STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

राँगोको आक्रमणबाट घाइतेको निधन

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १४, मंगलबार

राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ । यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा आज त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो । नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आउनुभएको थियो । राँगोको आक्रमणबाट निधन भएका श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । यस्तै फागुन ११ गते नै सोही राँगोको आक्रमणबाट मच्छेगाउँका स्थानीय ७० वर्षीय मानवीर महर्जनको समेत मृत्यु भएको थियो भने चन्द्रागिरि बस्ने देवी राना र मानकाजी महर्जन घाइते हुनुभएको थियो । राँगोको आक्रमणबाट प्रहरीसमेत घाइते भएका थिए । मानिसलाई समेत आक्रमण गरेर ठूलो जनधनको क्षति गरेपछि राँगोलाई प्रहरीले लखेटेर दहचोक पु¥याएर गोली हानी मारेका थिए । खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ । साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । अनुसन्धानमा सहजता होस् भनेर पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, धरानबाट तालीम प्राप्त कुकुर मगाएर प्रहरीले अनुसन्धान थालेको छ । सधैँ सबेरै उठ्ने गरेका साह दम्पती बिहान ८ बजेसम्म नउठेपछि हेर्न जाँदा दुवैको जलेको अवस्थामा फेला परेको छिमेकीले बताए । छिमेकी सरस्वती चौधरीका अनुसार दुवैको शरीरको केही भाग र कपडाहरु जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएकाले हत्याको सम्भावना छ । साह दम्पतीका जेठा छोराबुहारीसहित उदयपुरको गाईघाटमा र कान्छा छोराबुहारीसहित धरानमा बसोबास गर्छन् । छोरा, बुहारी नाती–नातिनासहित बाहिर बसेकाले साह दम्पती मात्र घरमा बस्ने गरेका थिए । आर्थिक रुपले गाउँका सम्पन्न साह घरकै एक सटरमा धान, गहँु, मसला पिँध्ने मिल चलाएर बसेका थिए । साहले गाउँलेलाई ब्याजमा लाखौँ रुपैयाँ ऋणकर्जा दिने गरेको छिमेकीको भनाइ छ । मिलनसार स्वभावका साह दम्पतीको गाउँमा कसैसँग झगडा र विवाद नभएको छिमेकी बताउँछन् । यता हत्यारालाई पछ्याउँदै सर्च अपरेशनमा खटिएको अनुसन्धान टोलीसहितको तालीम प्राप्त कुकुर घटनास्थलभन्दा दुई किलोमिटरको दूरीमा रहेको एउटा पोखरीमा गएर रोकिएको छ । हत्यारालाई चाँडै पत्ता लगाउने दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अपराधी पत्ता लगाउन कुनै किसिमको लापरवाही नहोस् भनेर शुरुआतदेखि नै तालीम प्राप्त कुकुर र फोरेन्सिक एक्सपर्टसहितको टोली खटाइएको बताउनुभयो । (रासस )
Categorized in अपराध-दुर्घटना