STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ फाल्गुण ८, बुधबार

    स्वस्थानी व्रत सम्पन्न

    हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासमा एक महीना लामो र कठिन यो व्रत रात्रिको...

  • २०७५ फाल्गुण ८, बुधबार

    मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

    टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उहाँले राजीनामा दिनुभएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ । “मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाई कार्यक्रममा उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “विभिन्न क्षेत्रका हाम्रा...

  • २०७५ फाल्गुण ८, बुधबार

    बङ्लादेशमा २० हजार अश्लील वेबसाइट बन्द

    बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । “मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन...

  • २०७५ फाल्गुण ८, बुधबार

    विवादमा तानिँदै ‘छाया सेन्टर’

     पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ । करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ । ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको...

  • २०७५ फाल्गुण ८, बुधबार

    मगर महोत्सव शुरु

    लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गर्नुभएको छ । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत...

  • २०७५ फाल्गुण ७, मंगलबार

    एकतन्त्रीय राणा शासन विरूद्ध सुरू २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए। नेपाली कांग्रेसको नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा...

  • २०७५ फाल्गुण ७, मंगलबार

    ‘श्रीमतीले उजुरी गर्दा कारवाहीमा परेंँ, अब मदिरा खान्नँ’

    –होम साउद अछाम, मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उहाँकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गर्नुभयो । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु तीन हजार जरिवाना तिर्नुभयो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन् । कारवाही पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने उहाँ दुई...

  • २०७५ फाल्गुण ७, मंगलबार

    राष्ट्रिय समाचार समितिको ५८औँ वार्षिकोत्सव मनाइँदै

    मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस० स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ । विसं २०१७ फागुन ७ गते ९१८ फेब्रुअरी १९६२० मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ भने उहाँको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा...

  • २०७५ फाल्गुण ७, मंगलबार

    नेपालभाषाको चलचित्र ‘लिबाय् धुंका’ को सम्पादन अन्तिम चरणमा

    विजयरत्न ‘हिसिमदु’, ‘बकंफुस्लु’ लगायत नेपालभाषाको चलचित्र निर्देशक राजेशमान सिंहको निर्देशनमा बनिरहेको नयाँ नेपालभाषाको चलचित्र ‘लिबाय् धुंकाः’ को शुटिङ टुंग्याएर डविङ तथा सम्पादनको कार्य समेत अन्तिम चरणमा पुगेको निर्देशक सिंहले जानकारी दिनु भइको छ । हिजोआज पाटनको बिरेनकुमार शाक्यको थैनामा रहेको बिट्स रेकडिङ स्टुडियोमा भइरहेको डविङ पछिल्लो चरणमा पुगेको छ भने नेवार कलाकारिता क्षेत्रका पुराना तथा...

  • २०७५ फाल्गुण ७, मंगलबार

    सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युके बाट पनि सुरु

    सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युके बाट पनि सुरु भएको छ । यो सेवा सुरु भए लगत्तै युके बाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, युके बाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ् मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी...

  • २०७५ फाल्गुण ७, मंगलबार

    वरिष्ठतम् न्यायाधीश जोशीद्वारा राजीनामा

     सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो...

  • २०७५ फाल्गुण ७, मंगलबार

    आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली

    मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताउनुभयो । उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका...

Pages