STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुमन र सुरेनमान शाक्यको गीतको भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २३, मंगलबार

"जमाना मभिं स्व ” बोल रहेको रबिन्सन कसाः संगको युगल गीतबाट चर्चामा आइ  गीतसांगीतिक क्षेत्रमा निरन्तर पाईला जमाउन सफल गायिका सुमन मानन्धरले गायक सुरेनमान शाक्यको साथमा नयाँ युगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।  उहाँको युगल जोडिको रुपमा साथ दिएको गीतको म्युजिक भिडियो “वनेमते जित: त्वता:” युट्युब मार्फत सार्वजनिक भएको छ ।

नेपालभाषाको चलचित्र तथा म्युजिक भिडियो का नायिकाका रुपमा चिनिने आराध्यालक्ष्मी खड्गीको परिकल्पना, कोरियोग्राफी र निर्देशनमा यस गीतको म्युजिक भिडियो तयार भएको हो । यस गीतका रचनाकार स्व. विनोद हृदय शाक्य हुनुहुन्छ भने संगीत गायक सुरेनमान शाक्य स्वयंको रहेको गीतको संगीत संयोजन श्याम महर्जनले गर्नुभएको छ ।

गीतको म्यूजिक भिडियोमा कलाकार अमोघवीर बज्राचार्य र आराध्यालक्ष्मी खड्गीको जोडिले अभिनय गर्नु भएको छ ।  यस गीतको छायाँकन र सम्पादन सोहन मानन्धरले गर्नुभएको छ । दुई प्रेमीको भविष्य निर्माणका लागि बिदेशीएर बिछोडनु पर्ने आजकलको यथार्थमा भईरहेको व्यथाको भावलाई यस गीत तथा म्युजिक भिडियोले दर्शाउन खोजेको छ भने रचनाकार स्व. बिनोद हृदय शाक्यले यसै परिस्थितिलाई नियालेर शब्द निर्माण गरेको देखिन्छ ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला

Categorized in साहित्य-कला