STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य-कला

  • २०७७ फाल्गुण २७, बिहिबार

    अमेरिकाबाट आयो होलि गीतको म्युजिक भिडियो

    होलिलाई रसरङ्ग र उमङ्गको उत्सव मानिन्छ भने  नेपालको सांगितिक क्षेत्रमा होलिको बेग्लै महत्व रहँदै अाएको छ । यसै क्रममा होलिलाई दृष्टिगत गर्दै प्रवासमा रहँदै आउनु भएका गीतकार कमला न्यौपाने ले रचना गर्नु भएको एउटा नयाँ गीत " होलि रङ्ग होलि  "को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । साहित्यकारका रुपमा पृथक पहिचान बनाउनु भएका कवियत्रि न्यौपाने का गीत , मुक्तक , गजल र कविता प्रकाशमा ल्याइरहनु भएका गीतकार...

  • २०७७ फाल्गुण २५, मंगलबार

    ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयनमा प्रधानमन्त्री ओली पनि

    ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि  मनोनयनमा पर्नु भएको छ ।   प्रधान मन्त्री ओलीले रचना गर्नु भएको स्वदेशमै रोजगारी बोलको गीत पनि उत्कृष्ट   राष्ट्रिय भाव विधाको प्रतिस्पर्धाको पाँच मनोनयनमा पर्न सफल भएको हो । यो गीतको म्युजिक भिडियोकाे निर्देशन मोहन निरौलाले गर्नु भएको हो ।   समावेशी अवार्डको रुपमा परिचित ‘चौथो राष्ट्रिय समावेशी म्युजिक...

  • २०७७ फाल्गुण २४, सोमबार

    पवन जोशीको निर्देशनमा रुपेन्द्र र आराध्य

    विगत पचास बर्षदेखि निरन्तर कला क्षेत्रमा लाग्दैआएका   नेपालभाषाका म्युजिक भिडियोहरु एक पछि अर्को गरेर निर्देशन गरेर सफलताको रेकर्ड नै राख्दैआएका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशी निर्देशित पछिल्लो भिडियो हिजो आइतबार सार्वजनिक भएको छ। निर्देशक जोशीव्दारा निर्देशित धुकु पिकु क्यने छन्त बोलको  गीत जनगायक भृगुराम श्रेष्ठ ले सार्वजनिक गर्नु भएको हो। तारा राम मुनकर्मीको गायन, विकासरत्न...

  • २०७७ फाल्गुण २३, आइतबार

    नेपाली म्युजिक भिडियो अवार्ड’को मनोनयन सार्वजनिक (पूर्ण सुची)

    संगिक्षा फिल्मस् इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको ‘नेपाली म्युजिक भिडियो अवार्ड’को चौथों संस्करणका लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । हङकङमा आयोजना हुने अवार्डमा कुल ४१ विधा छन् । जसमा आधुनिक, राष्ट्रिय भावनाका गीत, लोक, पप, नेपाल भाषा र डायस्पोरा विधा समावेश छन् । शनिबार राजधानीमा सम्पन्न मनोनयन सार्वजनिक कार्यक्रममा टप ५ कलाकर्मीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएका थिए ।...

  • २०७७ फाल्गुण २३, आइतबार

    कलाकारहरूबीच २९ गते फुटसल प्रतियोगिता

    नेपालभाषा क्षेत्रमा सक्रिय रहेका कलाकारहरूबीच फागुन २९ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । 'एम्स आर्टिस्ट फुटसल' नाम दिइएकाे प्रतियाेगिता चन्द्रागिरी नगरपालिका वडा नं. ९ स्थित मत्स्य रिक्रिएसन सेन्टरमा हुने जनाएकाे छ । काठमाडौं उपत्यकाभित्रका तिनवटै जिल्लामा सक्रिय कलाकारहरूबीचकाे भातृत्व विकास गरि सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिताकाे तयारी थालेकाे बताइएकाे छ ।...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    रमण घिमिरेलाई कुमार-सरस्वती साहित्य पुरस्कार

    बासु शशी स्मृति परिषद्को  बैठकले   विगत चार दशकदेखि नेपाली भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आउनु भएका  साहित्यकार रमण घिमिरेलाई 'कुमार-सरस्वती साहित्य पुरस्कार–२०७७' प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकार घिमिरे का 'एक दर्जन एक',   ' ...अर्थात् हामी' र 'सूत्रधार' नामक निबन्धसङ्ग्रह प्रकाशित छन् भने दुई सय भन्दा बढी गीतहरू  रेकर्ड भइसकेका छन् । घिमिरे  साधना...

  • २०७७ फाल्गुण १८, मंगलबार

    राष्ट्रपतिबाट नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

    नेपाली गीत–संगीतका विशिष्ट दस्तावेज नातिकाजीको ९६ औं जन्मजयन्तीका अवसरमा  राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी सम्मान तथा पुरस्कार वितरण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले बरिष्ठ वाद्यवादक नोर्बु छिरिङ्ग लामालाई नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७६ र  बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजिव, गीतकार सुरेन्द्र राना, बाद्यबादकराजु...

  • २०७७ फाल्गुण १६, आइतबार

    ‘जुल रे जुल’ नेपालभाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक

    नेपालभाषाको संगीत क्षेत्रमा नयाँ म्युजिक भिडियो ‘जुल रे जुल’ सार्वजनिक भएको छ । नवप्रतिभा दम्पत्ति सुमित्रा महर्जन र वीरेन्द्र महर्जनले गाएको गीतको म्युजिक भिडियो शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । कलानिधि ईन्दिरा संगीत महाविद्यालयका धनबहादुर गोपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरेले सो भिडियोको समीक्षा गर्नुभएको थियो ।...

  • २०७७ फाल्गुण १६, आइतबार

    कृषा महर्जन नयाँ मिस नेवाः

    काठमाडौं – यस वर्ष नेपाल संवत् ११४१ को मिस नेवाः कृषा महर्जन हुन सफल भएकी छिन् । नेप्लिज फेसन होमको आयोजनामा ‘मिस नेवाः नेपाल’ हिजो शनिबार सम्पन्न भएको थियो । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको कार्यक्रममा महर्जन मिस नेवाः हुन सफल भएकी छिन् । नेप्लिज फेसन होमले विगत १४ वर्षदेखि निरन्तर मिस नेवाः कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

  • २०७७ फाल्गुण १४, शुक्रबार

    एम्स आर्टिष्ट फुटसल प्रचारात्मक पत्रकार सम्मेलन सम्पन्न

    ‘कलाकार देशको गर्व एवं सम्पत्ति हो, कलाकारको सम्बद्र्धन एवं सम्मान गरौं’ श्लोगानका साथ विगत चार बर्षदेखि निरन्तर रुपमा भाषा, कला संस्कृति र सम्पदा जगेर्ना गर्ने तथा सामाजिक जनचेतनामूलक एवं विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको निरन्तररुपमा आयोजना गर्दै आइरहेको एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.ले आउँदो फागुन २९ गते शनिबार मैत्रीपूर्ण एम्स आर्टिष्ट फुटसल कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त एम्स...

  • २०७७ फाल्गुण १०, सोमबार

    इन्टरनेशनल मदर्स ल्यांग्वेज डेमा कीर्तिपुरका एरोन महर्जन

    कीर्तिपुरका नवोदित बालगायक एरोन महर्जन इन्टरनेशनल मदर्स ल्यांग्वेज डे (विश्व मातृभाषा दिवस)को विशेष कार्यक्रममा आफ्नो मदर्स ल्यांग्वेज नेपालभाषाको गीत गाएर प्रस्तुत भएका छन् । काठमाडौं महानगरपालिकाको २५ वडास्थित जनबहाल मन्दिर परिसरमा फेब्रुअरी २१ तारिख आइतबार केलत्वाःया नेपाःमिपिं समूहको आयोजनामा विश्व मातृभाषा दिवसको अवसरमा आयोजित नेपालभाषा साहित्य र गीत संगीत प्रस्तुति कार्यक्रममा कीर्तिपुरका...

  • २०७७ फाल्गुण ७, शुक्रबार

    यो वर्ष उनन्तीसजनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’

    वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि मन, वचन र कर्मले समर्पित विभिन्न २९ जना महानुभावलाई यो वर्ष ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निणर्य भएको कुरा त्रिमुर्ति निकेतनले जनाएको छ । यो वर्ष  सर्वश्री अजरमान जोशी, अनुकृतिका, अनुराधा थापा, डा.कञ्चनजङ्घा प्रसाई, कलाधर काफ्ले, कावेरी जोशी, केशवराज जोशी, ढण्डुराज घिमिरे, दुर्गा वनवासी, देवकी श्रेष्ठ, नरेन्द्रराज पौडेल,...

Pages