STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाको चलचित्र ‘लिबाय् धुंका’ को सम्पादन अन्तिम चरणमा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ७, मंगलबार

विजयरत्न ‘हिसिमदु’, ‘बकंफुस्लु’ लगायत नेपालभाषाको चलचित्र निर्देशक राजेशमान सिंहको निर्देशनमा बनिरहेको नयाँ नेपालभाषाको चलचित्र ‘लिबाय् धुंकाः’ को शुटिङ टुंग्याएर डविङ तथा सम्पादनको कार्य समेत अन्तिम चरणमा पुगेको निर्देशक सिंहले जानकारी दिनु भइको छ । हिजोआज पाटनको बिरेनकुमार शाक्यको थैनामा रहेको बिट्स रेकडिङ स्टुडियोमा भइरहेको डविङ पछिल्लो चरणमा पुगेको छ भने नेवार कलाकारिता क्षेत्रका पुराना तथा प्रसिद्ध कलाकार आशाकाजी थकुको डबिङ भइरहेको छ । ‘मू मदुगु जिन्दगी’ चलचित्रको हिरो भएर नेपालभाषाको चलचित्रको क्षेत्रमा प्रवेश गरेको हिरो आर.एल. महर्जनको मेनरोल भएको ‘लिबाय् धुंकाः’ चलचित्रमा आराध्यलक्ष्मी खड्गी एकजना हिरोइनको रुपमा नेपालभाषाको चलचित्रमा आफ्नो पाइलो चाल्न लागेको छ भने यो चलचित्रलाई नेपालभाषा चलचित्र क्षेत्रले एक आशालाग्दो चलचित्रको रुपमा लिने गरेका छन् ।
Categorized in सिनेमा