STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण १६, बिहिबार

    अधिकारीको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने गण्डकीका सबै जिल्लामा शोकसभा

    ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका...

  • २०७५ फाल्गुण १६, बिहिबार

    गर्भपतन गराउने बढ्दै

     सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका अस्थायी साधान डिपो, कपर टी, पिल्स, इमप्लान्ट, ढाललगायत साधन प्रयोग गर्न झन्झट मान्ने गरेका कारण गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी एवं नर्सिङ इञ्चार्ज जमुनादेवी शर्मा वाग्लेले...

  • २०७५ फाल्गुण १६, बिहिबार

    ‘नाटक हेर्छ पोखरा’

    गैह्रापाटनस्थित पोखरा थियटरको गन्धर्व नाट्यघरमा बुधबारदेखि शुरु भएको पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव जारी छ । महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठद्धारा लिखित ‘निरमाया’ नाटक प्रस्तुत गरिएको थियो । ‘नाटक हेर्छ पोखरा’ भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले महोत्सव उद्घाटन गर्नुभएको थियो । उहाँले गण्डकी प्रदेश प्रज्ञा –प्रतिष्ठान चाँडै गठन गर्ने तयारी रहेकोे...

  • २०७५ फाल्गुण १६, बिहिबार

    विकासका लागि हातेमालो गर्न महानगर तयार ः चिरिबाबु

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ । महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो २० महीनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके ।...

  • २०७५ फाल्गुण १६, बिहिबार

    १२ वर्षमै बिहे !

    – हिक्मत बहादुर नेपाली सलल बगेको भेरी नदीको आवाजले एकछिन अडिन बाध्य बनाउँछ । नदी किनारको बालुवामा खेल्दै गरेका र सरसफाइमा व्यस्त भएका बालबालिकाको झुण्डले एकपटक त्यो दृश्य नहेरी फर्कनै सकिँदैन । झुण्ड झुण्डमा रहेका अरु बालबालिका कोही बालुवामा चित्र बनाउँदैछन्, कोही हात समातेर खेल्दैछन् । कोही सरसफाइमा व्यस्त । बालबालिका र तिनका अभिभावक नुहाइधुवाइका लागि पनि प्रायःजसो नदीमा पुग्छन् । नदीको परतिर...

  • २०७५ फाल्गुण १६, बिहिबार

    रवीन्द्र स्मृति उद्यान नामकरण

     पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पोखरा–५...

  • २०७५ फाल्गुण १६, बिहिबार

    श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित

    टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएकोले लि विहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।

  • २०७५ फाल्गुण १६, बिहिबार

    बालक बेपत्ता हुने क्रम वृद्धि

    सिरहाको नवराजपुर–२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए । लिट्टिल स्टार बोर्डिङ स्कूलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो । लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको उनको पारिवारिक स्रोतले...

  • २०७५ फाल्गुण १६, बिहिबार

    ‘खादा’ भनेको के हो ?

    खाः हिउँ , ताक – चिन्ह अर्थात लगाउने खातकलाई अपभ्रम्श भएर पछि खादा भएको हो। हिमाली क्षेत्रमा शुभमंगल होस भनि हिउँजस्तो स्वच्छ रंगको चिन्ह सम्मानस्वरुप लगाइदिनु हो । यो खादा लगाउने संस्कार शाक्यमुनि बुद्ध जन्मिनुभन्दा पहिलेदेखि चलिआएको थियो । त्यो बेला सेतो रंगमात्र चलाउने गर्थ्यो । अहिले सजिलैसंग बिभिन्न रंगको कपडा पाउने भएको हुँदा पाँच रंगको खादाहरु प्रयोगमा ल्याएको छ । यो बिशेषतः ३ कार्यमा...

  • २०७५ फाल्गुण १६, बिहिबार

    लगानी बोर्डलाई थप अधिकार ः रु छ अर्ब माथिका आयोजना हेर्ने

    –रमेश लम्साल काठमाडौँ, १६ फागुन ९रासस० ः सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा व्यवस्थापनको जिम्मा दिइने भएको छ । सरकारले आगामी चैत १५ र १६ गते लगानी...

  • २०७५ फाल्गुण १६, बिहिबार

    हिमपातले यातायात , हवाई सेवा ठप्प

    जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो । शिक्षक बास्तोलाका अनुसार अहिले त्यस क्षेत्रमा मानिस बाहिर निस्कन सक्ने अवस्था छैन भने घरभित्र आगो...

  • २०७५ फाल्गुण १५, बुधबार

    हिमपातले मर्न थाले चौँरी

    महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् । जिल्लामा रहेका चाँरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी...

Pages