STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण १४, मंगलबार

    साह दम्पतीको हत्या

    खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ । साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । अनुसन्धानमा सहजता होस् भनेर पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, धरानबाट तालीम प्राप्त कुकुर मगाएर प्रहरीले अनुसन्धान थालेको छ । सधैँ सबेरै उठ्ने गरेका साह दम्पती बिहान ८ बजेसम्म नउठेपछि हेर्न जाँदा दुवैको जलेको...

  • २०७५ फाल्गुण १४, मंगलबार

    राँगोको आक्रमणबाट घाइतेको निधन

    राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ । यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा आज त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो । नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आउनुभएको थियो । राँगोको आक्रमणबाट निधन भएका...

  • २०७५ फाल्गुण १४, मंगलबार

    गौशाला र ठमेलबाट सडक बालबालिकाको उद्धार

    काठमाडौँको गौशाला र ठमेलबाट ३१ सडक बालबालिकाको उद्धार गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौशाला क्षेत्रबाट १९ र ठमेलबाट १२ बालबालिकाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ । कुलत तथा दुव्र्यसनमा लागेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन वाध्य भएका असहाय बालबालिकाहरुको उद्धार गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँ, बालबालिका खोजतलास समन्वय...

  • २०७५ फाल्गुण १४, मंगलबार

    प्रदेश नं ५ को स्थायी राजधानी दाङको विकल्प नभएको सुझा

    प्रदेश नं ५ को स्थायी राजधानी र नामकाबारेमा यहाँ सुझाव सङ्कलनार्थ आएको प्रदेशसभा सदस्य तथा विशेष समितिको टोलीसँग संवाद समिति दाङले आज अन्तरक्रिया गरेको छ । सो कार्यक्रमका वक्ताले प्रदेश नं ५ को स्थायी राजधानीका लागि दाङको विकल्प नभएको बताउनुभयो । स्थायी राजधानीबारे सुझाव सङ्कलनका लागि गठित विशेष समितिका सदस्य निर्मला क्षेत्री, कल्पना पाण्डे सहभागी सो छलफल कार्यक्रममा बोल्ने व्यक्तिहरुले प्रदेशका...

  • २०७५ फाल्गुण १४, मंगलबार

    ‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो । निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा...

  • २०७५ फाल्गुण १४, मंगलबार

    काठमाडौँ महानगरपालिकामा नयाँ निजी विद्यालयको अनुमति रोक्का

    – प्रकाश सिलवाल निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै गएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले सार्वजनिक शिक्षा क्षेत्रलाई रुपान्तरणको पहल लिएका हुन् । काठमाडौँ महानगरपालिकामा हाल ६४० निजी ९संस्थागत० विद्यालय...

  • २०७५ फाल्गुण १४, मंगलबार

    दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प

    मंगलबार अपरान्ह दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको हो । भूकम्पमापन केन्द्रका अनुसार ४ः१५ बजे दोलखा केन्द्रबिन्दू र ४ः२० मा सिन्धाुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको पराकम्प गएको हो । दोलखामा ४.४ रेक्टर स्केल र सिन्धुपाल्चोकमा ४.१ रेक्टर स्केलको पराकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । यसअघि फागुन ४ गते काठमाडौं केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

  • २०७५ फाल्गुण १४, मंगलबार

    यथार्थ घटनामा आधारित नाटकः ‘तिनीहरु कहाँ गए होलान् ?’

    –मीना घोरसाइने काठमाडौँ, १४ फागुन ९रासस० ः रङ्गमञ्चमा तीन धामी देखापर्छन् । तीमध्ये एक धामी ढ्याङ्ग्रो बजाइरहेको देखिन्छ, एक जना चरेसको थालमा चामल फुक्दै काम्दै गरेको देखिन्छ भने एक जना काम्दै मात्र गरेको देखिन्छ । तीनै पात्र केहीबेरमै अदृश्य हुन्छन् । त्यसपछि उक्त रङ्गमञ्चमा एक चिकित्सक र परिचारिका देखापर्छन् । उनीहरु एउटा गाउँको स्वास्थ्य शिविरमा बिरामीको उपचार गरिरहेका देखिन्छन् । चिकित्सकले...

  • २०७५ फाल्गुण १४, मंगलबार

    बेलायती राजदूत रिचार्ड मोरीस पूर्वप्रधानमन्त्री नेपाल बिच भेटवार्ता

    नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीसले पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीको निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, भूतपूर्व गोर्खा सैनिकको समस्या, बेलायती सेनामा नेपाली महिला सहभागिता, बेलायती सहयोगको अभिवृद्धि, गएको हप्ता बेलायतमा भएको नेपालमा लगानी वृद्धि गर्ने बारेको छलफललगायत विविध पक्षमा...

  • २०७५ फाल्गुण १३, सोमबार

    टोकियोमा आर्थिक स्थिति कमजोर तथा जेहेन्दार बिधार्थी सहयोगार्थ च्यारिटी बजार हुने

    आर्थिक स्थिति कमजोर तथा जेहेन्दार बिधार्थी सहयोगार्थ टोकियोमा च्यारिटी बजार हुने भएको छ। टोकियोको सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार हुने भएको छ ि२०१९ फेब्रुअरी २४ तारेख आईतवारका दिन टोकियो ,सिन कोईवाको ठमेल हलमा दिउँसो ११ बजे देखि च्यारिटी बजार हुने ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले जानकारी दिएको छ । निम्न आय भएका तथा जेहेन्दार बिधार्थीहरुको सहयोगार्थ च्यारिटी बजार गर्न...

  • २०७५ फाल्गुण १३, सोमबार

    नख्खु बम विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिए

    ललितपुरको नख्खुमा शुक्रवार साँझ एक सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ । सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले बीबीसी नेपालीसँग आइतवार साँझ कुरा गर्दै त्यसको पुष्टि गरे। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई दुःख...

  • २०७५ फाल्गुण १३, सोमबार

    कलाकार प्रियंका र आयुशमान स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त

    नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त हुनुभएको छ । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियन्ता नियुक्त गरेको जनाइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियन्ताद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो । केही साताअघि मात्र सामाजिक काममा...

Pages