STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चीनले चन्द्रमामा ‘चाङ ई–६’ पठाउने

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १६, आइतबार

चन्द्रमाको अनुसन्धानका लागि चीनले चाङई–६ प्रक्षेपण गर्ने तयारी गरेको छ । यो जनकारी चीनेको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले दिएको हो । चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा चाङ ई–६ लाई प्रक्षेपण गर्न तयारी अवस्थामा राखिएको छ र दक्षिण चीनको हेनान प्रान्तमा वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण क्षेत्रमा स्थानान्तरण गरिएको सिएनएसएले बताएको छ । चाङलाई प्रक्षेपणअघि कार्यात्मक जाँच, संयुक्त परीक्षण कार्य र प्रक्षेपण योग्य बनाइने छ । 

चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च–वाई ८ वाहक रकेट क्रमशः जनवरी र मार्चमा प्रक्षेपण स्थलमा पुगेपछि क्रमिकरूपमा एसेम्बली, परीक्षण र अन्य तयारी पूरा भएको थियो । 

चन्द्रमामा अहिलेसम्म मानव पहुँच नभएको स्थानबाट नमूना सङ्कलन गर्नका लागि चीनले चन्द्रमामा चाङ’ई–६ पठाउन लागेको हो । (एजेन्सी)

Categorized in विज्ञान-प्रविधि