (बिहीबार) देशैभर सार्वजनिक बिदा दिएको छ। यसैबीच इद पर्वको को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गरेका छन्।

  • २०८० चैत्र २९, बिहिबार

    कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : ४० हजारमा ६ हजार मात्रै उत्तीर्ण

    काठमाडौं - ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । कोरिया शाखाले गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा आज (बुधबार) सार्वजनिक गरेको हो ।  उक्त शाखाले उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सो क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३१२ जना पास भएका छन् ।  पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९...

  • २०८० चैत्र २७, मंगलबार

    उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द

    काठमाडौं - निर्वाचन आयोगले बैशाख १५ गते उपनिवाृचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ । उपनिर्वाचन इलाम–२ र बझाङ–१ (क) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ । आयोगले उपनिर्वाचन हुने क्षेत्रमा बैशाख २ गते...

  • २०८० चैत्र २७, मंगलबार

    कर्णाली प्रदेशमा यमलाल कँडेल मुख्यमन्त्री नियुक्त

    काठमाडौं- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कँडेलले एमालेका ९, नेकपा (माओवादी केन्द्र)का १३ र नेकपा एकीकृत समाजवादीका १ गरी २३ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार अपराह्न मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आजसम्म...

  • २०८० चैत्र २७, मंगलबार

    असनमा द्यः ल्वाकेगु जात्रा सम्पन्न

    काठमाडौं - काठमाडौंको व्यस्त बजार असनमा सोमबार अजिमाहरुको द्यः ल्वाकेगु जात्रा सम्पन्न भएको छ । रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका स्थानीयहरुले कंग अजिमा, लुँमधि अजिमा र वँतु अजिमाको तीनवटा खट घुमाएर द्यः ल्वाकेगु जात्रा सम्पन्न गरेका छन् । यसक्रममा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ ।...

  • २०८० चैत्र २७, मंगलबार

    राप्रपाको काठमाडौंमा प्रदर्शनमा झडप, ट्राफिक अस्तव्यस्त

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ। उसले संघीयता र गणतन्त्र विरोधी नारा लगाउँदै प्रदर्शन गरेको हो। व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपाले भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेको हो। प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ। घण्टौँ सवारी जाम भएको छ। देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट...

Pages