STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

गौशाला र ठमेलबाट सडक बालबालिकाको उद्धार

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १४, मंगलबार

काठमाडौँको गौशाला र ठमेलबाट ३१ सडक बालबालिकाको उद्धार गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौशाला क्षेत्रबाट १९ र ठमेलबाट १२ बालबालिकाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ । कुलत तथा दुव्र्यसनमा लागेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन वाध्य भएका असहाय बालबालिकाहरुको उद्धार गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँ, बालबालिका खोजतलास समन्वय केन्द्र र सोभर रिकभरी पुनःस्थापना केन्द्रको सहकार्यमा उनीहरुलाई उद्धार गरेको हो । गएराति उद्धार गरिएका उनीहरुलाई सोभर रिकभरी पुनःस्थापना केन्द्र जोरपाटीमा राखिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । कतिपय बालबालिका अहिले पठनपाठन र सीप सिक्न थालेका छन् ।  
Categorized in उपत्यका