भाटभटेनीले उपभोक्ता ठगिरहेको प्रतिवेदन सार्वजनिक
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २६, सोमबार
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
विभागले प्रत्येक दिन गरेको अनुगमनको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । गतचैत ११ गते कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू गरिएपछिको अवधिमा भाटभटेनीका दुई वटा शाखा कारवाहीमा परेको विभागले जनाएको हो । यस अवधिमा भाटभटेनीको नक्साल र अनामनगर शाखा कारवाहीमा परेका हुन् ।
भाटभटेनी सुपरमार्केटले उपभोक्ताबाट नयाँ तरिकाबाट बढी पैसा असुल्ने गरेको छ । भाटभटेनीले सहुलियत दरमा सामान बिक्री गर्ने गरेको दाबी गरे पनि उपभोक्ताबाट पैसा लिई फिर्ता गर्ने बेलामा भीडभाडको मौका छोपी कम दिएर ठग्ने नयाँ शैली उपयोग गरेको बानेश्वरका पीडित उपभोक्ता राजेन्द्र कार्कीले बताउनुभयो । अनामनगर शाखाले सामान किनेपछि पैसा फिर्ता गर्दा भीडभाडको मौका छोपी रु ९० कम फिर्ता दिएको उहाँले जानकारी दिनुभयो ।
भाटभटेनी सुपरमार्केटबाट सामान लिई बिल तिरेर फर्कने बेलामा काउन्टरमा भीड भएको मौका छोपी दिनुपर्ने भन्दा कम पैसा फिर्ता गरिएको उहाँले सुनाउनुभयो । कोरोनाका कारण भीडभाडमा नबसौँ भनी भाटभटेनीमा माइकिङ भइरहेको हुन्छ । भाटभटेनीबाट पैसा फिर्ता लिई फर्केर बाहिर आई हेर्दा कम भेटिने गरेको पीडित उपभोक्ताको गुनासो छ । सिसीटिभी क्यामेरासमेत जडान गरिएको भनिएको भाटभटेनीमा यस विषयमा गुनासो गर्दा पनि सुनुवाइ नहुने गरेको उपभोक्ता उहाँको गुनासो छ ।
भाटभटेनीको अनामनगर शाखाका व्यवस्थापक अजय लामा उपभोक्तालाई दिनुपर्नेभन्दा कम पैसा दिइएको उजुरीका आधारमा सिसीटिभीको फुटेज परीक्षण गर्दा कमजोरी भएको भेटिएको स्वीकार गर्नुहुन्छ । कम पैसा फिर्ता दिने कर्मचारीलाई आइन्दा गल्ती दोहोर्याए कारवाही गर्ने चेतावनी दिइएको पनि उहाँले सुनाउनुभयो ।
ठूलो सुपरमार्केट भएर पनि भाटभटेनीमा गुणस्तरीय सामान नपाइएको चुच्चेपाटीकी डोल्मा शेर्पाले गुनासो गर्नुभयो । भाटभटेनीबाट ल्याएको तरकारी भित्रभित्र कुहिएको हुने गरेको उहाँको भनाइ छ । भाटभटेनी आफैँले प्याकिङ गरेको दालको पोकाभित्र प्रसस्त ढुङ्गा भेटिने गरेको पनि उपभोक्ताको दुःखेसो छ । यस्ता सुपरमार्केटलाई पारदर्शीरुपमा गुणस्तरीय सामान बिक्री गराउन निरन्तर बजार अनुगमन गरिनुपर्ने माग पनि उपभोक्ताले गरेका छन् ।
उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेल ठूला सुपरमार्केटमा बजार अनुगमन औपचारिकतामा मात्र सीमित हुने गरेको सुनाउनुहुन्छ । यस्ता सुपरमार्केटमा जोडिएका राजनीतिक व्यक्तित्वका कारण पनि विभाग अनुगमनका लागि हच्कने गरेको उहाँको आरोप छ । लाखौँ उपभोक्ता पुग्ने र सबै खाले सामान राखिएका यस्ता बजारको नियमित अनुगमन गर्ने गरी जनशक्तिको व्यवस्थापन हुन नसकेको उपभोक्ता हितमा कार्यरत संस्थाको भनाइ छ ।
गतचैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएलगत्तै भाटभटेनीको मुख्य सुपरमार्केट नक्सालमा विभागले गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्री गरेको भेटिएको जनाउँदै कारवाही गरेको थियो । केही समय अघि भाटभटेनीको अनामनगर शाखा पनि मिति नाघेको सामान भेटिएको भनी कारवाहीमा परेको विभागका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । “अनुगमनका क्रममा गल्ती भेटिएपछि भाटभटेनीका अधिकारी भूल भयो, छुट भयो, झुक्कियो, बिर्सियो भन्नेजस्ता जवाफ दिएर उम्कने गरेका छन्, यसो भन्दैमा गरेको गल्तीबाट बचाउन सकिँदैन, कर्मचारीलाई दोष दिएर सुपरमार्केटका अधिकारीले कारवाहीबाट उम्कन खोज्छन्”, उहाँले भन्नुभयो ।
यस सम्बन्धमा प्रतिक्रियाका लागि भाटभटेनीको मुख्य शाखा नक्सालका अधिकारीसँग प्रतिक्रियाका सम्पर्क गर्दा अधिकारी एकापसमा पन्छिए । भाटभटेनीका उपत्यकाका अनामनगर, नक्साल, महाराजगञ्ज, त्रिपुरेश्वर, पाटन, सातदोबाटो, कोटेश्वर, भक्तपुर, बौद्ध र कलङ्कीमा गरी १० स्थानमा शाखा छन् ।
यसैगरी उपत्यका बाहिर धरान, विराटनगर, बुटवल, नारायणघाट, पोखरा, भैरहवा र नेपालगञ्ज गरी सात स्थानमा शाखा छन् । भाटभटेनीका देशभर १७ स्थानमा आफ्नै भव्य भवनसहित शाखा स्थापना भएका छन् । रासस
Categorized in
भक्तपुरमा राष्ट्रिय परिचयपत्र विवरणको दर्ता सुरु
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २६, सोमबार
भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता सुरु गरेको छ ।
जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
सरकारले जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायत ७७ जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरेर यस आर्थिक वर्षमा करिब एक करोड जनसङ्ख्याको विवरण दर्ता गर्ने लक्ष्य लिएको सांसद बस्नेतले जानकारी दिनुभयो । सरकारले तीन वर्षभित्र सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा दुई बुथबाट विवरण दर्ता सुरु भएको छ । एक बुथबाट यही साउन ४ गतेदेखि सुरु भएको र अर्को बुथ आइतबारदेखि सुरु भएको हो । दुई बुथमा दुई कम्प्युटरलगायत आवश्यक उपकरण राखिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । नागरिकता प्रमाणपत्र लिन आउनेले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिन सक्नेछन् ।
पञ्जीकरण विभागको सहकार्यमा जिल्लाका चारवटै नगरपालिका र वडा कार्यालयमार्फत सेवा सञ्चालन गरिने भएको छ । यसका लागि स्थानीय तहका वडाध्यक्ष, वडा सचिव र कर्मचारीलाई अभिमुखीकरण तालीम दिइएको जानकारी दिँदै उहाँले नगरपालिकाले छनोट गरेको व्यक्तिलाई रुजु अधिकारी तोकेर प्रत्येक वडा कार्यालयमार्फत विवरण सङ्कलन सुरु गरिने बताउनुभयो ।
तत्काल भक्तपुर र सूर्यविनायक नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिए पनि अर्को सातादेखि मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा सञ्चालन हुने भएको छ । प्रजिअ पाण्डेका अनुसार कम्प्युटरलगायत प्रविधि जडानका लागि एक साता लाग्ने भएकाले त्यसपछि कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड पूरा गरेर विवरण सङ्कलन हुने गरिनेछ ।
Categorized in
कीर्तिपुर नगरपालिकाको वडाहरु अवलोकन गर्दै नगरप्रमुख महर्जन
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २५, आइतबार
विजयरत्न असंबरे
शनिबार विदाको दिन भए पनि कीर्तिपुर नगरपालिकाका प्रमुख श्री रमेश महर्जन नगरका विकास निर्माण कार्यको निरीक्षण भ्रमणमा व्यस्त हुनुभयो ।
कीर्तिपुर नगरपालिका वडा नंं ७ पूरै अवलोकन गर्नु हुँदै सञ्चालन भैरहेको योजनाको जानकारी लिनु भयो भने सम्बन्धित स्थानमै बसेर आवश्यकतानुसार नयाँ योजना बनाउन थाल्नुभयो ।
नगर प्रमुख महर्जनले भाजंगल (नगाउँबासीहरूको मसानको माथितिर) हालै स्थापना गरेको भगवान गौतम बुद्धको प्रतिमाबाट अवलोकन शुरु गर्नुभएको थियो । यस प्रतिमा स्थलको लागि वडाबाट रु. ५ लाख रुपैंया सहयोग गरेको र त्यसबाट सो प्रतिमाको तलपट्टी एउटा कोठा पनि बनाएको वडा अध्यक्ष राजकुमार मालीले जानकारी गराउनु भयो ।
नगर प्रमुख महर्जनले भाजंगका महर्जनहरूको दाहसंस्कार गुथिको अबलोकन गर्नुभयो भने त्यहाँबाट विष्णुदेवी मन्दिर, यरवःचा हुँदै स्टील ट्यांकीसम्मै बाटो फराकिलो गर्नुपर्ने, ढल बनाउनु पर्ने र सडक पेटी बनाइरहेको आदिको अबलोकन गर्नुभएको थियो ।
कीर्तिपुर नगरपालिका वडा नं. ७ को उज्ज्वल स्कूलदेखि ११ मिटर चौडाइको दहन जाने बाटो बनाउने योजना सञ्चालन भैरहेको छ भने उक्त बाटोमा हाल रिटेलिङ्क वाल (पर्खाल) बनाउने काम भैरहेको छ ।
निरीक्षण भ्रमणमा कीर्तिपुर नगरपालिका वडा नंं १ का अध्यक्ष हर्ष महर्जन, वडा नंं ७ का अध्यक्ष राजकुमार माली, वडा नं. ७ का सदस्यहरू राजकुमार महर्जन, प्रकाश महर्जनका साथै स्थानीयहरूको उपस्थित रहेको थियो ।
Categorized in
कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २५, आइतबार
काठमाडौँ – तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।
विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउनुहुन्छ । उहाँका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।
उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । जसरी सङ्क्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उहाँहरुको भनाइ छ । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ सङ्क्रमण त्रित्रिएको आशङ्का गरिएको छ ।
दुई दिनअघि काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उहाँका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उहाँका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउनुहुन्छ । उहाँका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ ।
यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ ।
सङ्क्रमण बढेपछि विभिन्न जिल्लार स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् ।
उपत्यका प्रशासनमा अत्यावश्यकबाहेकको सेवा बन्द
काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् । पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्काे निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
बन्दाबन्दीपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । उपत्यकामा सङ्क्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकतानुसार सथानीय तहले सिल गरेर सङ्क्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ ।
सरकारी निर्णयअनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले जानकारी दिनुभयो ।
मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ ।
अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम उपत्यकामा एक हजार बढी सङ्क्रमण भइरहेको छ । दैनिक ५० देखि १०० को हाराहारिमा उपत्यकामा कोभिड–१९ देखिँदै आएको छ ।
Categorized in
कोरोनाले पारेको प्रभावबारे ललितपुरमा बृहत चिन्तन्
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार
विजयरत्न असंबरे•
विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोरोनाले काठमाण्डौं उपत्यकामा पारेको प्रभावबारे ललिपुरको मङ्गलबजारमा आयोजित एक कार्यक्रममा बृहत चिन्तन मनन् गरिएको छ ।
नेवाः ग्वाहालि पुचः हःखाःको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख वक्ता सामाजिक अभियन्ता एवं विकासविज्ञ अनिल चित्रकारले मानिसहरुले प्रकृतिमाथि गरेको अतिक्रमणको परिणाम स्वरुप विभिन्न भाइरसको प्रकोप बढेको औंल्याउनु भएको थियो भने हाम्रो स्वास्थ्य नै हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो भन्नु भयो । स्वास्थ्यको उचित स्याहार गर्नु नै हामी सुरक्षित रहने उपाय हो भनि भन्नु भयो ।
वरिष्ठ साहित्यकार एवं समाजसेवी शाक्य सुरेनले सञ्चालन गर्नु सो कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष विक्रम शाक्य , इनफ इज इनफका विनोद शाही , नेवाः राजनीतिक अभियान का पूर्व अध्यक्ष रबिन्द्र श्रेष्ठ , साहित्यकार अर्थविद् एवं राजनैतिक विश्लेषक डा पुष्पराज राजकर्णिकार , साहित्यकार एवं समाजसेवी कुमुद श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
Categorized in
पीसीआर भनेको औषधी होइन : कामनपा मेयर शाक्य
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार
विजयरत्न असंबरे •
कोरोना संक्रमण बढिरहेको याे अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न नसकिने कुरा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ ।
काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै उहाँले यस्ताे बताउनु भएको हाे । अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुपर्यो भनी आवाज उठिरहेकोमा पनि टिप्पणी गर्दै मेयर शाक्यले पीसीआर परीक्षण नै रोगको उपचार नभएको स्पष्ट पार्नुभयो ।
पीसीआर परीक्षणबाट हाम्रो पैसा विदेश गइरहेको तर्फ पनि उहाँले सचेत गराउनुभयो भने काठमाडौं महानगरपालिका वडा नम्बर २५ को श्रीघःस्थित धर्मकीर्ति विहारमा वाैद्द परियति शिक्षाका वािध्यार्थिलाई पुरस्कार वितरण गर्दै शाक्यले कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पुर्याउँदै आएको स्मरण गराउनुभयो ।
मेयर शाक्यले काठमाडौं नगर भित्र अवस्थित बुद्ध विहारको मुल भवन, लुम्बिनीको वज्रयान महाविहार, जनबहाल स्थित करुणामयको दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किम्डोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माण गर्न सहयोग गरिरहेको जानकारी पनि दिनुभयो ।
काठमाडौं महानगरपालिकाले उक्त विहारलाई वाैद्द परियति शिक्षाकाका लाग पाँच लाख सहयाेग गरेकाे थियाे ।
Categorized in
कीर्तिपुर नगरपालिका भवनमा मातृशिशुको स्वास्थ्य सुरक्षाको व्यवस्था
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार
विजयरत्न असंबरे •
कीर्तिपुर नगरपालिका भवनमा मातृशिशुको स्वास्थ्य सुरक्षाको ध्यानमा राखेर स्तनपान कक्ष स्थापना गरेको छ ।
विश्व स्तनपान दिवसको उपलक्ष्यमा कीर्तिपुर नगरपालिका भवनमा शुक्रवार आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सो कक्षको उद्घाटन गर्नुभएको हो ।
विश्व स्तनपान सप्ताह यस वर्ष २०७७ साउन १७ गते देखि २३ गते (१–७ अगस्ट २०२०) सम्म विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ भने सोहि अवसरमा कीर्तिपुर नगरपालिकाको नयाँ भवन अमल्सिमा स्थापना गरेको यस कक्षले सेवाग्राही महिलारूका साथै कर्मचारीहरूलाई समेत सहज रुपमा सुविधा उपलब्ध हुने नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले बताउनुभयो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले उक्त कक्ष मापदण्ड अनुसार कै थप सुविधाहरू सहित आगामी दिनमा सहज रुपमा सञ्चालन गरिने जानकारी दिनुहुँदै कीर्तिपुर नगरपालिका अन्तरगत सञ्चालित स्वास्थ्य संस्थाहरूमा समेत स्तनपान सूचना कक्षको व्यवस्थापन गरिएको जानकारी गराउनुभयो ।
Categorized in
काठमाडाैंकाे हाडिगाउँ क्षेत्र सिल
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार
काठमाडौं – काठमाडाैंकाे हाडिगाउँ क्षेत्र सिल गरिएकाे छ । पुरानाे नेवार बस्ती हाडिगाउँकाे काेताल क्षेत्रमा ८ जना काेराेना संक्रमित भेटिएपछि साे क्षेत्र सिल गरिएकाे जनाइएकाे छ ।
काठमाडाैं महानगरपालिका ५ वडामा पर्ने साे टाेलमा नेपाल प्रहरीका संक्रमितका परिवार रहेका छन् । संक्रमितकै कारण स्थानीय घरधनीहरुमा पनि संक्रमण देखिएकाे जनाइएकाे छ ।
Categorized in
‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ सार्वजनिक
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २३, शुक्रबार
काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले अनुसन्धान ग्रन्थ ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ नामक कृति सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालय संस्कृति विभागले अध्ययन अनुसन्धान गरी तयार पारेको पुस्तक आज पशुपतिमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्नुभएको हो ।
पशुपति क्षेत्रको गुरुयोजना बनाउने क्रममा विभागले गरेको अध्ययनका आधारमा पुस्तक तयार पारिएको जनाइएको छ । पशुपति क्षेत्रका विषयमा यसअघि धेरै पुस्तक प्रकाशन गरिए पनि कोषले नै पशुपति क्षेत्रका विषयमा निकालेको पहिलो पुस्तक भएकाले यसको आधिकारिकता हुने पुस्तकका सम्पादक प्रा डा सोमप्रसाद खतिवडाले बताउनुभयो ।
पुस्तकमा पशुपति क्षेत्रका सबै मन्दिर, मूर्तिलगायत मूर्त, पूजाविधि, पुजारी, परम्परा, जात्रा, महास्नान, महाबलिलगायत अमूर्त सम्पदाका विषयमा पनि प्रकाश पारिएको सो अवसरमा जानकारी गराइएको थियो । ६६८ पृष्ठको पुस्तकको मूल्य रु तीन हजार ५०० छ ।
पशुपतिका सम्पदामाथिको थिचोमिचो सह्य हुँदैन ः मन्त्री भट्टराई
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री भट्टराईले पशुपति क्षेत्रका सम्पदामाथिको थिचोमिचो र अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने बताउनुभयो ।
“पहिले जस्तो राजनीतिक अस्थिरता अहिले छैन, जन अनुमोदित र बलियो सरकार भएकाले राजनीतिक सौदाबाजी गर्नुपर्ने आवश्यकता छैन, राजनीतिक उद्देश्य वा अरु कुनै पनि कारणले पशुपति क्षेत्रको सम्पदामाथिको थिचोमिचो र अतिक्रमण टुलुटुलु हेरर बस्न सकिँदैन”, उहाँले भन्नुभयो ।
कुनै पनि राजनीतिक उद्देश्य तथा गलत मनसायका साथ आर्थिक लेनदेनका कारण सांस्कृतिक सम्पदामाथि ज्यादती गर्न नपाइने मन्त्री भट्टराईको भनाइ थियो । सांस्कृतिक सम्पदामाथि हुने अनावश्यक अतिक्रमण हटाउन सरकार लाग्ने प्रतिबद्धता पनि उहाँको छ । २०४३ सालमै सरकारले तोकेको पशुपति क्षेत्रको चारकिल्लाप्रति कसैको पनि विमति नरहेको उल्लेख गर्नुहुँदै मन्त्री भट्टराईले चारकिल्लाभित्र बन्ने निजी संरचना पनि सम्पदा मापदण्डभित्र हुनुपर्ने बताउनुभयो ।
पशुपति क्षेत्रको प्रस्तावित गुरुयोजना बाहिर आएपछि सङ्र्घष समितिको नाममा भएको विरोधलाई सम्बोधन गर्न मन्त्रालयमै छलफल कार्यक्रम आयोजना गरेको र आवश्यक छलफल गरेर सो प्रस्तावलाई अन्तिम रुप दिने प्रयोजनका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको छ ।
लोकतान्त्रिक व्यवस्थामा व्यक्तिका असन्तुष्टि वा फरक मतप्रति सम्मान रहने भएकाले कार्यदल बनाइएको उहाँको भनाइ थियो । सरकारले कुनै पनि नागरिकलाई विकल्पविना निवासबाट नहाउने र त्यसो गर्न कानूनले पनि नदिने उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो–‘सरकारले कानुनी सर्वोच्चतालाई सम्मान गर्छ, त्यसो भन्दैमा पशुपति क्षेत्रभित्र मापदण्ड विपरीत मनलागी गर्न पाइदैन’ ।
पशुपति क्षेत्र पवित्रतामा रमाउने र धर्म कमाउने ठाउँ भएकाले आर्थिक लेनदेनबाट कुकर्म कमाउने बाटोमा नलाग्न पनि उहाँले कोषका पदाधिकारी तथा कर्मचारीलाई सचेत गराउनुभयो । आर्थिक लेनदेन र गलत मानिसलाई प्रश्रय दिने काममा लागेमा कारबाही गर्ने मन्त्री भट्टराईले चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङले पशुपति क्षेत्रको तिलगङ्गामा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वले युक्त त्रिविक्रमको मूर्तिलाई संरक्षण गर्न माग गर्नुभयो ।
Categorized in
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवाबारे अन्योल
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २३, शुक्रबार
काठमाडौँ – दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लाग्न सकेको छैन । यातायात व्यवस्था ऐनमा नसमेटिएको यो सेवालाई न त कुनै व्यवस्थामा समेटिएको छ न त कारवाहीको दायरामा नै ल्याइएको छ ।
संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐनमा सो व्यवस्था समेट्ने गरी छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले यो सेवा कानूनको दायरामा ल्याएर सञ्चालन गर्ने योजना बनाएको छ ।
विभागबाट मन्त्रालय पुगेको सो विधेयकमा नयाँ आएका सवारी साधनसमेत समेट्ने गरी छलफल अघि बढेको छ । उहाँले भन्नुभयो, “अहिलेको समयमा नकार्न नसकिने यी सेवालाई कसरी समेट्ने भनी छलफल भइरहेको छ ।”
हाल नेपालमा टुटल, पठाओ, सारथीलगायतका संस्था यो सेवामा छन् । पछिल्लो झण्डै पाँच वर्षमा यो सेवाप्रति यात्रुको आकर्षण बढेको छ । बन्दाबन्दी खुकुलो बनाएर सरकारले गत असारदेखि निजी नम्बर प्लेटका सवारी साधन सञ्चालन थालेसँगै यसको प्रयोग अझै बढेको पाइन्छ ।
सवारी ऐनमा रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्थाकै आधारमा यातायात व्यवस्था विभागले सेवा रोक्न पटकपटक प्रयास गरे पनि आमनागरिकको यसप्रतिको आकर्षणका कारण निर्णय फिर्ता लिएको थियो ।
सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्ने, तोकिएभन्दा बढी भाडा लिने, छोटो दूरीमा रोकिरहँदा गन्तव्यमा पुग्न घण्टौँ लाग्ने हुँदा सेवाग्राहीमा यी सेवाप्रतिको आकर्षण बढिरहेको छ ।
Categorized in
Pages