STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्यकी पत्नीलाई सन्चो नभएपछि दुवैकाे स्वाब परीक्षण गरिँदा मेयर शाक्यकाे रिपाेर्ट पाेजेटिभ आएकाे जनाइएकाे छ । मेयर शाक्यको सचिवालयले जनाए अनुसार दुई दिनअघि स्वाब दिएका शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण नदेखिएको र अहिले उनी होम आइसोलेसनमा रहेकाे जनाइएकाे छ ।
Categorized in

सीताराम हाछेथु ललितपुर नगर प्रहरी प्रमुख नियुक्त

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार

ललितपुर : ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी दिएको छ। ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित ललितपुर महानगरपालिकाले आइतबार नियुक्त गरेको हो। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताए। ‘उहाँको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित छन’, नगर प्रमुख महर्जनले भने, ‘त्यसैले ल्याएका हौं।’ प्रमुख महर्जनले ट्राफिक प्रहरीमा उहाँको लामो अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष हुने र नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। २९ वर्ष यसै क्षेत्रका बिताएका हाछेथुले नयाँ जिम्मेवारीले थप केही गर्ने ऊर्जा मिलेको बताए। नयाँ जिम्मेवारी प्राप्त भएको यसले अब फेरि केही नयाँ काम गर्ने ऊर्जा हाछेथुले प्रतिक्रिया दिएका छन् । हाछेथु २०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका हुन्।
Categorized in

स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा, कताबाट कुन समय बस पाइन्छ हेर्नुहाेस्

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार

काठमाडौँ – उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निशुल्क बससेवा सुरु गरिएको छ । कोभिड संक्रमणको जोखिम बढेपछि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरुको सुविधालाई मध्यनजर गर्दै निःशुल्क बससेवा सुरु गरिएको हो । भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी छ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयुक्त बैठकले उपत्यकामा निशेषधाज्ञा जारी गरेसँगै स्वास्थ्यकर्मीलाई अस्पताल जान समस्या परेपछि निःशुल्क बससेवा सुरु गरिएको नेपाल नेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले बताए । सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधा नहोस भनेर निःशुल्क बससेवा सुरु गरिएको उनले बताए । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरेको हो । सुरुमा प्रत्येक दिन तीनवटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने नेपाल मेडिकल एशोसियशनका केन्द्रीय सदस्य डा रितेश थापाले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको सिफ्टअनुसार दुई समयमा गाडी सञ्चालन हुने उनले बताए । अत्यावश्यक सेवाका लागि एउटा गाडी २४ घण्टा नै सञ्चालन गर्ने गरि तयारी गरिएको पनि उनले बताए । बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ । बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म, अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ । सेवा नै धर्म हो भन्ने भावना बोेकेको रोटरी क्लबले समेत स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको समस्या समाधानका लागि सहयोग गरेको रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्सका अध्यक्ष कविता रेग्मीले बताइन् ।
Categorized in

ईन्द्रजात्रा स्थगित, क्षमा पूजा थालियाे

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार

काठमाडाैं –  कोराेना जाेखिम बढेसँगै सरकारले निषेधाज्ञा लागु गरेपछि यसकाे प्रत्यक्ष असर काठमाडाै‌ंकाे ठूलाे जात्रा ईन्द्रजात्रामा परेकाे छ । निषेधाज्ञाका कारण यस वर्ष कुमारी भैरव र गणेशकाे रथयात्रा नहुने भएकाे छ । रथयात्रा नहुने भएपछि जात्रासँग सम्बन्धित कुमारी गणेश भैरव लाखे सवःभक्कु व देव खलकहरुले विधिपूर्वक क्षमा पूजा गरेकाे छ । यसैक्रममा ईन्द्रजात्रा अवधिभर निकालिने किलागलकाे पुलुकिसिकाे पनि क्षमा पूजा गरिएकाे छ । किलाघः टाेलका अध्यक्ष वंशीकृष्ण श्रेष्ठकाे उपस्थितिमा क्षमा पूजा गरिएकाे हो । यसैगरी निषेधाज्ञाकै कारण यस वर्ष इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएन । इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले ध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको गुठी संस्थानले जनाएकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो उठाउन भाद्र शुक्ल द्वादशी अर्थात् आइतबार बिहान ७ः०७ बजेको साइत दिएको थियो । भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा शुरु हुने परम्परा छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइने परम्परा छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । कोरोनाका कारण यी विधि नहुने भएपछि जात्राको मुख्य दिन भदौ १६ गते पनि क्षमा पूजा गर्ने तयारी गरिएको संस्थानले जनाएको छ । निषेधाज्ञाबीच उपाकू भाद्र शुक्ल द्वादशीकाे दिन उपाकू जाने भनेर नेवार समुदायले दिवंगतकाे नाममा बाटाेमा पाला बत्ती राखी जाने चलन छ । तर निषेधाज्ञाबीच हिजाे थाेरैमात्रले उपाकू विधि सम्पन्न गरे । पितृकाे नाममा गरिने संस्कार भएकाेले निषेधाज्ञाबीच नै उपाकू गएकाे पाइएकाे छ । "याे कुनै रमाइलाे र उत्सवकाे कार्य हाेइन । पितृकाे नाममा गरिने संस्कार भएकाेले यसलाई निषेधाज्ञा बीच पनि सुरु गरेका हाैं," उपाकू गइरहेका एक वृद्धाले भनिन् । उपाकू जानेहरु पुरानाे काठमाडाैंकाे सिमाना घुम्ने गर्दछन् । ती सिमानाहरु अहिले काठमाडाैंकाे भित्री सहरमै पर्न आउँछ ।  
Categorized in

ललितपुरका २९ वर्षीय काेराेना संक्रमितकाे पाटन अस्पतालमा मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १४, आइतबार

ललितपुर – पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना स‌ंक्रमित पुरुष मृत्यु भएको छ। कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।  
Categorized in

भक्तपुरमा कोरोना संक्रमित एक पुरुषकाे मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १४, आइतबार

भक्तपुर – घरमै बसी उपचार गराइरहेका काेराेना संक्रमित एक पुरुषकाे मृत्यु भएकाे छ । भक्तपुर दूधपाटी निवासी  ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएकाे छ । यससँगै भक्तपुरका कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । भक्तपुर नपाका भने यो दोस्रो मृत्यु हो । मृतक मधुमेह र उच्च रक्तचापका बिरामी र श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार अस्पताल लगिएको थियो । शुक्रबार प्राप्त रिपोर्टमा काेराेना पोजिटिभ आएपछि घरपरिवारको सल्लाहमा उनलाई होम आइसोलेसनमा राखिएको थियाे । मृतक पुरुष पेसाले सुन व्यवसायी रहेका छन् । उनको निधनपछि घरपरिवारका सदस्यहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ ।  
Categorized in

पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १३, शनिबार

काठमाडौं – कोरोना संक्रमणकाे उपचार गराइरहेका उपत्यकाका २ जनाकाे पाटन अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडाैंकी एक महिला र भक्तपुरकी एक महिला रहेका छन् । मृत्यु भएकामध्ये काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यसैगरी भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । भदौ ८ गतेदेखि उनकाे पाटन अस्पतालमा उपचार भइरहेकाे थियाे ।  गएराति र शनिबार विहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ ।
Categorized in

संक्रमण राेकथाममा भक्तपुरले थाल्याे तीव्र तयारी

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १३, शनिबार

भक्तपुर – जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी शुरु गरिएको छ । जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ–आफ्नो योजना अगाडि सारेका छन् । भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो सङ्क्रमण रोक्न र सबै अस्पतालमा सहज उपचारको व्यवस्थापन गर्ने बारेमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, नगरपालिका र सुरक्षा निकायसँग छलफल गरी कार्य योजना अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरमा कम्तीमा दुई हजार क्वारेन्टिन बनाइने गरी तयारी गरिएको छ, भोलिसम्ममा सानोठिमी र बोडेमा श्यया तयार हुन्छ, कोरोना परीक्षणको दायरा फराकिलो गर्दै पिसीआर परीक्षण बढाउने र उपचारको व्यवस्था सहज गराउने बारेमा नगरपालिकाहरु सहमत भएका छन् ।” सङ्घीय सरकारसँग मिलेर जिल्लाका प्रत्येक नगरपालिकामा न्यूनतम दुई हजार व्यक्तिका दरले भक्तपुरको चार नगरपालिकामा आठ हजारको पिसीआर परीक्षण गर्नेे तथा नगरपालिका, स्वास्थ्य संस्था, रेडक्रस, सुरक्षाका तीनवटै निकायलाई परिचालन गरी क्वारेन्टिन, आइसोलेसन र एम्बुलेन्सको व्यवस्थापन गर्ने गरी योजना बनाएको उहाँले बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारको निर्देशनानुसार खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०८ श्ययाको आइसोलेसन तयार पारेर लक्षण नभएका बिरामी राख्न थालिसकेको जानकारी दिनुभयो । त्यस स्थानमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको समन्वयमा स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी मध्यपुरथिमि नगरपालिकाको समन्वयमा सानोठिमीस्थित सिटिइभिटीको टिआइटिआई र युसेपको होस्टेल भवन तथा बोडेस्थित कृषि विकास बैंकको होस्टेल भवनमा २०० श्ययाको एकीकृत क्वारेन्टिन निर्माण कार्य भोलि सम्ममा सम्पन्न गरिसक्ने प्रजिअ पाण्डेको भनाइ छ । नेपाली सेना वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले खरिपाटीस्थित आइसोलेसनदेखि एकीकृत क्वारेन्टिनसम्ममा सुरक्षाका व्यवस्था सेनाले गर्ने जानकारी दिँदै आइसोलेसनलगायत अन्य व्यवस्थापनमा पनि सेना खटिएको जानकारी दिनुभयो । नगरपालिकाहरुको यस्तो छ तयारी मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको जनाएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “अहिलेसम्म मध्यपुरथिमि नगरपालिकाका तीन हजार ५०० स्थानीयवासीको पिसीआर परीक्षण गरिसकेका छौँ, आगामी १४ गतेभित्र थप दुई हजार स्थानीयवासीको पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन तीव्र पारेका छौँ ।” उहाँले मध्यपुरथिमिका जोखिमयुक्त क्षेत्रका बासिन्दा, कोरोना सङ्क्रमितका परिवार र उनीहरुको कन्ट्याक टे«सिङमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन र परीक्षण तीव्र पारेको जानकारी दिनुभयो । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ल्याबमा स्वाब सङ्कलन गरेपछि २४ घण्टाभित्र पिसीआरको रिपोर्ट दिने गरेको जानकारी दिँदै उहाँले त्यस अवधिमा नगरपालिकाले तयार पारेको आइसोलेसनमा राख्ने गरेको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले सङ्क्रमित क्षेत्रमा भाइरस निर्मलीकरण गर्न स्प्रे छर्कने, जनचेतनामूलक सन्देशसहितको माइकिङ गर्ने, केही दिनभित्रै अस्पतालको सेवा सञ्चालन गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्ने, नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा पालना गर्न कडाइ गर्ने, थिमिभित्र तयार पारेको क्वारेन्टिन र आइसोलेसनमा सङ्क्रमितलाई राख्ने व्यवस्था गर्ने लगायतका कामहरु भइरहेको जानकारी दिनुभयो । यता भक्तपुर नगरपालिकाले यस वर्षको इन्द्रजात्रा पर्वमा गरिने कार्यक्रमहरु स्थगित गरेको, विदेशबाट आउनेहरुका लागि क्वारेन्टिनको व्यवस्था भएको, स्थानीयवासीलाई होम क्वारेन्टिनमै राखेको, सङ्क्रमितलाई भक्तपुर अस्पताल पठाउने गरिएको र एकीकृत आइसोलेसनमा पनि पठाउने तयारी भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकामा करीब २०० को पिसीआर परीक्षण गरिएको जानकारी दिँदै उहाँले दैनिक स्वाब सङ्कलन गरी परीक्षणमा पठाइरहेको, जनचेतना फैलाउने र भाइरस निर्मलीकरणका लागि स्प्रे छर्कने काम भइरहेको जानकारी दिनुभयो । यता चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले नगरपालिकाले दुई मुख्य र ६ वटा सहायक समूह बनाएर विदेशबाट फर्किएका, विभिन्न जिल्लाबाट फर्किएकाको अनुसन्धान गर्ने, सङ्क्रमितको सम्पर्कमा रहेकाका कन्ट्याक ट्रेसिङ गर्ने, सङ्क्रमितसँग टेलिफोन र अन्य माध्यमबाट सम्पर्कमा रहने तथा जनचेतना फैलाउने कार्य गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकालाई आवश्यक पर्ने क्वारेन्टिन र आइसोलेसन बनाइएको छ, जनकपुर इन्जिनीयरिङ कलेजमा क्वारेन्टिन बनाइएको छ, आइसोलेसनपछि बनाउने तयारी छ, खरिपाटीको आइसोलेसन पनि छ, दुवाकोटमा पनि उपचार शुरु हुँदैछ, समस्या पर्ने अवस्था छैन ।” सूर्यविनायक नगरपालिकाले स्वास्थ्य संयन्त्र बनाएर जोखिममा रहेका प्रत्येक वडाको टोलटोलमा गएर स्वाब सङ्कलन गर्ने, कोभिडबारे जानकारी दिने कार्य गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले भन्नुभयो, “सङ्क्रमित देखिएका स्थानलाई केन्द्र बनाएर सघन ढङ्गले र कम प्रभावित वडामा रेन्डम सेम्पलिङ गर्दै स्वाब सङ्कलन गरी परीक्षण गरेका छौँ, कोरोना जोखिम भएका जिल्लाबाट आएकाको फोन ट्रेसिङ गरी व्यक्ति पत्ता लगाउने, उनीहरुको पिसीआर परीक्षण गर्ने, जोखिम रहेका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने, लक्षण देखिएका बिरामीलाई कोभिड अस्पताल लैजाने, लक्षण नदेखिएकालाई मापदण्डनुसार होम क्वारेन्टिनमा राखेर नियमित फोनबाट सम्पर्क गर्ने, घरमा बस्न अनुकूल नभएकालाई खरिपाटी, बोडे लगायतका आइसोलेसनमा पठाउने गरी काम गरिरहेका छाँै ।” स्वास्थ्य टोली र जनप्रतिनिधि लिएर आफैँ टोलटोलमा गएर स्वाब सङ्कलन गर्ने र जनचेतना फैलाउने काम भइरहेको जानकारी दिँदै उहाँले पूर्वमन्त्री तथा सांसद महेश बस्नेत, नगरपालिकाका प्रमुख बासुदेव थापा, वडाध्यक्षहरु र नगरपालिकाका स्वास्थ्य टोली स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ टोलीहरुका बीचमा छलफल गरी विशेष तयारी गरिएको उहाँको भनाइ छ । नगरपालिकामा ७० जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै सङ्क्रमण फैलिन नदिन विशेष अभियान थालेको बताउनुभयो । भक्तपुरमा शुक्रबार एकै दिन ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आजसम्म भक्तपुरमा सङ्क्रमितको सङ्ख्या ४२९ जना पुगेको छ ।  रासस
Categorized in

मन्त्री र मेयरद्वारा रानीपोखरी पुनर्निर्माणको अनुगमन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १२, शुक्रबार

विजयरत्न असंबरे


रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज शुक्रबार रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । समितिका अध्यक्ष अजय स्थापितले रानीपोखरी पुनर्निर्माणको काम शत प्रतिशत र मन्दिर तथा साैन्दर्यको काम ८५ प्रतिशत सम्पन्न भएकोे कुरा मन्त्री मानन्धर र मेयर शाक्यलाई जानकारी दिनुभयो । समितिका अध्यक्ष स्थापितले सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौँ महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको जानकारी दिनुभयो । मेयर शाक्यसँगै अनुगमनका लागि रानीपोखरी परिसर पुग्नुभएका राज्यमन्त्री मानन्धरले सम्माननीय राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड–१९ को महामारीका बीचमा पनि पुर्ननिर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताउनुभयो । अनुगमनपछि संक्षिप्त मन्तव्य दिदै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरुकै राय–सुझाव अनुसार प्रताप मल्लकालीन स्वरुप, शैली र निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिवद्धता जनाएको स्मरण गराउनुभयो । मेयर शाक्यले पहिला गुम्बज शैलीको मन्दिर रहेको समेत स्मरण गराउनुभयो । रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले २०७५ साल फागुन २० गतेबाट पुनर्निर्माणको काम शुरु गरेको भन्दै मौलिक रुपमा उभ्याउन पाउँदा खुशी लागेको बताउनुभयो । उपभोक्ता समितिका तुलाधरले पोखरीमा पानी भर्न विभिन्न विकल्प अघि सारेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार प्राकृतिक स्रोतबाट पोखरी भर्ने तयारी भइरहेको कुरा जानकारीमा आएको छ । त्यो अपर्याप्त भएमात्र बाहिरी स्रोतबाट पानी राख्ने योजना रहेको कुरा बताउनु हुने तुलाधरका अनुसार पोखरी पुनर्निर्माणका लागि मात्रै ९ करोड ५४ लाख र मन्दिर र सौन्दर्यकाे लागि करिब १५ करोड गरी करिब २५ करोडको लागतमा पुनर्निर्माण भैरहेको कुरा थाहा हुन आएको छ ।
Categorized in

उपत्यकामा संक्रमित बढ्दाे, एकैदिन ४१५ मा संक्रमण, देशभर ९२७ जना नयाँ संक्रमित पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १२, शुक्रबार

काठमाडौं – उपत्यकामा काेराेना संक्रमण भयावह देखिन थालेकाे छ । केही दिनअघिसम्म सयकाे संख्यामा देखिरहेका संक्रमितकाे संख्या आजकाे दिनसम्म आइपुग्दा एकैदिन ४१५ जनामा संक्रमण देखिएकाे छ । यसैगरी पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् । १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।
Categorized in

Pages