काठमाडौं महानगरपालिकाले पाँच हजार क्षमताको आइसोलेसन निर्माणको गर्ने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ४, बिहिबार
विजयरत्न असंबरे •
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताउनुभएको छ ।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनुभएका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको जानकारी दिनुभएको हो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो जानकारी दिनुभएको छ । शाक्यले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि स्वागत गर्नुभएको छ ।
उहाँले काठमाडौँ महानगरपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्यायसम्म १० ओटा कन्ट्राक्ट ट्रेसिङ टोली बनाएर ३२ वटै वडामा १७ सय ९५ जनालाई पीसीआर टेस्टिङ गरिसकेको पनि जानकारी गराउनु भएको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले अहिलेसम्म गरेका प्रयासको समीक्षा गर्दै मेयर शाक्यले विज्ञप्तिमा आगामी दिनमा गर्नु पर्ने पहल र प्रयासका लागि आम महानगरवासी र सञ्चारमाध्ययमसँग आग्रह गर्नु भएको छ विज्ञप्तिमा काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामीलाई अस्पतालसम्म ल्याउन–लैजान सहज होस भन्ने हेतुले काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवालाई (१०२) सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ ।
Categorized in
भोलि मध्यरातदेखि उपत्यकामा एक साता निषेधाज्ञा
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २, मंगलबार
काठमाडौं – कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ । उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गए पनि प्रशासन सो निर्णयमा पुगेको हो ।
आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ ।
Categorized in
मध्यपुर थिमीमा भदौ ९ सम्म लकडाउन
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३२, आइतबार
काठमाडौं – कोरोना जाेखिम बढेसँगै मध्यपुर थिमी नगरपालिकाले पनि लकडाउन जारी गरेकाे छ।
आजबाट भदौ ९ गतेसम्मका लागि लकडाउन लागु गरिएकाे नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन्ल ।
समुदायस्तरमा कोरोना फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएकाे छ ।
लकडाउनपछि पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान खाद्यान्न, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा मात्रै खोल्न दिइएको छ ।
अरनिको राजमार्गमा कुनै पनि सवारीसाधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउन गरिएको जानकारी दिँदै प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रभित्रका सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लागेको जानकारी दिए।
Categorized in
भदौ १ देखि कीर्तिपुर लकडाउन
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३२, आइतबार
ललेन्द्र शाक्य
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भदौ १ गतेदेखि ९ गतेसम्म कीर्तिपुर नगरपालिका लकडाउन हुने भएको छ ।
कीर्तिपुर नगरपालिका जनचेतना र लकडाउन सुशासन अनुगमन समितिको संयोजनमा आइतबार बसेको आकस्मिक बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण न्यूनीकरण र नियन्त्रण गर्न भदौ ९ गतेसम्म सार्वजनिक यातायात समेत बन्द गरिने निर्णय सो बैठकले गरेको छ ।
लकडाउनको अवधिमा औषधि पसलबाहेक कीर्तिपुरका सम्पूर्ण पसल,बजारहरु बिहान ७ देखि ११ बजेसम्मात्र खोल्ने निर्णय भएको छ । कीर्तिपुर प्रवेश गर्ने नाका तथा नगर क्षेत्रमा कडा गरिने बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म अत्यावश्यक बाहेक सम्पूर्ण आवागमन बन्द गरिने भएको छ ।
जनसमुदायमा जनचेतना जगाउन पर्चा, स्टिकर टाँस्ने र माइकिङ्ग गरिने पनि जानकारी पनि अनुगमन समितिले दिएको छ ।
आजको आकस्मिक बैठकमा कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का रिजाललगायत वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठकमा कीर्तिपुर बजार व्यवस्थापन समितिका पदाधिकारी एवं स्थानीय संघसंस्था र क्लबका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
अनुगमन समितिकै संयोजनमा आइतबार नै कीर्तिपुर नगर उद्योग वाणिज्य संघ र यातायात व्यवसायी संघका प्रतिनिधिहरुसँग छलफल गरी बजार र सार्वजनिक सवारी बन्दको निर्णय गरेको हो ।
Categorized in
सानेपामा विपन्नका लागि ‘अक्सिजन बैंक’
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३१, शनिबार
काठमाडौँ – आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ ।
लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो ।
स्थापना गरिएको बैंकको आज लाइन्स क्लब वी वानका ड्रिष्टिक गर्भनर मनबहादुर रोका र लाइन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष दीपक वंशलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारालाई आत्मासात् गरेको लाइन्स क्लबमा हाल नेपालभर एक हजार ५०० भन्दा बढी क्लब रहेका छन् । देशभरका एक हजार ५०० क्लबमध्ये एक क्लब लाइन्स क्लब अफ काठमाडौँ समर्पणमा ६० सदस्य आबद्ध छन् ।
लायन्स क्लब समर्पणका अध्यक्ष वंशल गम्भीर बिरामी परेका कोरोना सङ्क्रमितलाई अस्पताल र सामान्य बिरामीलाई घरमा राखेर उपचार गर्नसके अस्पतालमा बिरामीको भीडभाड कम हुने बताउनुहुन्छ । “घरमा बसेर उपचार गराइरहेका सामान्य र विपन्न परिवारलाई लक्षित गरेर हामीले ‘अक्सिजन बैंक’ स्थापना गरेका हौँ”, उहाँ भन्नुहुन्छ । घरमा उपचार गराइरहेका सम्पन्न परिवारले पनि अक्सिजन सिलिन्डर नपाए बैंकमा सम्पर्क गर्न सकिने अध्यक्ष वंशलको भनाइ छ ।
अक्सिजनको अभावमा गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा समस्या भएको अवस्थामा अक्सिजन बैंकको स्थापनाले धेरै राहतको अनुभूति भएको बताइएको छ । लायन्स क्लब समर्पणले सानो ५० र ठूलो १५० सिलिन्डर बिरामीका लागि राखेको छ । सानो सिलिन्डरले चार घण्टासम्म र ठूलो सिलिन्डरले २० घण्टासम्म अक्सिजन दिन्छ ।
यस बैंकले अक्सिजन निःशुल्क प्रदान गर्ने भएकाले सिलिन्डर भने अक्सिजन सकिनेबित्तिकै अक्सिजन बैंकमा फिर्ता गर्नुपर्ने हुन्छ । माग बढ्दै जाँदा सिलिन्डरको क्षमतासमेत बढाउँदै लैजाने अध्यक्ष वंशलको भनाइ छ । आर्थिक अभावका कारण अक्सिजन किन्न नसक्ने विपन्न समुदायलाई बैंकबाट ठूलो राहत मिल्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
लाइन्स क्लब वी वानका ड्रिष्टिक गभर्नर कोरोना सङ्क्रमणका कारण देशमा समस्या परेको बेलामा सामाजिक सङ्घसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताउनुहुन्छ । अक्सिजन बैंकका व्यवस्थापक एवम् लायन्स क्लब अफ काठमाडौँ समर्पणका सदस्य विवेक शर्मा औषधि किन्न नसक्ने विपन्न बिरामीलाई समेत लायन्स क्लब समपर्णले औषधि किन्नलाई पनि सहयोग गर्ने बताउनुहुन्छ ।
तीस लाख खर्च गरेर उक्त बैंक स्थापना गरिएको हो । कसैलाई आकस्मिक रुपमा अक्सिजन चाहिएमा हटलाइन नम्बर ९८२३४४४०५५ वा ९८१३१८६४८४ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने लायन्स क्लब अफ काठमाडौँ समर्पणले जनाएको छ । रासस
Categorized in
नेपाल कोरिया अस्पतालका कर्मचारीमा संक्रमण • आईसीयू, ओपीडी सेवा बन्द
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३१, शनिबार
काठमाडाैं – नेपाल कोरिया मैत्री अस्पतालका ३ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आईसीयू, ओपीडी लगायत सेवा बन्द भएका छन् ।
मध्यपुर थिमिकाे साे अस्पतालमा कार्यरत नर्स र कर्मचारीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनले तत्कालकाे लागि अस्पातालको आईसीयू, ओपीडी लगायत सेवा बन्द गर्ने निर्णय गरेको हो ।
संक्रमित चारै जनालाई अस्पतालमै आइसोलेसन गरेको जनाएको छ ।
अस्पतालका मेडिकल अफिसर लगायत कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी भैरहेको अस्पताल प्रशासनले जनाएको छ ।
Categorized in
बूढानीलकण्ठमा पाँचभन्दा बढी भेला हुन प्रतिबन्ध
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३१, शनिबार
बूढानीलकण्ठ – बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ ।
केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको जनाउँदै यही साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो ।
त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व र फुटपाथ व्यापार गर्न तथा भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताउनुभयो । समितिले नगरपालिकाले कोरोना रोकथामका लागि निकालेको सूचना पालना गराउन वडालाई आग्रहसमेत गरेको छ ।
Categorized in
भदाै १५ सम्म उपत्यकामा कडिकडाउ • विभिन्न निषेधाज्ञा जारी
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार
काठमाडौँ – कोराेना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लामा कडिकडाउ गर्नुका साथै विभिन्न प्रकारका निषेधाज्ञा जारी भएकाे छ ।
काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले उपत्यकामा तीनै जिल्लामा तीन दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।
अर्को निर्णय नभएसम्मका लागि उपत्यकामा खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भीडभाड गर्न, सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरीतका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघटलगायतलाई निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले जानकारी दिए ।
साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ ।
उनका अनुसार सबै प्रकारका सभा–गोष्ठी, तालिम, सेमिनार, हल/पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।
संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ/खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार–व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदार ओसारपसार तथा टेक–वे बाहेक होटल/रेस्टुरेन्टमा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।
निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि प्रजिअ दाहालले बताए । तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ ।
Categorized in
बिरामीको सही जानकारी नदिँदा निदान अस्पतालबाट यसरी फैलियो कोरोना भाइरस
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार
ललितपुरको पुल्चोकस्थित निदान अस्पतालले बिरामीको सही जानकारी नदिँदा कोरोना भाइरसको संक्रमण फैलाएको गम्भीर आरोप खेप्न पुगेको छ । बिरामीबारे जानकारी दिँदा अस्पतालमा अन्य बिरामी नआउने भय हुने भन्दै प्रशासनले चलाखी गर्न खोज्दा त्यहाँका तीन जना स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् ।
निदानमा पाँच जनामा संक्रमण भएको स्रोतले बताएको छ । अहिले निदानमा तीन जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।
घटना कसरी भयो ?
निदान अस्पतालले किड्नी ट्रान्सप्लान्टदेखि डाइलासिस गर्दै आएको छ । उक्त क्रममा ट्रान्सप्लान्टका बिरामी नवाज होडा अन्सारी अस्पताल पुगे । उनले आफू काठमाडौं उपत्यका बाहिर कहीं पनि नगएको बताएर अस्पतालमा भर्ना भए । तर उनी बाहिरबाटै आएका थिए । यसमा अस्पतालले हेक्का गरेन । उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । त्यहीं उपचार गराउन पुगे ललितपुरका ३३ वर्षीय महेश महर्जन पनि । महेश किड्नी डाइलासिसका बिरामी हुन् । उनी केही दिनको उपचारपछि घर फर्के । तर होडाको कोरोना भाइरसको परीक्षण भयो । अस्पतालले होडाको आशंकालाई लुकायो ।
उक्त परीक्षणको पीसीआरको नतिजा आइसक्दासम्म अस्पतालका अन्यमा पनि सरिसकेको थियो । होडालाई त्यहाँ राख्न सकेन अस्पतालले । काठमाडौंका अन्य अस्पतालमा पनि बेड नपाएपछि होडा रातारात आफ्नो निजी सवारी साधनमा विराटनगर पुगेर उपचार गराइरहेका छन् । डाइलासिसका बिरामी महेश महर्जन फेरि अस्पतालमा भर्ना हुन आए । उनलाई अस्पतालले आइसीयूमा राख्यो । महंगो चार्ज गर्दै उनी आइसीयूमा बसे । उनमा पनि तिनै होडाबाट कोरोना सर्यो । अस्पतालले त्यसलाई पनि लुकाउन खोज्यो ।
अस्पतालले महर्जनलाई १५ दिन आइसीयूमा राख्यो । उनकी श्रीमती रबिना महर्जनका अनुसार २० दिन उनी अस्पताल बसे । १५ दिन आइसीयूमा राख्दा एक दिनको १२ हजार रुपैयाँ अस्पतालले चार्ज लगायो । अस्पतालले आइसीयुमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आइसीयूमा बस्दा उक्त महंगो चार्ज तिरेका थिए । कोरोना लागेको भन्ने भएर पनि अस्पतालले निमोनिया भएको बिरामीलाई कोरोना देखिन्छ भन्दै रबिना र महेशका परिवारलाई जवाफ दिँदै आयो अस्पतालले ।
कोरोना लागेकालाई सरकारले उपचार गर्ने भए पनि निदानले आफूले महंगो रकम असुल्न पाएर नियोनिया भएको बिरामी भन्दै राखेको स्पष्टै बुझिन्छ । रबिना आफ्नी ८ महिनाकी छोरी लिएर घरमै छिन् । बुधबारमात्र महेशलाई पाटन अस्पतालमा सारिएको छ । उनले रुँदै भनिन्, ‘८ महिनाकी छोरी काखमै छ । पाटन जान पाइँदैन । जम्मा ३३ वर्षका हुनुहुन्छ । अस्पतालले थुप्रै मान्छेलाई निको भको छ भन्छ । के हो के ।’ होडा संक्रमित भएर गएपछि महर्जन हुँदै अस्पतालका पाँच जनामा कोरोना फैलियो । महर्जन पाटन गए । होडा पहिले नै विराटनगर गएका थिए ।
अस्पतालकै पाँच जना स्वास्थ्यकर्मीमध्ये दुई जनालाई सशस्त्र प्रहरी अस्पतालमा लगियो । तीन जना निदानमै उपचाररत रहेका छन् । अस्पताल प्रशासनले पीपीई लगायतको स्वास्थ्य सामग्रीको प्रवन्ध नगरेपछि पाँच जना आफ्ना स्वास्थ्यकर्मीलाई कोरोना भएको समेत स्वीकार्न तयार छैन ।
होडालाई कोरोना भइसकेपछि कति जना अस्पतालमा आए तिनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने विषयमा अस्पताल मौन छ । उसको लापरवाहीले गर्दा कोरोना समुदायमा फैलने प्रवल सम्भावना छ । बिरामीको बारेमा सही ढंगले बाहिर नभनिएपछि यति ठूलो अपहाध हुँदासमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मौन बसेको छ । जागिरको डरले केही बोल्न नसके पनि निदानका स्वास्थ्यकर्मीहरु अहिले छट्पटाइरहेका छन् । उनीहरुले पीपीई लगायतका स्वास्थ्य सामग्रीमा जोड दिएका छन् ।
समाचार साभार - हाम्रो कुरा डटकम
Categorized in
शिक्षण अस्पतालका थप ४ स्वास्थ्यकर्मीमा संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार
काठमाडौं – शिक्षण अस्पताल महाराजगञ्जका थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ।
संक्रमण बढेसँगै अस्पतालकाे इमर्जेन्सी वार्ड सिल गरिएकाे छ ।
गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो।
तीमध्ये थप ४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक सन्तकुमार दासले जानकारी दिए।
स्वाब परीक्षण गरिएका सबैलाई कोरोना देखिएको अवस्थामा अस्पतालले नै उपचारको व्यवस्था मिलाउने संयोजक दासले बताए।
Categorized in
Pages