नेपाल लिपि गुथिका पूर्वअध्यक्षलाई मातृशोक
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३१, बुधबार
काठमाडौं – नेपाल लिपि गुथिका पूर्वअध्यक्ष माधव स्यस्यःलाई मातृशोक परेको छ ।
उनकी आमा सेतीमाया श्रेष्ठको आज बुधबार बिहान ११ बजे उहाँकै निवासमा निधन भयो ।
८२ वर्षीय सेतीमाया श्रेष्ठको अन्तिम संस्कार अहिले सक्वमै हुन लागेको छ ।
दिवंगत श्रेष्ठका जहान गोविन्दप्रसाद श्रेष्ठ, एक छोरा माधव स्यस्यः, बुहारी सुधा श्रेष्ठ, पाँचजना छोरीका साथै एक नाति र एक नातिनी रहेका छन् ।
Categorized in
जागरुक युवा समाजले फुटपाथमा पसल विरुद्ध आवाज बुलन्द गरे
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३१, बुधबार
विजयरत्न असंबरे
जागरुक युवा समाजले जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसल राख्न समय तोकेकोमा आपत्ती जनाएको छ ।
पैदल यात्रु साथै अत्यावश्यक सवारी आवागमनमा समेत समस्या पुर्याइरहेको र हाल आएर यहि फुटपाथ पसलका कारण भीडभाड हुन गएर संक्रमणको जोखिम समेत बढाएकोले फुटपाथ पसल हटाउन विशेष भूमिका खेल्नुपर्ने जिल्ला प्रशासन कार्यालयले नै यसलाई प्रश्रय दिएको भनी आदेश सच्याउन समाजले माग गरेको हो ।
समाजको स्थापनाको साथै फुटपाथ पसल हटाउने अभियानको समेत सय दिन पुगेको अवसरमा काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी समाजले स्थानीय वासिन्दाको स्वास्थ्य सुरक्षाको लागि आफुहरु संक्रमणको जोखिम मोलेर लागिरहँदा जिल्ला प्रशासन कार्यालयले किन फुटपाथ पसललाई प्रश्रय दिइरहेको छ भनी प्रश्न उठाएको छ ।
सडक भनेको फुटपाथ पसल राख्नेहरुको कब्जामा परीसकेको कुरा उठाउँदै यसबाट एम्बुलेन्स र दमकल जस्ता आकस्मिक सेवामा लाग्ने हरुले समेत फुटपाथ व्यापारीको दुर्व्यवहार सहनु परिरहेको कुरा समाजका अध्यक्ष चन्द्रकुमार महर्जनले भन्नु भएको छ ।
समाजका सल्लाहकार साथै काठमाडौं महानगरपालिका २४ वडाका वडा सदस्य विनोद तुलाधरले विशेष गरी काठमाडौंका भित्री वस्तीका लागि फुटपाथ पसल ठुलै समस्या हुने गरेको बताए । साँघुरोको सडकको दायाँ बायाँ पुरै ओगटेर राखिने फुटपाथ पसलले दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यकीय सवारी साधन समेत समयमा गन्तव्य पुग्न नसकिने समस्या रहेको उनले बताए ।
गत भाद्र २४ गते काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शर्तसहित व्यापार व्यवसाय गर्न पाउने आदेश जारी गर्दै बिहानको ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म फुटपाथ पसल र ठेला व्यापार खोल्न सकिने भनेको थियो । यो सूचनापछि असन ईन्द्रचोक लगायतका क्षेत्रहरुमा दिनभर नै फुटपाथ पसलहरु राख्न शुरु भएको छ भने यसैको कारणले सडकमा भीडभाड बढेर ट्राफिक जामको समेत समस्या बढेको छ ।
कार्यक्रममा समाजका सचिव संजय महर्जनले फुटपाथ व्यापारीहरुबाट आफु र समाजका स्वयमसेवकहरुलाई सांघातिक आक्रमण समेत भएको क्षण स्मरण गर्दै सार्वजनिक ठाउँ ओगटेर फुटपाथ पसल राख्न एक टुक्रा ठाउँको लाखौंमा किनबेच हुन्छ भन्नु भएको छ भने हिँड्नलाई समस्या हुने गरी फुटपाथमा पसल नथाप भन्दा हतियार लिएर आक्रमण गरीन्छ भन्नु भयो ।
त्यस्तै समाजका प्रेस सल्लाहकार बिराजकाजी राजोपाध्यायले जिल्ला प्रशासन कार्यालय जस्तो जिम्मेवार निकायले फुटपाथ पसललाई प्रश्रय दिने हो भने भाडा तिरेर, कर तिरेर किन कसैले व्यापार व्यवसाय गरीरहनुपर्यो भनेर प्रश्न उठाउनु भयो भने कार्यक्रमका वक्ताहरुले सवारी आवागमनको लागि सडक साँघुरो भन्दै जिल्ला प्रशासन कार्यालयको सो आदेशपछि काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको साथै कामपा वडा १७ का वडाध्यक्ष नवीन मानन्धर, २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यको साथमा समाजका पदाधिकारीहरु समेत जिप्रका कार्यालय बबरमहल गई प्रजिअ जनकराज दाहालको ध्यानाकर्षण गराएका थिए ।
Categorized in
काठमाडौंमा भूकम्पको धक्का
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३०, मंगलबार
काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का गएकाे छ । बुधवार बिहान ५:२० बजे साे धक्का महसुस गरिएकाे हाे । भूकम्पबारे अरू विवरण आउन बाँकि छ ।
Categorized in
रञ्जना लिपिमा टोखाका स्थाननाम
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३०, मंगलबार
काठमाडौं – टोखा नगरपालिकाका विभिन्न स्थानका नामहरु रञ्जना लिपिमा राखिएका छन् ।
टोखाभित्रका स्थानीय टोलका नामहरु जनाउने साइनबोर्डमा रञ्जना लिपिको पनि प्रयोग गरिएको छ ।
टोखा नगरपालिका सरस्वती ३ वडाका वडाध्यक्ष सिङ्गराज श्रेष्ठको उपस्थितिमा स्थुली टोल विकास संस्थाको आयोजनामा रञ्जना लिपिमा साइनबोर्डहरु राखिएका हुन् । स्थाननाम जनाउने ती साइनबोर्डमा रञ्जना लिपिको अलावा देवनागरी लिपि पनि प्रयोगमा ल्याइएको छ ।
टोखा नगरपालिका ३ वडाका स्थानीय टोलहरु खासिंद्वः, खुँ पाचा, विसिंगाय् टोलमा ती साइनबोर्डहरु राखिएका छन् ।
नेपालको मौलिक लिपि रञ्जना लिपि विश्वकै उत्कृष्ट राम्रा लिपिहरुमध्ये पर्दछन् । नेपाललाई संयुक्त राष्ट्र संघमा दर्ता गराउन रञ्जना लिपि नै नेपालको लिपिको रुपमा दर्ता गरिएको छ ।
तस्बिर साैजन्य समीर साही फेसबुक
Categorized in
ललिलपुर महालक्ष्मी नगरपालिकाका प्रमुखलाई कोरोना पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३०, मंगलबार
ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सोमबार कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”
Categorized in
फर्पिङको हरिशङ्कर खटयात्रा क्षमा पूजामै सीमित
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३०, मंगलबार
काठमाडौँ – दक्षिणकाली नगरपालिकाको फर्पिङमा मनाइने हरिशङ्कर यात्रा यस वर्ष क्षमा पूजा गरेर मनाइएको छ ।
भाद्र शुक्ल पूर्णिमादेखि १२ दिनसम्म फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा खट यात्रा गरी मनाइने हरिशङ्कर जात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने डरले क्षमा पूजा गरी स्थगित गरिएको दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिनुभयो ।
यो यात्रामा शिखरनारायणलाई हरि र गोपालेश्वरलाई शङ्करका रुपमा मानिन्छ । फर्पिङवासीका अनुसार यहाँको हरिशङ्कर यात्रा एवं भक्तपुरको विस्केट जात्राका विषयमा मृत्युपश्चात् यमराजले पनि प्रश्न गर्छन् भन्ने विश्वास लिइन्छ । यसैले यी दुवै यात्रा हेर्नै पर्ने मान्यता पनि यहाँ छ । भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् शुरु गरिने जात्राको विधिविधान भने भाद्र शुक्ल प्रतिपदाकै दिनदेखि शुरु हुने गरेको छ ।
यात्राको समाप्ति आश्विन शुक्ल प्रतिपदाका दिन गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि हुन्छ । यात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सात वटा खट बोकिन्छ ।
सबै खटमा सम्बद्ध देवताका मुखलिङ्ग शैलीका मूर्तिहरु स्थापना गरिएको हुन्छ । यो यात्रामा बोकिने खट नेपालका खटयात्रामध्येमा सबैभन्दा ठूला हुने गरेको छ । यो यात्राको एउटा खट बोक्न कम्तीमा पनि ५० जना मानिस चाहिन्छ ।
हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरुप मानिएकाले यो यात्रा चलाउने गरिएको यहाँका वृद्धहरु बताउँछन् । फर्पिङको हरिशङ्कर यात्रा वाणासुरका पालादेखि शुरु भएको विश्वास गरिन्छ । वाणासुर चलाएको यात्रा भएकाले यसमा आर्य र अनार्यबीचको समन्वय समेत रहेको स्थानीयवासीको भनाई छ ।
यस वर्ष जात्रा गर्न नसकिए पनि जात्रासँग सम्बन्धित सात वटै मन्दिरमा क्षमापूजा गरिएको फर्पिङ जात्रा पर्व व्यवस्थापन समितिले जनाएको छ ।
Categorized in
डेरावाल हत्या प्रकरण : भाजंगालबासीको पत्रकार सम्मेलन, गलत समाचारप्रति आपत्ति
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार
काठमाडौं – घरधनीले डेरावालको हत्या भएको घटनामा कीर्तिपुर भाजंगालबासीले पत्रकार सम्मेलन गरी गलत समाचार सम्प्रेषण भइरहेको चिन्ता व्यक्त गरेका छन् ।
कीर्तिपुर नपा ७ वडा भाजंगालका ६ जना घरधनी मिलेर एकजना निर्दोष बहालवालाको हत्या गरेको जस्तो भ्रामक समाचार मिडियामा आइरहेकाले यसबारे मिडियालाई सत्यतथ्य दिन भाजंगालबासीले सो पत्रकार सम्मेलन गरेको थियो ।
सम्मेलनमा भाजंगालबासीले सो घटनामा घरधनी प्रेमकृष्ण महर्जनको मात्र संलग्नता रहेको तथा अरु ५ जनाको संलग्नता नरहेको, उनीहरुलाई समेत मुछिएर गलत समाचार सम्प्रेषण भइरहेको जानकारी दिएका थिए ।
साथै, भाजंगालबासीले सो घटनामा मिडियामा समाचार आएजस्तो कसैको अपहरण नभएको पनि जनाएका छन् । त्यस्तै रडले हानेको जस्ता भ्रामक समाचारप्रति पनि टोलबासीले खण्डन गरेका छन् ।
दोषीलाई कारबाही हुनुपर्छ भन्ने मान्यता टोलबासीको रहे पनि समातिएका निर्दोषहरुलाई रिहा गरिनुपर्ने उनीहरुको माग छ । घटनाका प्रत्यक्षदर्शीसँग प्रहरीले बयान लिइसकेको र उनीहरुले अदालतमा पनि यसबारे सत्यतथ्य नै बयान दिने जनाउँदै भाजंगालबासीले भ्रामक समाचारले टोल तथा कीर्तिपुर नगरपालिकाको बेइज्जत भइरहेकोले त्यस्ता समाचारप्रति घोर आपत्ति जनाएका छन् ।
तस्बिर साैजन्य : नजरराम महर्जनको फेसबुक
Categorized in
बुंगःद्यःलाई बुंगमतिमा बिराजमान गराइयो (तस्बिरसहित)
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार
काठमाडौं – बुंगःद्यः (रातो मछिन्द्रनाथ)लाई बुंगमतिमा बिराजमान गराएसँगै बुंगःद्यःको जात्रा सम्पन्न भएको छ ।
कोरोना भाइरसको जोखिम र नियन्त्रणको लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण यस वर्ष परम्परागत विधिअनुरुप क्षमापूजा गरी पुल्चोकको मन्दल सत्तलसम्म मात्र रथयात्रा गरिएको थियो ।
आज त्यही स्थानबाट बुंगःद्यःलाई रथबाट निकाली खटमा राखेर बुंगमति लगिएको थियो । साँझ ४ः३० बजे बुंगःद्यःलाई बुंगमतिमा बिराजमान गराइएको थियो ।
गत भदौ १८ गते रथयात्राको अवसरमा झडप भएपछि सांकेतिक रथयात्रा गराएर आज बुंगमति लगिएको थियो । यस वर्ष नरिवल खसाउने तथा भोटो देखाउने जात्रा स्थगित गरिएको थियो ।
[caption id="attachment_38399" align="alignnone" width="900"]

पुल्चोकस्थित बुंगःद्यः (रातो मत्स्येन्द्रनाथ)लाई विधिपूर्वक पूजा गरी सोमबार अपराह्न रथबाट निकाल्दै गुठीयार । रथबाट निकालेर सानो खटमा राखेर आजै करुणामयलाई बुङमती लगिएको छ । तस्बिर : रासस[/caption]
[caption id="attachment_38398" align="alignnone" width="900"]

पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथलाई विधिवत् रुपमा पूजाआजा गरी बुङ्मती लगिसकेपछि सँगै रहेको मीननाथको रथलाई देवताघरसम्म लगिँदै गुठीयार एवं स्थानीय बासिन्दा । तस्बिर रासस[/caption]
[caption id="attachment_38397" align="alignnone" width="900"]

बुंगःद्यःलाई विधिपूर्वक पूजाआजा गरी सोमबार बुङमति लानेक्रममा सहभागी हुँदै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत । तस्बिर रासस[/caption]
[caption id="attachment_38395" align="alignnone" width="900"]

बुंगःद्यःलाई विधिपूर्वक पूजाआजा गरी सोमबार बुङमती लानेक्रममा बाजा बजाउँदै गुठीयार । तस्बिर रासस[/caption]
Categorized in
चाबहिलबाट स्थानीय नेवार महिला हरायो
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार
काठमाडौं – काठमाडौंको चाबहिल क्षेत्रबाट स्थानीय नेवार महिला हराइरहेका छन् ।
काठमाडौं महानगरपालिका ७ वडा कुमारीगाल निवासी ५५ वर्षीय वीणा श्रेष्ठ आइतबारदेखि हराइरहेका हुन् ।
विगत १० वर्षदेखि चाबहिलको ओम अस्पतालमा हाउसकिपिङ सुपरभाइजरको रुपमा कार्यरत श्रेष्ठ सोही क्षेत्रबाट हराइरहेका हुन् । आइतबार अफिस गएका उनी न अफिस पुगे, न अफिसबाट घर नै । त्यसपछि उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।
श्रेष्ठ हराएको खबर पाएपछि उनका जेठा छोरा शैलेस श्रेष्ठले गौशाला प्रहरी चौकिमा जाहेरी दर्ता पनि गराइसकेका छन् । तर प्रहरीले यसबारे चित्तबुझ्दो जानकारी नदिएको बेपत्ता श्रेष्ठकी भाइ मोहनश्याम रंजितले जानकारी दिनुभयो । “प्रहरीमा जाहेरी दर्ता दिए पनि चित्तबुझ्दो अनुसन्धान नभएकोले मिडियासम्म पुगी सहयोग मागिरहेका छौं,” रंजितले बताए ।
छोरा शैलेस श्रेष्ठका अनुसार सदा झैं बिहानको खाना खाएर वीणा श्रेष्ठ अफिस गएका थिए । तर दिउँसो अफिसले फोन गरी उनी अनुपस्थित रहेको जानकारी दिएपछि मात्र उनी हराइरहेको खबर परिवारले पाएको थियो । त्यसपछि आफन्त, साथीभाइ तथा चिनेजानेका सबैतिर सम्पर्क गर्दा पनि परिवारले श्रेष्ठको कुनै खबर पाउन सकेन । तबसम्म उनको मोबाइल पनि स्विचअफ थियो । साँझसम्म पनि उनको कुनै खबर नआएपछि बाध्य भएर फेसबुक सामाजिक संजालमार्फत् आमा हराएको सुचना निकालेको छोरा शैलेसले बताए ।
हराइरहेका वीणा श्रेष्ठबारे कुनै जानकारी भए तत्काल खबर गर्न परिवारले अनुरोध पनि गरेको छ ।
Categorized in
उपत्यकाका ५१२ सहित ११७० जना नयाँ कोरोना संक्रमित थपिए
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार
काठमाडौं – काठमाडौंका उपत्यकामा थप ५१२ जनासहित पछिल्लो २४ घण्टामा १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जनाए अनुसार काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा काठमाडौंका ४८३, भक्तपुरका ८१ र ललितपुरका ३३ जना गरी ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ११७० जना कोरोना संक्रमित देखिएको जानकारी दिए। योसँगै कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७९ रहेको छ।
प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ। यस मध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७ हजार २७५ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८७९ रहको छ। हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३९ हजार ५४६ छ ।
Categorized in
Pages