STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चितवनमा हुने ‘लक्की फिल्मी अवार्ड २०८०’मा बसुन्धरा भुसाललाई लाइफटाइम अवार्ड

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण ३१, बुधबार

लक्की मिडिया हाउस चितवनको आयोजनामा हुने भनिएको ‘लक्की फिल्मी अवार्ड २०८०’ यही असोजको पहिलो साता  हुने भएको छ । 

मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्ने हेतुले   चितवनको लक्कि मिडिया हाउसले फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आयोजक मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले  अवार्डको तयारी तीब्र पारिएको जानकारी दिनुभएको हो ।

अवार्डको कार्यक्रममा दुई दर्जन विधामा कलाकारहरुलाई सम्मान गर्ने उहाँले बताउनुभयो भने नेपालको पहिलो चलचित्र  "आमा  ” बाट अभिनय यात्रा थाल्नु भएकि हास्य अभिनेत्री बसुन्धरा भुसाललाई लाइफटाइम एचिभमेंट अवार्ड बाट सम्मानित गरिने कुरा महाप्रबन्धक हरि कार्कीले बताउनु भयो । उहाँले  “असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौ । कलाकारहरु संँग बसेर छिट्टै मिति तय गर्ने छौ । ” भनि भन्नु भयो ।   चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचार प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीब्र बनाएको उहांँले बताउनु भयो ।

बिभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया तथा भेटघाटका कार्यक्रमहरु अघि बढिरहेको कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले नोमिनेसको काम तीब्र बनाएका छौं ।” चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको उहाँ बताउनुहुन्छ ।

बि.सं. २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Categorized in साहित्य-कला