STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाघभैरब महिमा अब म्युजिक भिडियोमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २९, सोमबार

सन्चारकर्मिका रुपमा परिचय बनाएका चलचित्र निरर्थक ललेन्द्र शाक्यको निर्देशनमा किर्तिपुरको आराध्य देव बाघभैरब को महिमा दर्शाउने" जय जय बाघभैरब ”  भजनलाई म्युजिक भिडियोका रुपमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सोमबार किर्तिपुरको किर्तिपुर सिनेप्लेक्समा सार्वजनिक गरिएको भजनमा बाघभैरब महिमा गानका साथै बाघभैरब उत्पत्ति बारे प्रचलित जनश्रुतिमा आधारित किम्बदन्तिलाई पनि बाल कलाकारहरुको माध्यमबाट प्रस्तुत गरिएको छ । यो भिडियो का छायाँकार तथा सम्पादक राजेश शाक्य हुन् ।

बाघभैरब भजन मण्डलका सदस्यहरुद्वारा स्वरबद्द यो भजनलाई संगीतकार हरिशरण सायमिले संयोजन गरी गीत तयार पारिएको छ भने भिडियो को निर्माण पनि उनै सायमिको संयोजनमा सम्पन्न भएको हो । 

सो भिडियो को लोकार्पण समारोह जनकवि दुर्गालाल श्रेष्ठ प्रमूख अातिथ्यता र हरिशरण सायमिको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख अतिथी श्रेष्ठद्वारा पानसमा दिप प्रज्वलन गरी समारोहको उदघाटन गरिएको थियो । समारोहमा किर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य, नेपालभाषाका पहिलो म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरे र बाघभैरब भजन मण्डलका गुरु जोगमान महर्जन लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

Categorized in साहित्य-कला