STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

रिहाइ माग्दै सिडिओ कार्यालय पुगेकालाई प्रहरीले रोके, साँझ खोकनामा मसाल जुलुस

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाको रिहाइको माग गर्दै सोमबार ललितपुर जिल्ला प्रशासन कार्यालय (सिडिओ) घेराउ गर्न गएका स्थानीयको समूहलाई प्रहरीले रोकेको छ । बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बस्ने मनशायले जम्मा भएका स्थानीय युवाहरुलाई प्रहरीले रोकेपछि उनीहरु प्रशासनविरुद्ध नाराबाजी गरेर फर्केका थिए । साथै, पक्राउ परेका सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै आज साँझ खोकनामा मसाल जुलुस निकालिने कुरा थाहा हुन आएको छ । यसअघि पक्राउ परेकाहरुको विनाशर्त रिहाइको माग गर्दै विभिन्न स्थानमा दबाबमूलक प्रदर्शनहरु भइरहेका छन् ।
Categorized in

रातो मछिन्द्रनाथलाई बुंगमति लगिने साइत भदौ २९ गते

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – कोरोनाको कारण लामो समयदेखि रोकिएको रातो मछिन्द्रनाथको जात्रा सांकेतिक रथयात्रा पछि अब समाप्त हुने साइत पनि जुरेको छ । रथयात्रा पछि रातो मछिन्द्रनाथलाई बुंगमति लगिनुपर्नेमा ज्योतिषहरुले सोमबार बुंगमति लाने साइत भदौको २९ गतेलाई जुराएको बुंगःद्यः जात्रा व्यवस्थापन समितिका संयोजक एवं ज्यापु समाज ललितपुरका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभएको छ । महर्जनले दिनुभएको जानकारी अनुसार मछिन्द्रनाथलाई बुंगमती लगेको चार दिनपछि पुल्चोकमा नै रथ भत्काउने काम सुरु गरिनेछ । गत भदौ १८ गते रथयात्राको क्रममा पुल्चोकमा झडप भएपछि स्थानीय निकाय र सरोकारवाला समूहबीच वैठक बसी जात्रा टुंग्याउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार क्षमा पूजा र सांकेतिक रथयात्रा सम्पन्न भइसकेको छ । अब ज्योतिषले जुराएको साइतमा खटमा राखेर रातो मछिन्द्रनाथलाई बुंगमति लगेपछि यो वर्षको जात्रा सकिनेछ ।
Categorized in

पक्रिएकालाई छोड्न गृहमन्त्रीलाई पनि भनिसक्यौं : मल्ल के सुन्दर

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा पक्राउ परेकालाई विनाशर्त रिहा गर्न गृहमन्त्रीसमक्ष माग राखिसकेको नेवार अगुवा मल्ल के. सुन्दरले बताउनुभएको छ । जनजातिखबरका प्रतिनिधिसँग कुराकानी गर्नुहुँदै सुन्दरले उक्त कुरा बताउनुभएको हो । मल्ल के. सुन्दरले यस सन्दर्भमा अन्य नेवार अगुवा, सांसद्, जनप्रतिनिधि एवं नेपालभाषा मंकाः खलःलगायतका संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल भइरहेको र पक्राउ परेकाको तत्काल रिहाइको माग गृहमन्त्रीसमक्ष राखिसकेको जानकारी दिनुभएको छ । अब छिट्टै एउटा प्रतिनिधिमण्डलसहित गृहमन्त्रीसँग भेट नै गर्नजाने तयारी भइरहेको पनि सुन्दरले जानकारी दिनुभयो । राज्यसत्ताको मुख्य चरित्र अझै नेवार विरोधी नै रहेको जिकिर गर्दै राज्यको यस्ता क्रियाकलापले नेवार आन्दोलन र नेवार एकतामा पर्नसक्ने परिणामप्रति गम्भीर हुनुपर्ने विचार पनि सुन्दरले राख्नुभएको छ । यसैगरी, नेपालभाषा मंकाः खलःका अध्यक्ष एवं जनकवि दुर्गालाल श्रेष्ठले पुल्चोकको झडप आपराधिक एवं अराजक जत्थाबाट नभएको बताउनुभएको छ । श्रेष्ठले बताउनुभए अनुसार नेवार जात्रा, पर्व, संस्कृति, सम्पदा र प्रथाजन्य गुठी परम्परालाई स्वायत्तता दिलाउन आवाज बुलन्द गर्ने समुदाय पक्राउमा परेकाले श्रेष्ठले उनीहरुलाई विनाशर्त छोड्नुपर्ने माग पनि गनुभएको छ । रातो मछिन्द्रनाथ बुंगःद्यःको रथयात्राको क्रममा गत भदौ १८ गते पुल्चोकमा भएको झडपको क्रममा पक्राउ परेका सम्पदा अभियन्ताहरुलाई प्रशासनले अझै रिहा गरेको छैन ।
Categorized in

पुल्चोक घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ : गुथि विधयेकविरुद्ध एकीकृत आन्दोलन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – रातो मछिन्द्रनाथ बुंगद्यःको रथयात्रा सम्पन्न गर्ने गराउने सम्बन्धमा हालै ललितपुरको पुल्चोकमा भएको अप्रिय घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने गुथि विधयेकविरुद्ध एकीकृत आन्दोलनले जनाएको छ । सोमबार जारी गरिएकाे गुथिका संयोजक डा. महेशमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा मूलतः राज्य, स्थानीय प्रशासन तथा गुठी संस्थानको अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण उक्त घटना घटेको उल्लेख छ । विज्ञप्तिमा पदीय दायीत्व सही रुपमा निर्वाह गर्न अक्षम ललितपुर प्रमुख जिल्ला अधिकारी तथा गुठी संस्थानका प्रमुखविरुद्ध अविलम्ब कारवाही हुनुपर्ने पनि माग पनि गुथिले राखेको छ । यसैगरी, रथयात्राका क्रममा प्रहरीद्वारा हिरासतमा राखेर झूठो अभियोगमा मुद्दा चलाउन खोजेकोमा गुथिले त्यसको घोर विरोध गर्दै उनीहरु सबैको अबिलम्ब रिहाइको माग पनि विज्ञप्तिमा गरेको छ । गुठी जस्तो प्रथाजन्य संस्था र रैथानेहरुको सम्पदा संस्कृतिमाथि राज्यद्वारा जारी राखेको अनुचित हस्तक्षेप र नियन्त्रणको दुष्परिणामले रातो मछिन्द्रनाथको रथजात्रा तथा पूजा पर्वमा जटिलता र समस्या देखिएको निष्कर्ष पनि विज्ञप्तिमा निकालिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी रैथाने समुदायहरु आफैले संस्थापित तथा संरक्षित जात्रा, पर्व, रिति, परम्परा संचालन कार्य स्वतन्त्र र स्वायत्त रुपमा हुन दिनुपर्दछ भन्ने अन्तर्राष्ट्रिय मान्यता र प्रचलन हो । तर नेपाल सरकारको वर्तमान व्यवहार गुठी जस्तो प्रथाजन्य संस्थाले प्राप्त गर्नुपर्ने स्वायत्तताको मूल्य मान्यता विपरित छ ।’ यस आन्दोलनले गुठीलाई प्रथाजन्य संस्थाको हैसियत प्रदान गर्न र गुठी संचालनमा सरोकारवाला समुदायलाई पूर्णतः स्वायत्तता र स्वतन्त्रता दिन पनि गुथिले विज्ञप्तिमार्फत् राज्य समक्ष माग राखेको छ ।
Categorized in

सम्पदा अभियन्ताहरुकाे रिहाइ माग्दै नागबहालमा जनप्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – रातो मछिन्द्रनाथको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेका सम्पदा अभियन्ताहरुको रिहाइको लागि टोल–टोलमा जनस्तरबाट दबाबमूलक प्रदर्शनहरु हुने क्रम यथावत छ । यसैक्रममा ललितपुरको नागबहालमा पनि स्थानीयले सम्पदा अभियन्ताहरुको रिहाइ माग्दै प्रदर्शन गरेका छन् । यसअघि शंखधर चोक थिमि, हरिसिद्धि ललितपुरमा जनप्रदर्शन भइसकेका थिए भने अहिले ललितपुरको खोकनामा प्रदर्शन जारी छ ।
Categorized in

सम्पदाअभियन्ताको रिहाइ माग्दै खोकनामा शान्तिपूर्ण प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – रातो मछिन्द्रनाथको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै आज सोमबार खोकनामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । खोकनाकै स्थानीय अभियन्ता अशोजकुमार महर्जन लगायत उहाँसँगै हिरासतमा रहेका अन्यहरुको बिना शर्त अबिलम्ब रिहाइको माग राखी खोकनाका स्थानीय स्वतःस्फूर्त रुपमा प्रदर्शन उत्रिएका हुन् । राज्यको गलत नियतको कारण प्रशासनले गलत आरोपमा पक्राउ परेका नेवार सम्पदा अभियन्ताहरु हिरासतमा रहनुपरेको आजबाट चार दिन भएको छ । उनीहरुको रिहाइको लागि अहिले नेवार समुदायले टोल–टोलमा जनदबाबमूलक प्रदर्शनहरु आयोजना गरिरहेका छन् ।

तस्बिर साैजन्य ः जः डंगोल/नेवाः म्हसीका फेसबुक

Categorized in

रथयात्राको झडपमा पक्राउ परेका १७ मध्ये तीनजना रिहा

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – गत भदौ १८ गते बिहीबार ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथ रथयात्राको क्रममा झडप हुँदा प्रहरीले पक्राउ गरेका १७ जनामध्ये ३ जनालाई रिहा गरेको छ । आइतबार तीनजनाई रिहा गरेपनि हिरासतमा रहेका १४ जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको आरोपमा मुद्दा चलाइएको छ । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी टेकप्रसाद राईले हिरासतमा रहेकाविरुद्ध सार्वजनिक मुद्दाअन्तर्गत सात दिने म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । राईले तिनलाई संक्रमण ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ र ज्यान मार्ने उधोगअन्तर्गत मुद्दा आकर्षित हुने बताए । प्रहरीले अझै दुईजनाको खोजि भइरहेको जनाएको छ ।
Categorized in

ईन्द्रजात्राको क्षमापूजाको प्रसाद शीतलनिवासमा

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं –  ईन्द्रजात्रालाई यस वर्ष क्षमापूजामै सम्पन्न गराइएपछि क्षमापूजाको प्रसाद राष्ट्रपतिको कार्यालय शीतल निवासमा लगिएको गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जनाएको छ । यसअघि ईन्द्रजात्राको अन्तिम दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति कुमारी घर पुगेर कुमारीको हातबाट टिका र प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको थियो । तर यस वर्ष कोरोनाको कारण रथयात्रा तथा अन्य सार्वजनिक कार्यक्रमहरु स्थगित भएका थिए । काठमाडौंमा कोरोना जोखिम बढेको र दिनानु संक्रमितको संख्या बढेसँगै स्थानीय निकायले जारी गरेको निषेधाज्ञाका कारण यस वर्ष ईन्द्रजात्रा पर्व स्थगित भएको थियो ।
Categorized in

पक्राउ परेकालाई रिहा गर्न ३५ संघसंस्थाको माग, रिहाइकाे लागि जनस्तरबाट प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा पक्राउ परेका सम्पदा अभियन्ताहरुलाई रिहा गर्न जनस्तरबाटै प्रदर्शन थालिएको छ । साथै नेवाः युथ अर्गनाइजेशनलगायत विभिन्न ३५ वटा संघसंस्थाले पनि उनीहरुको रिहाइको माग गरेका छन् । नेवार अगुवा पवित्र वज्राचार्यको सभापतित्वमा आइतबार बिहान काठमाडौंको ओलम्पस क्लबमा ३५ वटा संघसंस्था सम्मिलित बैठकपछि एउटा वक्तव्य जारी गरी पक्राउ परेकाको रिहाइको माग गरेको छ । सम्पदा आन्दोलनका अभियन्ता एवं समाजवादी नेवाः संघका राजाराम तण्डकाुरले सामाजिक सञ्चालपाखे ३५ वटा संघसंस्थाले संयुक्त रुपमा जारी गरेको वक्तव्य पढेर सुनाउनुभएको थियो । जनस्तरबाट पनि रिहाइको माग ललितपुरको हरिसिद्धिमा पक्राउ परेकाको रिहाइको माग गर्दै स्थानीयले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । स्थानीय महिला, पुरुष तथा बालबालिकाहरुको सहभागितामा उनीहरुले सम्पदा अभियन्ताहरुको तत्काल रिहाइको माग गरिएका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । यसैगरी, झडपपछि धरपकड गरी पक्राउ परेका अभियन्ताहरुको तत्काल रिहाइको माग गर्दै दबाब दिन मध्यपुर थिमि शंखधर चोकमा पनि जनसमुदायले प्रदर्शन गरेको थियो । यसैगरी, रथयात्राको क्रममा सरकारले गरेको दमन र पक्राउ परेकाको रिहाइको लागि दबाब दिन तराई मधेसबासीहरुले प्रदर्शन गरे । तराई मधेसबासीहरुले नेवार संस्कृति, जात्रामा भएको अतिक्रमणविरुद्ध देखाएको ऐक्यबद्धताको जनस्तरबाट प्रोत्साहन पाइरहेको छ । तस्बिर : विभिन्न सामाजिक सञ्जाल
Categorized in

राताे मछिन्द्रनाथकाे सांकेतिक रथयात्रा सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २१, आइतबार

काठमाडौं – कोरोना महामारीबाट अलपत्रमा रहेको रातो मछिन्द्रनाथको रथयात्रा सांकेतिकरुपमै भए पनि सम्पन्न गरिएको छ । कोरोना महामारीको कारण जारी निषेधाज्ञा र लकडाउनको कारण लामो समयदेखि हुन नसकको रथयात्रा आज सांकेतिक रुपमा सम्पन्न गरिएको छ । पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथलाई सोह्रखुट्टे पाटीसम्म तानिएपश्चात यात्रा सम्पन्न गरिएको हो । रथयात्रा पछि अब पानेजुहरुसँग छलफल गरेर केही दिनपछि मछिन्द्रनाथलाई खटमा राखी बुंगमति लगिनेभएको छ । यसपछि रातो मछिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । सम्भवतः भदौ २६ गते मछिन्द्रनाथलाई बुंमगति लगिने सम्भावना रहेको बुंगद्यः जात्रा व्यवस्थापन समितिका संयोजक एवं ज्यापु समाज, ललितपुरका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभएको छ । गत बिहीबार केही स्थानीय एवं सम्पदाप्रेमीहरुले बेवास्ताको अवस्थामा रहेको रथयात्रा सम्पन्न गर्न जाँदा प्रशासनबीच झडप भएको थियो । सोही झडपपछि स्थानीय निकाय र सरोकारवालाहरुबीच छलफल बसेर छोटो रुपमा जात्रा टुंगाउने निर्णय भएको थियो । सोही निर्णयअनुसार आजको सांकेतिक रथयात्रा सम्पन्न भएको हो ।
Categorized in

Pages