STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

साझा पार्टीको तर्फबाट तातो भात अभियान आरम्भ

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार

विजयरत्न असंबरे


कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड १९ रोगबाट सुरक्षित रहन लागु गरिएको लकडाउन र निषेधाज्ञा लम्बिंदै गए पछी गरीब निमुखा जनताहरु समस्याको मारमा जेलिंदै गईरहेको छ भने विशेषगरी दैनिक श्रम गरेर जिविकोपार्जन गर्नु परेकाहरुलाई दैनिक हातमुख जोर्न समेत गा¥हो हुँदै गईरहेको छ । यही कठीन अवस्थालाई दृष्टिगत गरी साझा पार्टीले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँहरुमा तातो भात अभियानको थालनी गरेको छ । यो तातो भात अभियान गरिब निमुखाहरुलाई लक्ष्यित गरी आरम्भ गरिएको कुरा साझा पार्टीका बागमति प्रदेशका सांसद शोभा शाक्यले बताउनु भएको छ । भाद्र २४ गते बुद्धबारदेखि आरम्भ गरिएको तातो भातको अभियानको पहिलो दिन लगनखेलमा साँझ करीब एक सयजनालाई भोजन वितरण गरिएको थियो भने त्यो संख्या दोश्रो दिन एकसय पचाससम्म पुग्ने कुरा सांसद शाक्यले बताउनु भयो । दैनिक आय आर्जनको बाटो छेकिएकोले त्यसबाट समस्यामा परेकाहरुकालागि भोजनको व्यवस्था होस् भनेर साझा पार्टीले उपत्यकाका विभिन्न ठाउँहरुमा यसरी तातो भात अभियान आरम्भ गरेको छ । यो तातो भात अभियानकालागि विभिन्न दाताहरुबाट सहयोग पाईरहेको कुरा पनि साझा पार्टी सुत्रले जानकारी दिएको छ भने लगनखेलको अभियानमा पहिलो दिन सांसद शोभा शाक्यले आर्थिक सहयोग गर्नु भएको थियो भने अरु दिनहरुकालागि सुरेश शाक्य , राज्यलक्ष्मी बज्राचार्य लगायतले आर्थिक सहयोग गर्नु हुने भएको छ । यो अभियान अन्तर्गत भक्तपुरको च्यामासिंह , कमलबिनायक , सुर्य विनायक , गठ्ठाघर , पुरानो ठिमि र कौशलटारमा विहानको दस बजे र साँझको ५ बजे अनि नयाँ बानेश्वरको आईप्लेक्स अगाडि साँझ ५ बजे , नागार्जुन नगरपालिकाको स्वयम्भु पुलमा साँझ ५ बजे खाना वितरण कार्यक्रम रहेको कुरा पनि साझा पार्टी सुत्रले जनजातिखबरलाई जानकारी गराएको छ ।
Categorized in

जनदबाबकाे लागि ललितपुरका सम्पूर्ण टोल समुदाय स‌ंगठित

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार

काठमाडौं – नेवार समुदायमाथि राज्यबाट भइरहेको दमन र ज्यादतिविरुद्ध आवाज बुलन्द गर्न ललितपुरका सम्पूर्ण टोल, समुदाय मिलेर ‘झी नेवाः समाज’ गठन गरेको छ । नेवार समुदायको उत्थान र संरक्षणको उद्देश्य राखेर विज्ञ तथा शुभचिन्तकहरु समावेश गरी सो समाज गठन गरिएको हो । गठनपछि समाजले बुधबार बुंगःद्यः जात्राको क्रममा हिरासतमा रहेका सम्पदा अभियन्ताहरुको अविलम्ब रिहाइको माग गदै दबाबस्वरुप जनप्रदर्शनको आयोजना गरेको थियो ।

तस्बिर सौजन्य : नेवाः म्हसीका फेसबुक

Categorized in

हिरासतमा रहेका दुईजना रिहा

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार

काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा हिरासतमा लिइएकाहरुलाई व्यापक जनदबाबपछि राज्यले रिहा गर्न बाध्य भएको छ । यसैक्रममा बुधबार साँझ हिरासतमा रहेकाहरुमध्ये रत्नलाल श्रेष्ठ र अनिस महर्जनलाई राज्यले रिहा गरेको छ । यसअघि राज्यले ३ जना र ७ जनागरी १० जनालाई रिहा गरिसकेका छन् । हाल सम्म पनि हिरासतमा रहेका ८ जनाहरु ललितपुरका अशोजकुमार महर्जन, रविन शाक्य, नरेश शाक्य, अनिल खड्गी, सञ्जय शाक्य, करण देउला, देवेन्द्र देउला र काठमाडौंका यादवलाल कायस्थ रहेका छन् । हिरासतमा रहेकाहरुलाई अविलम्ब रिहाइको माग गर्दै ठाउँ ठाउँमा जनस्तरबाट प्रदर्शनहरु भइरहेका छन् । यसै सिलसिलामा भोलि शुक्रबार पाटनको मंगलबजारमा पनि प्रदर्शन हुन लागेको जानकारी प्राप्त भएको छ ।
Categorized in

खुकुलो निषेधाज्ञामा बारअनुसार पसल खोल्न पाइने, ठेलागाडा र फुटपाथ व्यापार पनि खुल्ने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार

काठमाडौं – कोरोना संक्रमणको जोखिम नियन्त्रणको लागि गत भदौ ३ देखि जारी निषेधाज्ञा खुकुलो गरेसँगै स्थानीय प्रशासनले अब उपत्यकामा बारअनुसार पसल खोल्न पाइने तथा ठेलागाडाको व्यापार पनि खुलाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ । यसैगरी फर्निचर र अटोमोबाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ । स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै यसअघि निषेध गरिएका व्यापार व्यवसाय गर्न पाउने भएको छ । यसैगरी, निषेधाज्ञासम्बन्धी नयाँ आदेशअनुसार फुटपाथ पसल र ठेलाको व्यापार विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । यसअघि साउन २७ गते मन्त्रिपरिषद्को बैठकले नै ठेला र फुटपाथको व्यापार बन्द गर्ने निर्णय गरेको थियो । भदौ ३१ गतेसम्मको लागि अहिलेको खुकुलो निषेधाज्ञा जारी रहने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी सुचनामा उल्लेख छ ।
Categorized in

उपत्यकाकाे खुकुलाे निषेधाज्ञामा के गर्न पाइने र के के निषेध छन् ?

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडाैं –  काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो हुने भएको छ। आज उपत्यकाका तीन जिल्ला प्रमुखबीच बसेको बैठकले सार्वजनिक र निजी यातायातका साधनका साथसाथै व्यापार-व्यवसाय खोल्ने निर्णय गरेको छ । गत भदौ ४ गतेदेखि जारी निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो । नयाँ मोडालिटी अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो। निषेधाज्ञा खुकुलो भए पनि होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने बन्दै रहने छन्। भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।
Categorized in

उपत्यकाकाे खुकुलाे निषेधाज्ञा एक साता यथावत, भोलिदेखि जाेरबिजाेर प्रणाली लागु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि यातायातका साधन जाेर बिजाेर प्रणालीमा चल्ने भएकाे छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले खुकुलाे निषेधाज्ञाको समय भने एक साताका लागि लागू नै गरेको छ। निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्ने काठमाडौं जिल्ला प्रशासनले जनाएकाे छ । यसैगरी बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर र सपिङ मल खोल्न दिने तथा  साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।  स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको पनि जनाइएकाे छ ।तर बढी भेला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय यथावत छ। कुनकुन क्षेत्र कसरी खुला गर्ने भन्ने केहीबेरमा सूचना प्रकाशित हुनेछ । 
Categorized in

बुंगमतिमा पनि हिरासतमा रहेकाको रिहाइ माग्दै प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा हिरासतमा परेकाहरुको अविलम्ब रिहाइको माग गर्दै बुंगमति, ललितपुरमा पनि जनप्रदर्शन भएको छ । बुंगमतिका स्थानीय युवा, महिला तथा पुरुषहरुको संलग्नतामा बुधबार बुंगमति मन्दिर परिसरमा प्रदर्शन गरिएको थियो । नेवार अभियन्ताहरुको रिहाइ गरिनुपर्ने, नेवार एकता जिन्दाबाद, नेपाल रहेसम्म नेवार संस्कृति र सम्पदा रहन्छ जस्ता पम्प्लेटहरु प्रदर्शन गरिएको थियो । स्मरणीय छ, बुंगःद्यः (रातो मछिन्द्रनाथ)को एउटा मन्दिर पाटन तःबहालमा रहेको छ भने अर्को मन्दिर बुंगमतिमा रहेको छ । वर्षको ६–६ महिना गरी बुंगःद्यः पाटन र बुंगमतिमा विराजमान हुन्छन् । बुंगःद्यःकै नामबाट यस स्थानको नाम बुंगमति रहन गएको हो । समातिएका अभियन्ताहरुको रिहाइको लागि आजै मात्र पाटन र काठमाडौंमा पनि जनस्तरबाट प्रदर्शन भएका थिए भने यसअघि उपत्यकाका विभिन्न स्थानहरुमा प्रदर्शन भइसकेका थिए ।

तस्बिर सौजन्य : राजन शाक्य फेसबुक

Categorized in

काठमाडाैंका ३९४ सहित उपत्यकामा थपियो ४६४ संक्रमित

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौंका ३९४ सहित उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी अनुसार भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार मात्रै उपत्यकामा ३९६ जनामा संक्रमण देखिएको थियो। यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४९ हजार २१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मंगलबार मात्रै ९०२ जनामा संक्रमण देखिएको थियो। यसैगरी  नेपालमा कोरोनाबाट हालसम्म ३१२ जनाको मृत्यु भएको छ। आज मात्रै कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। मंगलबार पनि ६ जनाको मृत्यु भएको थियो। मन्त्रायका अनुसार देशभर १५ हजार २५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ३७ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहेका छन्। क्वारेन्टाइनमा ५ हजार ४८० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ९९ हजार ३४१ पुगेको छ। बुधबार ११ हजार १६७ वटा पीसीआर परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ। यो ६८.८प्रतिशत हो। यस्तै आइसीयूमा १६२ जनाको उपचार भइरहेको छ भने २२ जना भेन्टिलेटरमा छन्। मन्त्रालयका अनुसार हालसम्म सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर र रुपन्देहीमा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला शून्य संख्या रहेको छ।  
Categorized in

मलाई मार्ने धम्की दिनेलाई पनि रिहा गरिदिनू : ललितपुर मेयर

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – ललितपुरका मेयर चिरिबाबु महर्जनलाई मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकालाई पनि रिहा गरिदिन स्वयं मेयर महर्जनले प्रशासनको ध्यानाकर्षण गराएको छ । ललितपुर मेयर महर्जनले आज एक विज्ञप्ति प्रकाशित गरी आफूलाई मार्ने धम्कीसहितको अभिव्यक्ति दिने संजय शाक्यलाई प्रहरीले पक्राउ गरेको र शाक्यले उत्तेजनात्मक अभिव्यक्ति दिएका कारण उनलाई रिहा गरिदिन प्रशासनको ध्यानकर्षण गराएको जनाएको छ । साथै, बुंगःद्यः जात्राको क्रममा समातिएकाहरुर्ला निःशर्त अविलम्ब रिहाइको लागिसमेत मेयर, ज्यापु समाज र १९ जातीय संघसंस्थाले स्थानीय प्रशासनलाई भनिसकेको विज्ञप्तिमा उल्लेख छ । मेयर महर्जनले गत भदौ १८ गतेको घटनालाई सम्पूर्ण धर्म, संस्कृतिप्रेमीको मनमा घाउचोट लगाएको तर विधिपूर्वक रथ तान्ने काम सम्पन्न भएबाट त्यसले मल्हमपट्टि पनि लगाएको ठहर पनि विज्ञप्तिमा गरेका छन् ।
Categorized in

ससम्मान रिहाइ माग्दै न्हूघः (जैसीदेवल)का स्थानीय महिला समूह

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं– बुंगःद्यःजात्राको क्रममा भएको झडपमा समातिएका सांस्कृतिक अभियन्ताहरुको रिहाइको लागि काठमाडौंमा पनि जनस्तरबाट प्रदर्शन भएको छ । स्थानीय न्हूघः (जैसीदेवल) टोलस्थित झातपाःद्यः स्थानका महिला समूहले जनता थुनेर गरिने शासनको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले झडपका क्रममा समातिएकाहरुको अविलम्ब ससम्मान रिहाइ हुनुपर्न जस्ता मागसहितका पम्प्लेट बोकेका थिए । यसअघि हिरासतमा रहेकाहरुको रिकाइको माग गर्दै आज बिहान पाटन दरबार स्क्वायरमा पनि प्रदर्शन भएको थियो भने यसअघि जनस्तरबाट उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भइसकेका छन् ।

तस्बिर सौजन्य : कुमार रंजित फेसबुक

Categorized in

Pages