STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण १५, बुधबार

    मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको आकस्मिक बैठक आमन्त्रण गर्नुभएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरिएको छ । ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको...

  • २०७५ फाल्गुण १४, मंगलबार

    पाकिस्तानी सीमाभित्र भारतको हवाई आक्रमण

    भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिनुभयो । उहाँले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान...

  • २०७५ फाल्गुण १४, मंगलबार

    सुदूर पहाडमा हिमपात

    मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोड्पे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी...

  • २०७५ फाल्गुण १४, मंगलबार

    भरतपुर महानगर प्रमुखले समन्वय नगरेको उपप्रमुखको आरोप

    भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ । उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा...

  • २०७५ फाल्गुण १४, मंगलबार

    उत्कृष्ट चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ लाई

    दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आज यहाँ सम्पन्न भयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट शुरु भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ ९निब्दो मैनवत्ती० ले हात पारेको छ । नरेशकुमार केसीद्वारा निर्देशित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद रु ५० हजारसहित उक्त अवार्ड प्रदान गर्नुभएको हो । यसैगरी केसीले नै...

  • २०७५ फाल्गुण १४, मंगलबार

    प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग

    नेपाल पत्रकार महासङ्घले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै सञ्चारसम्बन्धी कानून र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गरेको छ । महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न केन्द्रीय साधारणसभाबाट पारित प्रस्तावका बारेमा जानकारी गराउँदै प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून, नियमावली, निर्देशिका र संरचना नबनाउन...

  • २०७५ फाल्गुण १४, मंगलबार

    देवघाटनमा शिवको मूर्ति बनाउन पशुपतिमा धातु सङ्कल

    चितवन, तनहुँ र नवलपरासीको सङ्गम त्रिवेणीस्थित मुख्य तीर्थस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुको ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलन गरिने भएको छ । आठ प्रकारका धातु सङ्कलनका लागि आगामी वैशाख १ देखि १० गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हङ्समण्डपमा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आयोजना गर्न लागिएको हो ।...

  • २०७५ फाल्गुण १४, मंगलबार

    कीर्तिपुरको ठमेल बजारै हो त ‘नेवाः लहना’ !

    नेवाः लहना अर्थात् नेवाः सभ्यता । १२ बर्षमा प्रवेश गरिसकेको नेवाः लहना, कीर्तिपुर १ वडास्थित थांबहाः टोलमा रहेको छ । जबदेखि उक्त टोलमा नेवाः लहना स्थापना भयो, स्थापनासंगै नेवाः लहना बिस्तारै चर्चित हुँदै आयो । कीर्तिपुर बाहिरका अधिकांश ग्राहकहरु नेवाः लहनाको ‘फ्यान’ हुँदै आकर्षित हुन थाल्यो नेवाः लहना । यो एक आर्थिक समृद्धिको सिलसिलमा नेवाः लहनाको लागि राम्रो पक्ष हो । नेवाः लहना आउने बाटाका...

  • २०७५ फाल्गुण १४, मंगलबार

    पाकिस्तान लडाकु समूह जैश‍ ए मोहम्मदको शिविर ताकेर भारतको हवाई आक्रमण

    भारत पाकिस्तान द्वन्द्वस् लडाकु समूह जैश‍ ए मोहम्मदको शिविर ताकेर भारतको हवाई आक्रमण भारतले भारत(पाकिस्तान नियन्त्रणरेखा उल्लङ्घन गरेर पाकिस्तानपट्टि हवाई आक्रमण गरेको स्वीकारेको छ। भारतका विदेशसचिव विजय गोखलेका अनुसार मङ्गलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैश(ए(मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट पारिदिएको छ। यसअघि भारतीय वायुसेनाका विमान पाकिस्तानी आकाशमा छिरेका तर पाकिस्तानी...

  • २०७५ फाल्गुण १४, मंगलबार

    राप्रपाः हिन्दूराष्ट्र कायम गराउन मेची महाकाली यात्रा

    –कृष्णराज गौतम राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ । यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किलोमिटरको यात्रामा सम्बन्धित जिल्लाका सङ्गठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा अवधिभर...

  • २०७५ फाल्गुण १४, मंगलबार

    मृत्युदण्ड अन्त्य हुनैपर्छः नेपाल

    नेपालले विश्वव्यापी रुपमा नै मृत्युदण्ड अन्त्य हुनुपर्ने आफ्नो अडान दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा जारी चालिसौँ बैठकका सन्दर्भमा मृत्युदण्डसम्बन्धी उच्चस्तरीय बहसमा भाग लिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको त्यस्तो अडान प्रस्तुत गर्नुभएको हो । आधुनिक नेपालमा राज्यद्रोह र सैनिक कारवाहीबाहेक अन्य अवस्थामा मृत्युदण्डविरुद्ध निषेधादेश सन् १९३१ मा...

  • २०७५ फाल्गुण १४, मंगलबार

    यार्सागुम्बा बिक्री भएन

    –नरेन्द्रसिह कार्की दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन् । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न समस्या भएकोे छ ।...

Pages