STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०८१ बैशाख ९, आइतबार

    भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुर - भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो ।  घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।  उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी...

  • २०८१ बैशाख ९, आइतबार

    केसीले दिए फेरि सत्याग्रह बस्ने चेतावनी

    काठमाडौँ - अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् । शनिवार काठमाडौँको माइतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन् । यसअघि आफूसँग गरिएका माग पूरा गर्न तीन हप्ताको समय दिएको पनि बताए। उनले आफूले अघि सारेका...

  • २०८१ बैशाख ९, आइतबार

    उपनिर्वाचनमा पैसा बाँड्नेलाई कडा कारबाही : गृहमन्त्री लामिछाने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् । शनिबार इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो–कोहीलाई कडा कारबाही गरिने बताएका हुन् । उनले पैसा...

  • २०८१ बैशाख ९, आइतबार

    आर्थिक–सामाजिक रूपान्तरणका लागि एमालेले राख्यो १३ बुँदे प्राथमिकता

    काठमाडौँ- नेकपा एमालेले जनचाहाना अनुरूप समाजवादउन्मूख आर्थिक–सामाजिक रूपान्तरणका लागि १३ बुँदे प्राथमिकता निर्धारण गरेको छ । एमालेले राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहितका ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने संकल्प गर्दै त्यसका लागि १३ बूँदे नीतिगत प्राथमिकता निर्धारण गरेको हो । शनिबारबाट सुरु भएको सो पार्टीको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्...

  • २०८१ बैशाख ९, आइतबार

    चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना

    काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।  जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो।  दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ।  प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको...

  • २०८१ बैशाख ७, शुक्रबार

    विद्यार्थीबाट अतिरिक्त शुल्क नलिन मनपाको निर्देशन, भर्ना शुल्क मासिक शुल्कभन्दा बढी लिन नपाइने

    काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।  महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने निर्देशका रहेको स्पष्ट गर्दै महानगरले सोभन्दा बढी लिइए कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको  हो । महानगरकी शिक्षा विभागकी निमित्त विभागीय...

  • २०८१ बैशाख ५, बुधबार

    सेतो मच्छिन्द्रनाथको रथलाई असन पुर्‍याइयो, आज हनुमानढोका पुर्‌याइने

    काठमाडौं - काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरू भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । मंगलबार अपराह्न चार बजे तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथलाई जमलबाट तानेर असन पुर्‍याइएको छ भने आज असनबाट हनुमानढोका पुर्‍याइने छ । सेतो मच्छिन्द्रनाथको रथलाई तीन दिनपछि लगन पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत...

  • २०८१ बैशाख ५, बुधबार

    आज रामनवमी, देशैभरी सार्वजनिक बिदा

    काठमाडौं - आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा आराधना गरेर यो पर्व मनाउने गर्छन्। रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ। आज भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान...

  • २०८१ बैशाख ३, सोमबार

    पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढ्यो

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ । मूल्य वृद्धि भएसँगै पहिलो वर्ग...

  • २०८१ बैशाख ३, सोमबार

    बोडेमा सकियो म्ये प्वाः खनेगु जात्रा

    बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो। हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो।  बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध म्ये प्वाः खनेगु(...

  • २०८१ बैशाख ३, सोमबार

    मध्यपुरथिमिबासीले सिन्दुर खेलेर मनाए सुथसिया जात्रा

    भक्तपुर— मध्यपुरथिमिबासीले आइतबार बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन्। बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दालेआइतबार बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन्।  थिमिमा मात्रै मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय...

Pages