STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

उपत्यकाको निषेधाज्ञा एक हप्ता थपियो

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार

काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताकाे लागि थपिएकाे छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने जनाइएको छ। उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी जारी निषेधाज्ञा आजै बुधबार मध्यरातिबाट सकिँदैछ ।  
Categorized in

उपत्यकाका ३८८ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार

काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना भाइरसको स‌ंक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । हिजाे म‌ंगलबारमात्र उपत्यकामा ४८१ जनामा संक्रमण देखिएकाे थियाे ।
Categorized in

जोरपाटी–सुन्दरीजल सडकको काम शुरु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार

काठमाडौँ – बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ । निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो । कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले सकिने काम गर्न थालिएको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बिस्तारित सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निषेधाज्ञा खुला गरेपछि मात्रै थप काम अघि बढाउन सकिनेछ ।” आयोजनाले बन्दाबन्दीको अवधिमा पनि सडक निर्माणका लागि आवश्यक तयारी अघि बढाएको थियो । सो अवधिमा सडकका दुवैतर्फका रुख हटाएको थियो । सरकारले अनुमति दिएपछि अहिले पनि स्वास्थ्य सावधानी अपनाएर निर्माण अघि बढाउने योजना बनाइएको छ । बिस्तारका क्रममा रहेका उपत्यकाका अरु सडकजस्तै यो सडक पनि कति चौडाइमा बिस्तार गर्ने भन्ने विवादकै कारण लामो समयसम्म निर्माण हुन सकेको थिएन । पहिले चौडाइको समस्या भए पनि गत वर्ष मन्त्रिपरिषद्ले बिस्तारित सबै सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने भनी निर्णय गरेकाले अहिले त्यो समस्या नभएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । सो सडकको मापदण्ड २२ मिटर भए पनि त्योभन्दा कम मात्रै उपलब्ध रहेको छ । स्थानीयवासीको घर नभत्काउँदा सातदेखि २० मिटर उपलब्ध हुनेछ । उहाँले भन्नुभयो, “सरकारको निर्णयानुसार नै जहाँ जति चौडाइ उपलब्ध छ, त्यतिमा नै निर्माण हुनेछ ।” सडकमा रहेका संरचना हटाउन र त्यसको व्यवस्थापन गर्न पनि लामो समय लागेको आयोजनाले जनाएको छ । सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा खानेपानी आउने मुख्य पाइप यही सडकमा भएकाले त्यसलाई व्यवस्थापन गर्न कठीन काम भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ । जमिनमुनिका खानेपानी र ढललगायतका संरचना नबिग्रने गरी निर्माण गर्नु चुनौती हुने उहाँले बताउनुभयो । त्यससँगै सडकमा रहेका टेलिफोन, विद्युत्लगायतका संरचना हटाउन पनि सजिलो छैन । उहाँले भन्नुभयो, “हामीले कुनै पनि संरचना सकेसम्म नबिग्रने र बिग्रिहालेमा तुरुन्त मर्मत गर्ने गरी काम गरिरहेका छौँ ।” सो सडकमा रहेका पोल सार्ने प्रक्रिया नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको थियो । बन्दाबन्दी पहिले नै प्राधिकरणले ठेक्का प्रक्रिया अघि बढाएको थियो । अहिलेको अवस्थाका कारण काम अघि भने बढिरहेको छैन । आयोजनाले यो सडकको कालोपत्र चाँडो सक्ने लक्ष्य लिएको छ । उपलब्ध चौडाइमा निर्माण गर्ने भएकाले सडकका संरचना हटाएपछि समय नलाग्ने उहाँको भनाइ छ । “सरकारले निर्माणको कामका लागि अनुमति दिएमा आगामी पुससम्ममा सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “कोभिडकै कारण काम गर्न नसकिए मात्रै हो, काम गर्न पाइएमा पुससम्म सकिनेछ ।” उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भएपछि सो सडकको चौडाई फरकफरक हुनेछ । उपलब्ध भएका स्थानमा २० मिटरसम्म नै हुनेछ भने अरु स्थानमा सात, १४, १६ गरी फरक फरक चौडाइ हुनेछ । सात मिटर हुँदा दुई लेनमा सवारीसाधन गुड्न सक्नेछ । सो सडकको ठेक्का सम्झौता गर्दा नै सडकको दुवैतर्फ पैदलयात्रु मार्ग निर्माण गरिने उल्लेख थियो । अहिले मापदण्डानुसारमा चौडाइ भएका स्थानमा मात्रै पैदलयात्रु मार्ग निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, “कम चौडाइ भएका स्थानमा भविष्यमा स्थान उपलब्ध भएमा मात्रै फुटपाथ बन्न सक्छ ।” त्यस्तै सडकको ठेक्का सम्झौतामा नै सडकको दुवैतर्फ हिमपाइप राख्ने उल्लेख भए पनि कम चौडाई उपलब्ध भएका स्थानमा एक स्थानमा मात्रै हिमपाइप राखिएको छ । कम चौडाइ भएका स्थानमा सडकको मध्य भागमा हिमपाइप राखिएको छ । मापदण्डानुसारको सडकमा दुवैतर्फ ६०÷६० डायमिटरको पाइप हुन्छ भने मापदण्डभन्दा कम चौडाइ भएका स्थानमा ९० डायमिटरको हिमपाइप राखिएको छ । निर्माण शुरु भएको लामो समयसम्म पनि सडक सम्पन्न नहुँदा स्थानीयवासी हिलो र धुलोले हैरान छन् । सडकमा खाल्डाखुल्डीका कारण सडक दुर्घटना्समेत हुने गरेको छ । आयोजनाले जोरपाटी–सुन्दरीजल सडकजस्तै उपत्यकामा विसं २०७१ मा ठेक्का सम्झौता भएका १० सडक चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यतिबेला निर्माण शुरु भएका सडकमध्ये अहिलेसम्म कुनै पनि सडक डिभिजन सडक कार्यालयमा हस्तान्तरण भएको छैन । त्रिपुरेश्वबाट कलङ्की हुँदै नागढुङ्गा र चाबहिल–साँखु सडक मात्रै निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न सडकमा अहिले मर्मत अवधिमा छन् । निर्माण सम्पन्न भएको १३ महिनासम्म पनि कुनै समस्या नआएपछि मात्रै आयोजनाले सडक डिभिजनलाई हस्तान्तरण गर्छ । सो अवधिमा कुनै पनि किसिमका त्रुटि आएमा त्यसलाई सच्चाउने जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीकै हुन्छ ।
Categorized in

काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गरौँ : प्रदेश सांसद शाक्य

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार

विजयरत्न असंबरे –


बागमती प्रदेशका प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ भन्नुभएको छ भने यसको लागि नागरिक तहबाट पनि सहयोगको आवश्यक रहेको कुरा उल्लेख गर्नु भएको छ । १४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य संकटकाल घोषणा गरी ‘पव्लिक मोविलिटी’ पूर्ण रुपमा नियन्त्रण गर्न सकिने कुरा बताउँदै उहाँले संकटकाल घोषणा गर्नु दुई तीन दिन अघि नै सार्वजनिक सूचना व्यापक मात्रामा दिएर जनतालाई घर भित्रै १४ दिन बस्नका लागि चाहिने आवश्यक बस्तुहरु व्यवस्थापन गर्न लगाउनु पर्छ भन्ने राय व्यक्त गर्नु भएको छ । उहाँले संकटकालको समय अहिलेको लकडाउन जस्तो खुकुलो हुनु नहुने पनि बताउनु भएको छ । सांसद शाक्यका अनुसार त्यस्तो बेलामा दिनदिनै कमाएर खानु पर्ने समाजका अति न्यूनवर्गलाई १४ दिन घरभित्रै बस्ने बातावरण बनाउन स्थानीयलाई स्थानीय सरकारले १४ दिनका लागि आवश्यक सामाग्री राहत स्वरुप उपलब्ध गराउनुपर्छ । दैनिक कमाएर खानु पर्नेका लागि संघीय र प्रदेश सरकारले उक्त अवधिका लागि राहतको व्यवस्था गर्नुपर्छ । यसो भयो भने ती क्षेत्रहरुमा कोभिड–१९ को भाईरस न्यून हुनजान्छ । समुदायमा संक्रमण फैलिन पाउँदैन । उहाँले १४ दिनदेखि २१ दिनसम्मको संकटालपछि केही खुकुलो लकडाउन गर्न पनि सुझाव दिनुभएको छ । ‘त्यस्तो बेलामा दुई चार घण्टा सवै मापदण्ड पालना गर्न लगाएर अत्यावश्यक कार्यहरुको लागि खुकुलो गर्नुपर्छ । त्यो अवधिमा पनि स्वयं सेवक तथा समुदायका व्यक्तिहरुले चनाखो भई संक्रमण अवस्थालाई ध्यान दिएर निगरानी बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘स्थिति विस्तारै सामान्य गर्ने तर्फ गएपछि सहज रुपमा अघि बढ्न सकिन्छ ।’ उहाँले त्यो अवधीमा कोरोना संक्रमण हुनबाट समुदायलाई जोगाउन कन्टयाक टे«सिङलाई सुक्ष्म रुपमा लैजानु पर्ने सुझाव पनि दिनुभएको छ । ‘त्यसका लागि आवश्यक मात्रामा प्रत्येक स्थानीय तहले स्वयसेवक दस्ता बनाएर अघि बढ्नुपर्छ । त्यसका लागि स्थानीय समुदायका व्यक्ति, संघ–संस्था, अवकासप्राप्त शिक्षक, अवकास प्राप्त सुरक्षाकर्मीलगायतलाई पनि परिचालित गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यो महामारी हो । यस्तो बेलामा संघ, प्रदेश वा स्थानीय सरकार एक्लैको प्रयासले केही पनि हुँदैन । सबैले मिलेर यो अभियानमा लाग्यो भने मात्रा सफल हुन्छ । अनि मात्र सहि कन्टयाक ट्रेसिङ हुन्छ र संक्रमण पनि समुदायमा फैलिने अवसर प्राप्त गर्दैन । उहाँले आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दा सबै भन्दा पहिला स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुपर्ने बताउनु भएको छ । होडबाजीका लागि र सस्तो लोकप्रियताका नाममा जथाभावी आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्दै जाँदा त्यसले झन खतरा निम्त्याउने उहाँको भनाई छ । उहाँले कोभिडको सक्रमण फैलिन नदिन विभिन्न सूचनाहरु मात्र होइन कोभिड भएकाहरुलाई समेत प्रोत्साहित गर्ने खालका सामाजिक चेतनामूलक सूचनाहरु व्यापक रुपमा प्रचार गर्नुपर्नेलगायतका पनि सुझाव दिनुभएको छ ।
Categorized in

इन्द्रदह मेला स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । मङ्गलबारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही भक्तजनलाई फर्काएको नगरपालिकाले जनाएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजन बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन थियो । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्थ्यो । यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो । यहाँ गई बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । मेला रोकिए पनि नित्यरूपमा हुने पूजा आराधना भने जारी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको इन्द्रदह र कालु पाण्डे समाधिस्थल क्षेत्रलाई सङ्घीय सरकारले दुई वर्षअघि १०० वटा गन्तव्य स्थलमा समावेश गरेको थियो । गन्तव्य स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माणका काम पनि भइरहेको नगर प्रमुख गिरीले बताउनुभयो । यसैगरी प्रत्येक पटक अधिकमासका बेला मेला लाग्ने नगरपालिकाको वडा नं ९ स्थित मच्छेनारायण क्षेत्रमा असोज २ गतेदेखिका सबै कार्यक्रम पनि स्थगन गरिएको उहाँले बताउनुभयो । अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा अत्यधिक धार्मिक पर्यटक मच्छेनारायण पूजा आराधनाका लागि जाने गर्थे । मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवान्लाई गरिने विशेष पूजा आराधना भने गरिने नगरपालिकाले जनाएको छ ।रासस
Categorized in

क्षमापूजामा सीमित इन्द्रजात्रा, सुनसान हनुमानढोका

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १७, बुधबार

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा हेर्न यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तित्व हनुमानढोका दरबारको गद्दी बैठकमा जानुभएन । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले गर्नुभएको सङ्कल्पको पूजा सामग्री ल्याई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको क्षमा पूजा गरिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । कोरोनाका कारण जात्रा स्थगित नगरिएको भए राष्ट्राध्यक्षले हनुमानढोकामै आएर श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको पूजा गरी रथयात्रा हेर्नुहुने प्रचलन थियो । राजधानीका हजारौँ मानिस हनुमानढोका दरबार क्षेत्रमा उपस्थित भएर मनाइने इन्द्रजात्रा पर्व यस वर्ष घर घरमै वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको पूजा आराधना गरी मनाइएको छ । भाद्र शुक्ल चतुर्दशीका दिनदेखि आश्विन कृष्ण चौँथीका दिनसम्म हनुमानढोका क्षेत्रका टोल टोलमा घुमाइने रथयात्रामा घर घरबाट पूजा सामग्री ल्याई चोक चोकमा पूजा आराधना गरिन्थ्यो । श्रीगणेश, श्रीकुमारी र श्रीभैरवको रथ घुमाइने यात्रा यस वर्ष स्थगित गरेपछि इन्द्रसहित तीनै देवताको पूजा आराधना घर घरमै गरिएको काठमाडौँ महानगरपालिका वडा नं. १९ स्थानीयवासी सुमन खड्गीले बताउनुभयो । स्थानीयवासीले घर घरमा र इन्द्रजात्रासँग सम्बन्धित मठ मन्दिरका पूजारीले देवस्थलमा क्षमा पूजा गरी यो पर्व मनाएका हुन् । कोरोना महामारीका कारण रथयात्रा स्थगित गरेपछि क्षमापूजा गरेर मुख्य दिनको पर्व मनाइएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगित गरिएकाले इन्द्रजात्रासँग सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजा गरी मनाइएको संस्थानले जनाएको छ । विसं १८२३ मा इन्द्रजात्राकै अवसर पारेर गोरखाका राजाले काठमाडौँमा आक्रमण गरेको ऐतिहासिक तथ्य छ । त्यस वर्ष समेत इन्द्रजात्राको रथयात्रा रोकिएको थिएन । भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ । ईन्द्रजात्राकाे दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । [caption id="attachment_37958" align="alignnone" width="900"] काठमाडौँ उपत्यकाको मौलिक पर्व ईन्द्रजात्राको अवसरमा मंगलबार बसन्तपुरस्थित कुमारीघर । वर्षा र सहकालका देवता ईन्द्र र जीवित देवी कुमारीको पूजाआजा गरी ईन्द्रजाात्रा मनाउने गरिन्छ । तस्वीर, रासस[/caption] इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारी लगायत मन्दिरमा क्षमा पूजा गरिएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भीडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन । भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । समितिले भदौ ४ गते बिहीबार इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९ः२५ बजे को दिएको थियो । अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ । इन्द्रजात्रा चलाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि शुरु भएको संस्थानका काठमाडौँ शाखा प्रमुख सुवेदीले बताउनुभयो । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले श्रीकुमारीको दर्शन गर्ने परम्परा पनि यस वर्ष नहुने भएको छ । भदौ २१ गते कुमारी घरबाट राष्ट्रपति कार्यालयमा फूल प्रसाद लगिने कार्यक्रम रहेको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।रासस  
Categorized in

कोरोनासँग लड्नका लागि एकजुट हुन मेयरको अनुरोध

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १६, मंगलबार

विजयरत्न असंबरे –
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि भएको समाचार आएदेखि उहाँको स्वास्थ्य स्थिति बारे विभिन्न माध्यमबाट चिन्ता पोख्नेहरुको संख्या निकै बढ्न थालेको छ भने आफ्नो स्वास्थ्य स्थिति बारे चिन्ता लिने शुभचिन्तकहरुलाई धन्यबाद व्यक्त गर्दै उहाँले आज एक विज्ञप्ति जारी गर्नु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । आज एक अपिल जारी गर्दै प्रमुख शाक्यले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उच्च सावधानी अपनाउँदै कोभिड – १९ को महामारी नियन्त्रण, रोकथाम र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको प्रमुख शाक्यले अपिलमा उल्लेख गर्नुभएको छ । उहाँले अपिलमार्फत कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण देखिएको जानकारी गराउनु भएको छ । देश–विदेशबाट टेलिफोन, भाइबर, म्यासेन्जरसँगै विभिन्न माध्ययमबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गर्दै हजारौँ शुभेच्छुकले व्यक्त गर्नुभएको अपार शुभेच्छालाई उहाँले आत्मसात् गरेको बताउँदै प्रमुख शाक्यले —विभिन्न राजनीतिक दल, संघ–संस्था र विभिन्न ओहदामा रहनु भएका व्यक्तित्वहरुले गर्नु भएको शुभेच्छालाई ग्रहण गरेको बताउनुभएको छ । मेयर शाक्यले सबैको शुभेच्छालाई सोही अपिलमार्फत धन्यवाद भन्नु भएको छ भने आफुलाई संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म उहाँको प्रत्यक्ष सम्पर्कमा आउनु भएका सबैलाई सचेत रहन र आवश्यकता अनुसार पिसिआर परीक्षण गराउनु हुन पनि अनुरोध गर्नु भएको छ साथै उहाँले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न नसकिने भन्दै आ–आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरी कोरोनालाई परास्त गर्न अपिल पनि गर्नुभएको छ ।
Categorized in

काठमाडौं उपत्यकामा ४८१ नयाँ संक्रमित थपिए

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १६, मंगलबार

काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ‍४८१ जना नयाँ  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले दिनुभएकाे जानकारी अनुसार संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।
Categorized in

उपत्यकाका निषेधाज्ञाको स्वरुपबारे छलफल हुँदै

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १६, मंगलबार

 काठमाडौँ – काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल शुरु गर्नुभएको हो । “तीन जिल्लाका प्रमखु जिल्ला अधिकारीबीच आज मात्रै भर्चुअल बैठक गरेका छौँ, सबै सरोकारवालासँग परामर्श लिने काम भएको छ, त्यसको आधारमा साझा धारणा बनाएर उपयुक्त निर्णय लिइने छ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो । उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको यही भदौ २ गतेको निर्णयानुसार ४ गते बिहान १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि उपत्यकका तीनै जिल्लामा निषेधको आदेश जारी गरिएको थियो । भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेश कायम गरिएको छ । निर्धारित समयको एक दिनअगावै तीनै जिल्लाका प्रजिअले उपयुक्त निर्णय लिन छलफल र परामर्श शुरु गर्नुभएको हो । विभिन्न क्षेत्रका प्रतिनिधिको सुझावका आधारमा तीनै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपबारे साझा धारणा बनाउने र उक्त विषयमा बुधबार गृहमन्त्रालयसँग छलफल गरी परामर्शका आधारमा आवश्यक निर्णय लिइने उहाँले बताउनुभयो । प्रशासन कार्यालयका अनुसार कतिपय विज्ञबाट केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको र कतिपयबाट अझै कडाइ गर्नुपर्ने सुझाव प्राप्त भएको छ । केही संस्थाले भने मध्यमार्गी निर्णय जरुरी रहेको सुझाव दिएको छ । उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुझाव पठाएको छ । फोरममा उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख आबद्ध हुनुहुन्छ । फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “अहिलेसम्मको नतिजा हेर्दा सङ्क्रमण बढ्दै गएको देखिन्छ, त्यसैले हामीले अर्काे एक हप्ता थप कडाइ गर्न सुझाव दिएका छौँ ।” उहाँका अनुसार सर्वसाधारणले निषेधाज्ञाको पूर्ण पालना गरिरहेका छैनन् । त्यसैले नियन्त्रण हुन सकेको छैन । निषेधाज्ञाको समयमा जानाजान घुमफिरमा निस्कने जमात बढिरहेको छ । तरकारी तथा फलफूल बजारमा सामाजिक दूरी कायम हुन सकिरहेको छैन । प्रहरीले समेत प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन । आफैँ सङ्क्रमित भएकाले न्यून सङ्ख्याका प्रहरीले सुरक्षा दिइरहनुपरेको छ । जबर्जस्ती गाडी चलाउने क्रम रोकिएको छैन । दुई हप्ताको अन्तरालमा उपत्यकाका यसरी आदेश उल्लङ्घन गर्ने झण्डै १० हजार गाडी कारवाहीमा परिसकेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले निषेधाज्ञा पूर्ण पालना गर्ने हो भने योभन्दा उपयुक्त कदम केही पनि होइन भन्नुभयो । उहाँले मानिसले स्वास्थ्य मापदण्ड पालना नगरे जस्तोसुकै कडा गरे पनि केही नहुने बताउनुभयो । काठमाडौँ उपत्यकामा दैनिक १०० देखि ५०० सम्म कोभिड–१९ का बिरामी भेटिँदै आएको छ । साउनपछि भने द्रुत गतिमा सङ्क्रमण फैलिएको छ । दैनिक मृत्युदरसमेत बढ्दो छ । यस्तो अवस्थामा अहिले नै निशेषाज्ञा प्रभावकारी नभएको भनेर विश्लेषण गर्नु हतार हुने विज्ञको भनाइ छ । चौध दिन पछि मात्रै एउटा तथ्याङ्क आउने भएकाले अबको हप्ता भने त्यसका लागि महत्वपूर्ण हुनेछ । “अहिलेसम्म पुरानै सङ्क्रमणको असर देखिँदै, अब बल्ल नयाँ बिरामी फेला पर्ने हुन्, अबका दिनमा घट्छ भन्ने आशा छ”, महर्जनले रासससँग भन्नुभयो, बल्ल अब नतिजा कस्तो आउँछ हेर्नुपर्छ ।” उहाँले स्वास्थ्य मापदण्ड प्रयोग गर्ने र नाका नियन्त्रण गरे निषेधाज्ञा खुकुलो गर्दा पनि हुने नत्र कडा गर्नुको विकल्प नभएको बताउनुभयो । गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सत्चालिस मध्ये केही हिमाली जिल्लामा सुधार आएकाले निषेधाज्ञा हटाइएको लामिछानेले बताउनुभयो । गृहको अनुगमनमा आदेशको कार्यान्वयन सन्तोषजनक नै छ । आदेश जारी नगरिएको भए अवस्था भयावह हुनेतर्फ उहाँले सबैमा ध्यानाकर्षण गराउनुभयो । अझै आवश्यकता देखिएमा स्थानीय प्रशासनलाई आवश्यक निर्णय लिन अधिकार रहेको उहाँको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने अझै कडाइ गर्न अनुरोध गरेको जनाइएको छ ।रासस
Categorized in

उपत्यकाका निषेधाज्ञाबारे छलफल गर्न सिडिओहरू भर्चुअल बैठक बस्दै

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १६, मंगलबार

काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने या नबढाउने विषयमा साझा धारणा बनाउन  काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भर्चुअल बैठक बस्दैछन् । भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ। निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका हुन् । तीन जिल्लाका प्रजिअको राय मंगलबार नै गृह मन्त्रालयमा पठाइनेछ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घटेको छैन।
Categorized in

Pages