STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विज्ञान-प्रविधि

  • २०७७ मङ्सिर २५, बिहिबार

    फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा समस्या

    लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या आएको छ । फेसबुकअन्तगर्तका म्यासेन्जर, इन्स्टाग्राममा समस्या देखिएको हो । म्यासेन्जरमार्फत सन्देश पठाउँदा इन्टरेट कनेक्सन नभएको बताउनुका साथै सन्देश जान ढिलो हुने समस्या देखिएको हो । विश्वभरबाट लाखौँ प्रयोगकर्ताले फेसबुकलाई उक्त समस्याका बारेमा रिपोर्ट गरेका छन् । यस्तै, फेसबुक लग इन गर्न पनि समस्या भएको केही प्रयोगकर्ताले बताएका छन् ।  बिहीबार...

  • २०७७ कार्तिक ४, मंगलबार

    आज राति उल्कावर्षा हुने

    काठमाडौँ- हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।  यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ । आजको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन)...

  • २०७७ आश्विन २७, मंगलबार

    आज मंगल ग्रह पृथ्वी र सूर्यको सिधा रेखामा

    आज मंगलबार मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार मंगल ग्रह आज पृथ्वी र सूर्यको सिधा रेखामा पर्नेछ। यसको अर्थ यी तीनै ग्रह १८० डिग्रीको कोणमा रहनेछन्। त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने नासाले जनाएको छ । यसलाई एक...

  • २०७७ आश्विन १८, आइतबार

    गुगल मिटमा १ घण्टाको पाबन्दी नलाग्ने, अनलिमिटेड सेवालाई निरन्तरता दिने गुगलको घोषणा

    विश्वमा जारी कोरोना महामारीको स्थितिलाई मध्यनजर गर्दै गुगलले गुगल मिटमा लगाएको १ घण्टाकाे पावन्दी उल्टाएर निःशुल्क अनलिमिटेड सेवालाई निरन्तरता दिने घोषणा गरेको छ। ३० सेप्टेम्बर बुधबारदेखि भिडियो कन्फ्रेन्सिङ सर्भिस गुगल मिटमा निशुल्क प्रयोगकर्ताका लागि १ घण्टाको पाबन्दी लगाउने निर्णय गरेको थियो । कोरोना संकटकालको विद्यमान समयमा विश्वका करोडौँ मानिसहरु गुगल मिट तथा जूम जस्ता भिडियो कन्फ्रेन्सिङ...

  • २०७७ आश्विन १६, शुक्रबार

    ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण !

    इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ । यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । परीक्षण...

  • २०७७ आश्विन १६, शुक्रबार

    ‘गुगल मिट’ १ घण्टा मात्रै निःशुल्क

    सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब १ घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत भिडियो बैठक तथा कुराकानी गर्न मिल्ने गरी गुगल मिट सेवा केही समयअगाडि सुरु गरेको थियो ।  सुरुमा सबै निःशुल्क सेवा दिएको भए पनि अब ३० सेप्टेम्बरदेखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।   गुगलका प्रवक्ताले भने, '...

  • २०७७ आश्विन १६, शुक्रबार

    कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट

    भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीनवटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन,...

Pages