STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

काठमाडौँ महानगरका वडाहरुको राजस्व अनलाइनमार्फत

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १२, सोमबार

विजयरत्न असंबरे


काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडाको राजस्व प्रणाली अनलाइन मार्फत सन्चालन गर्ने भएको छ भने यसबारे जानकारी दिने क्रममा काठमाडौं महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै सकारात्मक प्रतिक्रिया आएको बताउनु भएको छ । उहाँले आगामी दिनमा अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने जानकारी समेत दिनुभयो भने राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले असोज १ बाट अनलाईन सेवा सुरु गरेको भन्दै ११ दिनमै १ करोड ६० लाख राजस्व असुली गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधीमा सबैभन्दा बढी घर–बहाल करमार्फत ७८ लाख ३७ हजार बढी प्राप्त भएको छ । त्यसैगरी सम्पत्ति कर शीर्षकमा २० लाख ८३ हजार संकलन भएको छ । उहाँले सबै वडाका कर्मचारीको क्षमता विकासका लागि प्रणालीको प्रयोगात्मक सिकाइका कक्षा सञ्चालन गरिरहेको भन्दै त्यसलाई सबैको पहुँचमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७६/०७७ मात्रै ८३ प्रतिशत राजस्व असुली गरेको जानकारी दिनुभयो । उहाँले सबै प्रकारका कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न के–के गर्नुपर्छ भन्ने ‘डेमो’ केही दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको भन्दै त्यसले करदाताहरुलाई थप सहज हुने बताउनुभयो ।

Categorized in

पाटनको भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकको सहयोग

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १२, सोमबार

ललितपुर – पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १० लाख हस्तान्तरण गर्नुभयो । भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि ‘ललितपुरको इतिहासमा दान दातव्य’ भन्ने नारालाई पाटनवासीले अघि बढाइ गतवर्षको असार १२ गते गाईको पुच्छरमा डोरी बाँधेर मन्दिरको गजुर निकाली भत्काउने काम शुरुआत गरेका थिए । मन्दिर पुनःनिर्माणमा स्थायनीयवासी आफै जुटेपछि बैंकका अध्यक्ष श्रेष्ठले आफूलाई रु १० लाख सहयोग गर्नुभएको महर्जनले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा कोरोना माहामारी आउनुअघि वाणिज्य बैंकले रु पाँच लाख, एभरेष्ट बैंकका अध्यक्षले रु एक करोड सहयोग गर्नुभएको थियो ।” सो मन्दिर पुनःनिर्माणमा तदर्थ समितिका सदस्यले रु ९० हजार र ललितपुर महानगरपालिकाले रु एक करोड दिइसकेको महर्जनले बताउनुभयो । ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “कोभिड महामारीले मन्दिर पुनःनिर्माणमा केही ढिलाइ हुँदा हाल भूइँ तलाको काम समाप्त भयो भने पहिलो तलाको काम पनि सकिनै लागेको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने, थाम, दलिन र बिम भाँच्चिएर भित्ता चिराचिरा भएका थिए ।” सो मन्दिर परिसरबाट आवतजावत गर्ने हजारांैँ स्वेदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण पाटनका जनता मन्दिर पुनःनिर्माणमा अग्रसर भएर हाल धमाधम काम भइरहेको श्रेष्ठको भनाइ छ । मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको छ । चार शताब्दी भन्दा पुरानो इतिहास बोकेको मल्लकालमा निर्मित भीमसेनको मन्दिर उपत्यकाकै नमूनाको धरोेहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो । मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौंँ भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट, मङ्गल टोल सुधार समिति, ललितपुरभरिका जातीय समाजलगायत विभिन्न सङ्घ संस्था लागि परेका छन् । मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुका छाना निकाल्ने तथा मर्मतपश्चात् पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिनुभएको र यसैगरी मन्दिरलाई चाहिने डाँची र ईट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रिका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने सङ्घले जनाएको छ ।
Categorized in

टोखामा कोरोना संक्रमित ८०० नाघ्यो, तीनको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १२, सोमबार

काठमाडौँ – टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ सङ्क्रमित छन् । कोरोना संक्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ संक्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिनुभयो । तीमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहिन छन् । टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । वडा नं ४, ६ र ९ मा एक÷एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले बताउनुभयो । काठमाडौँ महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भएको नगरपालिका टोखा हो । टोखा नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताउनुभयो । नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसीआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गरेको छ । नगरपालिकाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन रु ३५० भत्ता दिने निर्णयसमेत गरिसकेको छ । नगरपालिकाले कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीलाई भेटेर हौसला प्रदान गर्दै आएको छ । नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोङ्गबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताउनुभयो ।
Categorized in

उपत्यकामा एकैदिन ८०९ जनामा संक्रमण, मृत्यु हुने १० मध्ये ५ जना उपत्यकाकै

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ११, आइतबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनामा संक्रमण देखिएको छ। काठमाडौंका ६३३ , भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसैगरी कोरोनाबाट उपत्यकामै एकैदिन ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। १९ हजार १९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ६९८ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार १२३ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८२८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार २२५ जनाको आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

Categorized in

काठमाडौंको टोलटोलमा कोरोनाको जनसचेतना अभियान थालिने

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ११, आइतबार

काठमाडौं – कोरोना भाइरस (कोभिड १९)बाट समस्यामा परेका स्थानीयलाई सघाउ पुर्याउने उद्देश्यले टोल–टोलमा जनसचेतना अभियान संचालन हुने भएको छ । जनचेतनालाई सशक्त बनाउँदै सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन गरिएकाे एक अन्तर्क्रिया कार्यक्रम सो निर्णय भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य वसन्त मानन्धरले काठमाडौं क्षेत्र नं ७ (१) मा सुरु गरेको ‘कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथाम’ विषयक सो अन्तक्र्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरुसहित स्वास्थ्य क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य, कामपा इन्चार्ज एवं प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य तथा वागमती प्रदेश सभा सदस्य वसन्त मानन्धर, क्षेत्रपाटी निःशुल्क जनचिकित्सालयका मेडिकल ड़ाइरेक्टर डा. प्रेमलकुमार जोशी, जनस्वास्थ्य अभियन्ता सलिना शाही, १८ वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन, १७ वडा सदस्य बाबुराजा महर्जनले विषय केन्द्रित सम्बोधन गरेका थिए । भौतिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गरिएको कार्यक्रमको संचालन कामपा १७ का पार्टी नेता मचाराजा महर्जनले गरेका थिए । कार्यक्रम कामपा १७ वडा खुसिबुँस्थित भोयछेँमा भएको थियो ।
Categorized in

गोदावरी खेलकुद भवन बन्दै

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ११, आइतबार

ललितपुर – गोदावरीमा धमाधम ‘अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन’ निर्माणको काम अघि बढेको छ । गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद विकासका लागि उक्त काम अघि बढाइएको हो । ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले गत आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख सहयोग गरेर भवन निर्माण अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इञ्जीनियर राजेश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आव २०७६/७७ मा सामाजिक विकास मन्त्रालयअन्तर्गत छुट्टै रु एक करोड सहयोग भएको थियो ।” हालसम्म खेलकुद भवन निर्माणका लागि रु एक करोड ३० लाख खर्च भएको र भवनको काम पनि ५० प्रतिशत सम्पन्न भइसकेको इञ्जीनियर पौडेलले जानकारी गराउनुभयो । गोदावरीमा एक व्यक्तिले अर्काे चिन्ने वातावरण नरहँदा खेलकूदको माध्यमबाट वडा नं १ गोदामचौर, नं २ विशङ्खु, नं ३ साविकको गोदावरी, बडिखेल, नं १३ झरुवारासी र नं १४ ठैवका मानिसले एकअर्कामा सम्पर्क बढाई भित्री खेलहरु ब्याडमिन्टन, कराँते, तेक्वान्दोे, टेबल टेनिस, बास्केटबल र भलिबल आदि खेल्ने व्यवस्था मिलाउन लागिएको समितिका उपाध्यक्ष सुरेन्द्र रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारले रु २० लाख विनियोजन गरेको छ । खेलकुद भवनसँगै रहेको लगभग छदेखि सात रोपनी जमिनमा भवन व्यवस्थापन कार्यालय, सहायताकक्ष, वरिपरि पर्खाल, उद्यान, गाडी बिसाउने ठाउँ र बिहान व्यायाम गर्दै हिँड्ने मार्ग निर्माण गर्ने योजना पनि बनाइरहेका छौँ ।” समितिका सदस्यले यी सबै योजना पूर्ण गर्न करिब रु पाँच करोड लाग्ने अनुमान गरेका रावतले जानकारी गराउनुभयो । उक्त भवन निर्माण सम्पन्न भएपश्चात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ । यसमा दुई ब्याडमिन्टन र चार टेबल टेनिस कोर्ट, भवनभित्र झण्डै ४०० मानिस अट्ने स्थान पनि बनाइने समितिका सचिव सन्तोष कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुद भवनमा विभिन्न राष्ट्रको झण्डा राख्ने अवधारणा बनाइराखेका छाैं ।” सो भवन निर्माणको काम यही असार अन्त्यसम्म समाप्त गर्नुपर्ने थियो तर विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण काममा बाधा परेर ढिलो भइरहेकामा कुँवरले दुःख व्यक्त गर्नुभयो । “निमार्णाधीन खेलकुद भवन टौखेलबाट बडिखेल आउने मुख्य सडकमुनि गहिरो स्थानमा रहेको हुँदा यसलाई राम्रोभन्दा राम्रो बनाउन फ्रेन्ड्स अफ गोदावरीमा रहेका ५० सदस्यका साथै अन्य दाताहरुले रु ५० हजारदेखि रु एक लाख सङ्कलन गरेर करिब रु ३५ लाख भवनलाई सहयोग गर्नुभयो”, पौडेलले थप्नुभयो, “गोदावरी भिलेज रिसोर्टले खेलकुद भवन कोषलाई रु १० लाख दिने घोेषणासमेत गरिसकेको छ ।” यसैगरी साविकको गोदावरीमा गोदावरीकुण्ड नजिकै धर्मशाला, नं २ मा प्राविधिक शिक्षालय, नं १० बहुउद्देश्यीय रङ्गशाला र यसै वडामा भाँगावनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर हनुमानको मूर्ति प्रतिस्थापन, उद्यान तथा वनभोजस्थल निर्माण गर्न टाहाखेलदेखि सिँढी निर्माण र नं ११ चपागाउँमा वाग्मती प्रदेश सरकारको सहयोगमा बुलुमा उद्यान निर्माणको काम धमाधम भइरहेको छ ।
Categorized in

कीर्तिपुरको खासिबजारमा ‘खै तपाईंको मास्क ?’

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १०, शनिबार

ललेन्द्र शाक्य
कीर्तिपुर– लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर, लियो क्लब अफ काठमाडौं कीर्तिपुर र हेल्थ वर्कर्स इन कीर्तिपुरको संयुक्त आयोजनामा तथा ४१ वटा विभिन्न संघसंस्थाको सहभागिता कीर्तिपुरका विभिन्न स्थानमा आज शनिबार ‘तपाईंको मास्क खै’ अभियान सम्पन्न भयो । संक्रमणको नारा तोडौं भन्ने नाराका साथ थालिएको सो अभियान गत असोज ३ बाट सुरु भएको थियो । आज खासिबजार प्रहरी वृत्त स्थानमा सो अभियान सुरु गरिएको थियो । आजको कार्यक्रममा स्थानीय क्लब पासा पुचः कीर्ति क्लबसाथै कीर्तिपुर महलिा स्वास्थ्य स्वयंसेविकाले सहयोग गरेको थियो । लायन्स क्लबका लायन समाजसेवी रविन्द्रबहादुर प्रधानले अभियानलाई निरन्तरता दिने बताउँदै सबै जनसमुदायले यसलाई सकारात्मक रुपमा लिँदै सहयोग गरिदिन अनुरोध गरेको छ । अभियानले मास्क नलगाई बाहिर डुल्नेहरुलाई मास्क लगाउनुपर्ने सम्झाउँदै मास्क वितरण गर्दै आएको छ ।
Categorized in

पाटनमा स्थानीयलाई राहत वितरण

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १०, शनिबार

विजयरत्न असंबरे
कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण संकटमा परेका निमुखाहरुलाई विभिन्न संघ संस्था हरुले राहत वितरण गर्ने लगायत भोजन को कार्यक्रम हरु हुँदै आएको छ भने यसबाट स्थानिय भन्दा उपत्यका बाहिरबाट आएकाहरु लाभान्वित भईरहेका थिए । यसै तथ्यलाई मनन् गरी ललितपुरमा श्रीबहाल वडा नं. २०का मनकारि ब्यक्ति प्रेम बहादुर शाक्य काे संयाेजकत्वमा र डा. सि. बि जाेशी ( Phd ) हाल अमेरिका काे प्रमुख अार्थिक सहयाेगमा स्थानिय बासिन्दाहरूलाई पनि राहत वितरण गरिएको छ । यसरी राहत वितरण गर्न अार्थिक सहयाेग गर्नु हुनेहरुमा नुतन राज श्रेष्ठ माेमदु गल्ली , माननिय सांसद शाेभा शाक्य बागमती प्रदेश सभा सदस्य , थैना लामुगल र सहयाेगी अमिर राज महर्जन रहेका छन् भने उहाँहरुको पहलमा पाटनका निमुखा र मर्कामा परेका स्थानिय बासिन्दाहरूलाई राहत स्वरुप चामल ३० किलाे, दाल २ किलाे, तेल १ लिटर ,चिनी १ किलाे , १२ पुरी बिस्कुट र नुन १ पाकेट वितरण गरेको छ । हिजो शुक्रबार ललितपुरकाे संखमुल, श्रीबहाल, नकबहिल,इखाछेँ र थैना लगायतका स्थानहरुमा माननीय सांसद शाक्य र समाजसेवी प्रेमबहादुर शाक्यको पहलमा जम्मा १११ परिवारलाई राहत वितरण गरिएको थियो ।
Categorized in

उपत्यकामा सार्वजनिक यातायातको अनुगमन तीव्र

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ९, शुक्रबार

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै बिहीबारदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको र भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केको वा नछर्केको अनुगमन गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोभिड–१९ बाट यात्रुमाथि हुने जोखिमलाई ध्यानमा राखेर उपत्यकाका मुख्य बसपार्क र भीडभाड हुने क्षेत्रमा अनुगमनलाई तीव्र पारेको जानकारी दिनुभयो । महाशाखाले आजमात्र स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई कारबाही गरेको छ । महाशाखाले सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरे वा तोकिएको भन्दा बढी भाडा लिए ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आग्रह समेत गरेको छ ।
Categorized in

चक्रपथको काम तत्काल शुरु हुने

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ९, शुक्रबार

काठमाडाैं – वाग्मती प्रदेश सरकारले काठमाण्डौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल शुरु गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार केन्द्र र स्थानीय सरकारहरुसँगको समेत सहकार्यमा आगामी तिहारअघिदेखि नै काम शुरु गर्ने गरी तयारी थालिएको छ । कूल एकसय आठ किलोमिटर लम्बाईको चक्रपथ निर्माणको काम छ वटा खण्डमा गरिने जनाइएको छ । कामको बाँडफाँटअनुसार स्थानीय सरकारले केही स्थानमा नाला निर्माणको काम गरिसकेको तथा प्रदेश सरकारले करिब एक किलोमिटर सडक ढलान निर्माणको काम सकेको तथा चक्रपथमा पर्ने दुई पुलसमेत बनिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो । उपत्यकाका काँठ क्षेत्र समेट्ने गरी चक्रपथको निर्माण गर्ने आफूहरुको ३० वर्षअघिदेखिको सपना रहेको भन्दै उहाँले लामो र ठूलो सपना बोकेको उक्त चक्रपथ निर्माणको कामले अब निरन्तरता पाउने बताउनुभयो । चक्रपथले काँठ क्षेत्रको संस्कृति, भाषा र आपसी सम्बन्ध विस्तारमा सहयोग गर्नुका साथै आर्थिक एवं सामाजिक विकासमा टेवा पु¥याउने, पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले चक्रपथको निर्माणपछि उपत्यकाको नजिक भएर पनि विपन्न भएर बाँच्न वाध्य काँठ क्षेत्रको आर्थिक अवस्था सुधार हुने बताउनुभयो । मन्त्री फुँयालले केही दिनअघि काँठ चक्रपथअन्तर्गत पर्ने तारकेश्वर नगरपालिकाको वडा नं. १ र २ का साथै टोखा नगरपालिकामा पर्ने मालुङ, साङला र जितपुर क्षेत्रको अनुगमसमेत गर्नुभएको थियोे । अनुगमनका क्रममा तारकेश्वर र टोखा नगरप्रमुखलाई आफ्नो क्षेत्रमा पर्ने सडकखण्डको निर्माण गर्न प्रतिवद्ध रहन तथा आवश्यक बजेटका लागि सहज वातावरण निर्माण गर्न उहाँले अनुरोध गर्नुभएको थियो ।
Categorized in

Pages