STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एनिमेशन चलचित्र लाखेको दोश्रो गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २९, सोमबार

बेलायतको यन्त्र कला ले नेपाल राष्ट्रको नामबाट स्थापना गरिएको नेपाल सम्बत का प्रवर्तक शंखधर साख्वाःलाई लिएर नेपालको पहिलो एनिमेटेड संकिपा " लिजेण्ड अफ शंखधर”  पछी निर्माण गर्दै गरेको दोश्रो एनिमेशन चलचित्र "लाखे”;को दोश्रो गीत " जय जय लाखे ” को एक कार्यक्रम बीच शनिबार प्रिमियर गरिएको छ ।  यी दुबै चलचित्रहरुका निर्देशक संयुक्त श्रेष्ठ ले गरेका हुन् ।

नेपाली र नेपालभाषामा समेत गरी दुबै भाषामा रहेको उक्त म्यूजिक भिडियोको काठमाण्डों महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अनुमति आदेशको संकेत पश्चात प्रिमियर गरिएको थियो । कार्यक्रममा उपप्रमुख डंगोलले एनिमेशन चलचित्रको माध्यमबाट बालबालिका तथा युवा पुस्तालाई भाषा, संस्कृतिको ज्ञान दिन सकिने बताउँदै महानगरपालिकाले बालबालिकालाई केन्द्रित गरेर बनाइने एनिमेशन फिल्मको लागि १ करोड रुपैया चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरेको बताउनु भयो ।

प्रिमियर समारोहमा वरिष्ट अभिनेता द्वय मदनकृष्ण श्रेष्ठ र मदनदास श्रेष्ठ लगायत नेपालभाषा एकेडेमी का उप कुलपति मल्ल के सुन्दर ले " लाखे ” बारे आआफ्ना मन्तव्य राखेका थिए । समारोहको सभापतित्व संयुक्त श्रेष्ठ ले गरेका थिए ।

Categorized in साहित्य-कला