STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

श्रीकरुणामय रथयात्राको क्रममा भएको घटनाले मर्माहत भएकी छु ‒ प्रदेश सभा सांसद शाक्य

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १९, शुक्रबार

विजयरत्न असंबरे


कोरोना महामारीको कारण उत्पन्न विषम परिस्थितीले गर्दा लामो समयदेखि स्थगनमा रहेको वर्षा र सहकालको देवता बुंगःद्यः श्रीकरुणामयको जात्रालाई सम्पन्न गर्न स्वःस्फूर्तमा आयोजित दबाबमूलक कार्यक्रममा उत्पन्न अप्रिय स्थीतिलाई लिएर बागमति प्रदेश सभा सांसद शोभा शाक्यले एउटा वक्तव्य प्रकाशित गरी दुःख व्यक्त गर्नु भएको छ । साझा पार्टीका केन्द्रिय सदस्य समेत रहनु भएका माननीय सांसद शोभा शाक्यले वक्तव्यमा , “ हाम्रो संस्कृति र हाम्रो सम्पदा प्रति हामीलाई धेरै माया छ र आस्था छ । त्यही असिम आस्थाको कारण करुणाको प्रतीकका रुपमा रहेका बुंगःद्यः अर्थात श्रीकरुणामयको रथारोहणमात्र सम्पन्न गरी कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड १९ महामारीको जोखिमको कारण देखाई लामो समयदेखि अलपत्र पारी राखेको र विश्वको एक लामो रथ जात्राको रुपमा विश्व विख्यात जात्रा सम्पन्न गर्न कफ्र्यु लगाएर , डोजर र क्रेन प्रयोग गरी रथ तान्ने सुझावहरु विभिन्न समयमा विभिन्न माध्यमबाट दिंदा पनि सम्बन्धित सरोकारवाला निकायहरुले कुनै चासो नदेखाएको कारण दबाब दिनु पर्ने स्थीति सिर्जना भएको र त्यही स्वस्फूर्त दबाबलाई दमन गर्न खोज्दा अप्रिय घटना घटेको हो । ” भनि उल्लेख गर्नु भएको छ । वक्तव्यमा सांसद शाक्यले ,“ यस्तो अप्रिय घटना नहुनु पर्ने हो तर भयो । मलाई अत्यन्त दुःख लागेको छ । यो अप्रिय घटना हुनुमा दोष सम्बन्धित सरोकारवाला निकायहरुको नै छ जस्तो मलाई लाग्छ । ” भन्नु हुँदै उहाँले , “ यो कोरोनाको कहरले ताण्डव मचाइरहेको बेला जात्रामा रमाउने मन कसको होला । त्यसैले जात्रालाई व्यवस्थित , नियन्त्रित र सुरक्षित रुपमा सम्पन्न गर्न बेलाबेलामा सुझाव र दबाब दिंदै आईरहेको थियो । तर लामो समय व्यतीत भई सक्दा पनि सम्बन्धित सरोकार निकायहरुले कुनै ठोस कदम उठाउन नसकेको कारण असह्य भएर करुणामयका असंख्य भक्तजन र जनताहरु स्वस्फूर्त रुपमा जम्मा भई रथ यात्रा अबिलम्ब सम्पन्न गर्न दबाबमूलक कार्यक्रम गर्न बाध्य भएका हुन् । तसर्थ हिजो भएको अप्रिय घटना प्रति दुःख प्रकट गर्दै घाइते भएका सबैको शिघ्र स्वास्थ्य लाभ होस् भन्दै श्रीकरुणामय बुंगःद्यःले हामी सबैको रक्षा गरुन भनि कामना गर्दछु । साथै यो रथ जात्रा व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न सबै पक्षबाट सकारात्मक पहल होस् भनि अनुरोध पनि गर्दछु । ” भनेर उल्लेख गर्नु भएको छ ।
Categorized in

सोमबार रातो मछिन्द्रनाथलाई खटमा राखी बुंगमति लगिने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १९, शुक्रबार

काठमाडौं – कोरोना भाइरस जोखिम नियन्त्रणको लागि लगाइएको निषेधाज्ञा तथा लकडाउनले प्रभावित बनेको रातो मछिन्द्रनाथको जात्रा सम्पन्न गराइने भएको छ । गुठी संस्थानका अधिकारीसँग १९ वटा जातीय खलःपुचः एवं ललितपुर जिल्ला प्रशासन प्रमुखबीच हिजो भएको संयुक्त बैठकमा यही आउँदो सोमबार खटमा विराजमान गराई बुंगमती लगिने भएको छ । यसको लागि शनिबार क्षमापूजा गर्ने ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभएको छ । ज्योतिष एवं पाञ्जुहरुको सहभागिता रहेको सो बैठकले शनिबार सांकेतिक रुपमा रथयात्रा गर्ने, आइतबारपूजा सम्पन्न गर्ने र सोमबार (भदौ २२ गते) खटमा विराजमान गराई बुंगमती लगिने निर्णय गरेको छ । निषेधाज्ञा तथा लामो समयदेखिको लकडाउनको कारण यस वर्ष रातो मछिन्द्रनाथको रथयात्रा हुन सकेको छैन । ललितपुरको पुल्चोकमा रथ निर्माण गरी देउतालाई त्यसमा बिराजमान पनि गराइसके पनि रथयात्रा हुन सकेको छैन । यही असोज २ गतेदेखि मलमास हुनेभएकोले त्यस अघि नै रथयात्रा सम्पन्न गर्नुपर्ने भएकोले हिजो (बिहीबार) स्थानीय एवं सम्पदाप्रेमी युवाहरुले स्वतःस्फूर्त रुपमा रथयात्रा गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो । यही क्रममा ललितपुर जिल्ला प्रशासनले आज शुक्रबार बिहान ४ बजेदेखि बेलुका १0 बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यु आदेश समेत जारी गरेको छ ।
Categorized in

ललितपुरमा शुक्रबार कर्फ्यू

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

काठमाडौं – ललितपुर क्षेत्रमा भोलि शुक्रबार ‍दिनभरिकाे लागि कर्फ्यू आदेश जारी भएकाे छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर आज दिनभर नै पुल्चोक क्षेत्र तनावग्रस्त बनेकाे थियाे ।
Categorized in

साझा पार्टीले प्लाज्मा थेरापी गर्न सघाउने छ - माननीय प्रदेश सांसद शोभा शाक्य

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

विजयरत्न असंबरे –
कोरोना भाइरसको संक्रमणको जोखिम झन झन बढ्दै गईरहेको र यसको उचित उपचार गर्न कुनै खोप वा औषधी नबनिसकेको यस विषम घडिमा साझा पार्टीले यस रोगको उपचारको रुपमा लिइएको प्लाज्मा थेरापी गराउन चाहनेहरुलाई सघाउने कुरा प्रकाशमा ल्याएको छ । यो प्लाज्मा थेरापी अन्तर्गत कोरोना संक्रमणलाई जितेका अर्थात कोरोना रोगको सफल उपचार गराएकाहरुको रगतलाई प्रयोग गरी संक्रमित रोगीको उपचार गरिने गरिन्छ र यो विधीलाई एक हदसम्म सफल विधी मानिएको छ । तसर्थ कोही पनि प्लाज्मा थेरापी गराउन ईच्छुक महानुभावहरुले साझा पार्टीमा सिधै सम्पर्क राख्न सकिने वा साझा पार्टीका बागमति प्रदेशका समानुपातिक तर्फका माननीय सांसद शोभा शाक्यसंग सम्पर्क राख्न सकिने कुरा सांसद शाक्यले एक वक्तव्य मार्फत जानकारी गराउनु भएको छ । काठमाण्डौं उपत्यकामा यो महामारी समुदाय स्तरमा पनि फैलिने जोखिमा बढ्दै गइरहेको छ भने नेपालमा पूर्व मेची देखि पश्चिम महाकालिसम्म मात्र नभई सारा विश्व नै यो महामारीको कारण संकटमा छ भने अमेरिका जस्तो अति विकसित राष्ट्रलाई समेत थाम्न गा¥हो भएको यो महामारीसंग जुध्न र यो रोगलाई जित्न हामी नेपालीहरु एकजुट भई लाग्नु पर्ने कुरा पनि माननीय शाक्यले वक्तव्यमा उल्लेख गर्नु भएको छ । यो महामारीको संक्रमणबाट सुरक्षित रहनकालाति सुरक्षाका सबै उपायको पालना गर्नु हुन पनि उहाँले अनुरोध गर्नु भएको छ । माननीय सांसद शाक्यले प्लाज्मा थेरापीका लागि आफ्नो रगत दिन चाहने महानुभावहरु र प्लाज्मा थेरापीबाट उपचार गराउन चाहने महानुभावहरुले जुन सुकै बेला साझा पार्टी वा सांसद शोभा शाक्यसंग सिधै सम्पर्क राख्न सकिने कुरा बताउनु भएको छ । यस सम्बन्धी कुनै जानकारी लिन चाहेका वा उपचार नै गराउन चाहेकाहरुले आफुसित जुनसुकै बेला सांसद शोभा शाक्यको फोन नं ९८४१ २१४६८२ मा सम्पर्क गर्न सकिने उहाँले बताउनु भएको छ ।
Categorized in

रातो मछिन्द्रनाथ रथयात्रामा प्रहरी दमनको नेवाः देय् दबूद्वारा विरोध

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

काठमाडौं – नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले ललितपुरमा आज (बिहीबार) भएको स्वतःस्फूर्त रथयात्राको क्रममा प्रहरीले गरेको दमनको घोर विरोध गरेको छ । नेवाः देय् दबू जिल्ला समिति ललितपुरका अध्यक्ष हिराकाजी महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरकार र सरोकारवालालाई दबाब दिन स्थानीय जनता, भक्तजन र संस्कृति सम्पदाप्रेमीहरुले रथयात्रा गर्न खोज्दा सरकारले गरेको लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस प्रहार र बर्बर दमनको नेवाः देय् दबू घोर विरोध गर्दछ ।” देय् दबूले हजारौं वर्षअघिदेखि चल्दैआएको संस्कृति, जात्रालाई निरन्तरता दिन ठोस निकास दिनुपर्नेमा कुरामा बेवास्ता गरी यसलाई निरन्तरता दिन लागेकालाई बल प्रयोग गरी दमन गर्नुले गम्भीर परिस्थिति निम्तिनेमा सरोकारवालाई सचेत पनि गराएको छ । दबूले प्रहरी झडप र धरपकडको क्रममा घाइतेहरुको उपचार व्यवस्था हुनुपर्ने र गिरफ्तार भएकालाई विनासर्त रिहा गरिनुपर्ने माग पनि राखेको छ । रातो मछिन्द्रनाथको रथयात्राको विषयमा स्थानीय सरोकारवाला संघसंस्था, पुजारी, ज्योतिष, भक्तजन, गुथियार, गुथि संस्थान, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, केन्द्रीय सरकार एवं राष्ट्र प्रमुखलाई समेत जानकारी गराई जात्रा संचालन गर्ने विषयमा अनुरोध गरिसके पनि यसबारे उचित सुनुवाइ नभएको विज्ञप्तिमा जनाइएको छ ।
Categorized in

निषेधाज्ञा हैन कर्फ्यु नै लगाउनुपर्छ : उपत्यका मेयर फोरम

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

काठमाडाैं – स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौँ उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फोरमले बिहीबार विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने जनाएको हो । फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो । हिजो बसेको प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको बैठकले निर्माण क्षेत्रमा काम गर्ने व्यवसाय र त्यससँग सम्बन्धित काम गर्ने व्यवसायीलाई दिउँसो २ बजेदेखि ९ बजेसम्म पसल तथा व्यवसाय खोल्न दिने व्यवस्था गरेको छ । यसले निषेधाज्ञाको अर्थ नरहने तथ्यलाई ध्यानमा राख्दै यसमा सुधार गर्नुपर्ने फोरमको माग छ । बिहीबार फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र सचिव एवं मध्यपुरथिमिका प्रमुख मदनसुन्दर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “अत्यावश्यकीय वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न विषयलाई कायम राख्दै अन्य समयमा पसल/व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ ।” तेस्रोपटक हिजो १७ गते थपिएको आदेश २४ गते राति १२ बजेसम्मका लागि हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै उपत्यकाका स्थानीय तहबाट प्रवाह हुँदै आएको अत्यावश्यकबाहेकका अन्य सेवा भदौ २४ गतेसम्म बन्द रहने पनि विज्ञप्तिमा उल्लेख छ ।
Categorized in

रातो मछिन्द्रनाथ रथयात्रामा तनाव • स्थानीय र प्रहरीबीच झडप • अश्रुग्यास र पानीकाे फोहोरा हानियाे

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

काठमाडाैं – रातो मछिन्द्रनाथको रथयात्रा विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले रथ तान्न खोज्दा प्रहरीले रोकेपछि झडप सुरु भएको हो । झडपपछि स्थानीयले प्रहरीलाई ढुङ्गामुढा प्रहार गरेका थिए । विवाद बढ्दै गएपछि ललितपुरको पूल्चोक लागा तनावग्रस्त बनेको थियो । स्थानीय जिल्ला प्रशासनलाई रथयात्रा गर्न पटक पटक आग्रह गरे पनि कोरोनाको कारण प्रशासनले यसमा रोक लगाइरहेको थियो । तर प्रशासनले रोकिरहे पनि स्थानीय बिहीबार रातो मछिन्द्रनाथको रथयात्राको प्रयत्न गरेका थिए । यसैक्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । रथयात्रा सम्बन्धमा सराेकारवाला गुठी तथा समुहले यसबारे अनभिज्ञता जाहेर गरेका छन् । ललितपुरकाे ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाज जस्ता १९ वटा संगठनहरुले रथयात्राबारे अनभिज्ञता जाहेर गर्दै स्थानीय युवाहरुकाे सक्रियतामा रथयात्रा भएकाे जनाएकाे छ । रथायात्राकाे विषयलाई लिएर ती  संगठनहरुकाे छुट्टै आकस्मिक बैठक बस्ने जानकारी प्राप्त भएकाे छ । सडक किनारामा रहेको रथ बीच सडकमा ल्याइएको थियाे । भीडले रथलाई तानेर केही मिटर अगाडि ल्याएपछि झडप भएकाे थियाे । झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरोले पनि हानेको थियो । यसैक्रममा केही युवाले दुई ट्राफिक प्रहरीलाई मरणासन्न हुने गरी पिटेको पनि थियो । नेपाल उक्त क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी खटिएका छन्। स्थिति नियन्त्रणमा छ। प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको जानकारीमा आएको छैन । लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथयात्रालाई केही स्थानीय र गुठियारहरूले निषेधाज्ञाकै बीच चलाउन खोजेका थिए। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनका कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए। यस वर्ष काठमाडौंको इन्द्रजात्रा र भक्तपुरको बिस्कास् जात्रा पनि रोकियो। तस्बिर : रमेश शाक्य
Categorized in

थिमिमा कोरोनाले आमापछि छोराको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

भक्तपुर – कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् । यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको गए राति मृत्यु भएको हो । छोराबाट आमामा सङ्क्रमण भएको आशङ्का गरिएको छ । श्वासप्रश्वासमा समस्या आएको आमाको परीक्षणमा कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यको पनि पिसिआर परीक्षण गर्दा परिवारका सबैमा सङ्क्रमण भएको पाइएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । भदौ १ गते आमालाई पाटन अस्पताल भर्ना गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि ३ गते छोरालाई पनि पाटन अस्पताल नै लगिएकामा आमाको उपचारका क्रममा १३ गते र छोराको उपचारका क्रममा १६ गते राति मृत्यु भएको उहाँले जानकारी दिनुभयो । आमालाई दमको रोग र छोराले उच्च रक्तचापको औषधि सेवन गरिरहेका परिवार स्रोतले जानकारी दिएको छ । मृतकका करीब ७० वर्षीय बाबु, गर्भवती श्रीमती, एक बहिनी, एक छोरा, एक छोरी र घरका अन्य एक सदस्यलाई पनि सङ्क्रमण पुष्टि भएपछि सबै होम आइसोलेसन मै बसेका छन् । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आज स्वास्थ्य टोली लिएर म घर मै गए, मृतकका वृद्ध बुबा र गर्भवती श्रीमतीको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ, हामीले सान्त्वना दिएर आएका छौँ, बिहीबार केही महिनालाई पुग्ने खाद्यान्न राहत दिन्छौँ र विचलित त्यो परिवारको अवस्था निकै हृदयविदारक छ ।” सङ्क्रमित परिवारको घर आसपास क्षेत्रमा भाइरस डिसइन्फेक्सन गरेको, परिवारलाई स्यानिटाइजर पठाएको बताउँदै त्यो परिवारलाई मनोपरामर्श र अन्य सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । भक्तपुर जिल्लामा एकै परिवारका दुई जनाको ज्यान गएको यो पहिलो घटना हो भने अहिलेसम्म सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ ।
Categorized in

कारागारमा संक्रमण फैलिन नदिन उच्च सावधानी

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

काठमाडौँ – गृह मन्त्रालयले कारागारका कैदी/बन्दीमा कोभिड–१९को सङ्क्रमण फैलिन नदिन उच्च सावधानी अपनाइएको जनाएको छ । विभिन्न कारागारका कैदी/बन्दीमा कोभिड–१९ सङ्क्रमणसँग जोडेर आएका टिप्पणी, प्रतिक्रिया र समाचारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पूर्ण सजक रहेका प्रष्ट पारेको हो । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी कारागारमा थप जोखिम हुन नदिन, कोरोना रोकथाम नियन्त्रणका लागि हरसम्भवका प्रयास गर्न तथा सङ्क्रमित कैदीबन्दीको आवश्यक उपचारको व्यवस्था गर्न प्रहरी प्रधान कार्यालय, कारागार व्यवस्थापन विभागमार्फत् सबै कारागार र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक निर्देशन दिइसकिएको जनाएको छ । कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारबाट समय समयमा जारी भएका निर्णय तथा विभिन्न निकायबाट जारी भएका मापदण्ड र परिपत्र कार्यान्वयनको अवस्थाबारे पनि अनुगमन भइरहेकोे भइरहेको छ । कारागारमा जोखिम हुन नदिन पहिलेदेखि नै उच्च साबधानी अपनाइएको र त्यसमा मन्त्रालय पूर्ण सजक रहेको विज्ञप्तिमा उल्लेख छ । कैदी/बन्दीमासँग बाह्य व्यक्तिको भेटघाट नियन्त्रण गर्ने, विरामी कैदी÷बन्दीलाई सम्भव भएसम्म कारागार कार्यालयमा रहेका स्वास्थ्यकर्मीबाटै उपचार गराउने र सम्भव नभएमा सुरक्षित रुपमा स्थानीय वा अन्य अस्पतालमा उपचार गराउने गरिएको तथा उपचार पश्चात कारागार परिसरमा छुट्टै बस्ने व्यवस्था मिलाइएको छ । उपत्यकाको हकमा भने कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई आइसोलेशनको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको र केन्द्रीय कारागार सुन्धाराको परिसरमा रहेको तालिम केन्द्रलाई आइसोलेशन बनाउन निर्माण कार्य थाल्ने लगायत विषयमा मातहतका निकायलाई निर्देशन दिइसकिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सङ्क्रमण्माको लक्षण देखिएका गम्भीर खालका विरामीलाई सुविधासम्पन अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । यती हुँदाहुँदै पनि केही दिन यता कारागारमा रहेका बैदीबन्दीमा सङ्क्रमण देखिन थालेको छ । हालसम्म देशभरका एक सय १८ कैदी/बन्दीमा सङ्क्रमण देखिएकोमा ४९ जना निको भइसकेको, एक जनाको मृत्यु भएको र अन्यको उपचार जारी रहेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Categorized in

नयाँ निषेधाज्ञा खुकुलाे, के गर्न पाइने र के नपाइने हेर्नुहाेस्

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार

काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा थपिएकाे एक हप्ते निषेधाज्ञा खुकुलाे बनाइएकाे छ ।  काठमाडाैं उपत्यकामा भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपिएकाे हो । अबकाे निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ । त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् । निषेधाज्ञाको समयमा यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ । निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न पाइनेछ । तर यस्ता आयोजनाले कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ । अब अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि पनि अनिवार्य गरिएको छ । हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ । पीसीआर परीक्षण सुविधा नभएको ठाउँबाट आउनेहरुले भने काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ ।
Categorized in

Pages