STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कवि तथा गीतकार सरला श्रेष्ठको "माटोको महिमा” सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २९, सोमबार

प्रसिद्ध कवि तथा गीतकार सरला श्रेष्ठको राष्ट्रिय भावनाले ओतप्रोत गीत "माटोको महिमा”को एक भव्य समारोहका बीच लोकार्पण सम्पन्न भएको छ । नारायण ओलीको संगीत मदनकृण्ण श्रेष्ठ र अन्जु पन्तको स्वर गोपाल रसाईलीको संगीत संयोजन रहेको उक्त गीतको लोकार्पण कार्यक्रममा अग्रज व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वरिष्ठ  गीतकार किरण खरेल, विश्व वल्लभ मन्जुल वरिष्ठ कलाकार मदनकृण्ण श्रेष्ठ गायिका अन्जु पन्त गायिका जुनु श्रेष्ठ गायक राज सिग्देल गायिका बुनु श्रेष्ठ साउण्ड ईन्जिनियर महेश्वरमान श्रेष्ठ संगीतकर लक्ष्मण पोखरेल, मनोज चौलागाई , नेपाल गीतकार सघका उपाध्यक्ष रमेश कोईरराला, संगीतकार शंकर थापा स्माईल,  वरिष्ठ गीतकार भरत बम्जन लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

लामो समयदेखि नेपाली साहित्य र गीत संगीतको क्षेत्रमा कलम चलाउदै आउनु भएकी कवि तथा गीतकार सरला श्रेष्ठ समाजसेवी  पनि हुनुहुन्छ । लामो समयदेखि विदेश बस्दै आउनुभएकी श्रेष्ठ विदेशमा बसेर पनि नेपाली कला साहित्यमा कलम चलाउदै नेपाली गीतसंगीत र साहित्यको  श्रीवृद्धिमा निरन्तर लागि रहनुभएको छ । केही समयको नेपाल बसाईको क्रममा उहाले आफना सृजनाहरुलाई माटोको महिमा संग्रह मार्फत दर्शक श्रोताहरु माझ ल्याउनु भएको हो ।  

 उक्त लोकार्पण कार्यक्रममा गीतकार सरला श्रेष्ठको बुवा सुर्वणजंग श्रेष्ठ, आमा तुलसीदेवी श्रेष्ठको प्रमुख आतित्थमा सम्पन्न भएको थियो ।  कार्यक्रममा विभिन्न वक्ताहरुले गीतकार सरला श्रेष्ठको जीवनीदेखी साहित्यक यात्रा नेपाली सांगीतिक क्षेत्रमा उहाले पुर्याउनु भएको योगदान र  समाजसेवामा उहाले गरेको  कार्यहरुको चर्चा गरिएको  थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार विश्व बल्लभ, वरिष्ठ साहित्यकार मन्जुल, कलाकार मदन कृण्ण श्रेष्ठ गायिका अन्जु पन्त संगीतकार किर्ति न्यौपाने लगायतका वक्ताहरुले गीतकार सरला श्रेष्ठको र माटोको महिमा गीतकोबारेमा चर्चापरिचर्चा  गरेका थिए । गीतकार सरला श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली गीत संगीत र साहित्यक व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथि र विशिष्ट व्यक्तिहरुलाई सम्झना स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

 कुपन्डोलको साङग्रीला ब्लु होटलमा भएको कार्यक्रममा गीतकार सरला श्रेष्ठका अन्य गीतहरुको पनि लोकार्पण गरिएको थियो । अन्जु पन्त अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको माटोको महिमा गीतले प्रत्येक नेपालीलाई आफ्नो माटो प्रतिको मायामा समर्पति हुन प्रेरित गर्दछ । कार्यक्रममा माटोको महिमा गीतको भिडियोलाई विषेशरुपमा प्रर्दशन गरिएको थियो । उक्त गीतको भिडियोलाई ओम प्रकाश अवस्थीले सम्पादन र निर्देशन गरेका हुन । कार्यक्रममा विभिन्न गायक गायिकाहरुले गाएको गीतहरु पनि देखाईएको थियो । 

 

तिम्रो चोखो  ह्दयलाई धेरै रुवाए छु

तिम्रो कोमल पाउहरुलाई धेरै दुखाए छु 

मलाई माफ गर मलाई माफ गर मेरी मायालु

 

खै दोष कस्को थियो 

तिम्रो मेरो या समयको 

जे भो भै गयो विर्सिदेउ

त्यो यो जीवन कै भूल थियो 

मलाई माफ गर मलाई माफ गर मेरी मायालु

 

कहिले काहि पथ्थरहरु 

पानी बनेर बगेका छन

तिमी पथ्थर होइनौ पानी होउ मेरा लागि 

यो जीवन झिलमिल बनाई देउ

Categorized in साहित्य-कला