गुगल ट्रान्सलेटमा अब नेपालभाषा पनि
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १, बुधबार

काठमाडौं - गुगल ट्रान्सलेटमा नेपालभाषा (नेवार भाषा) पनि समेटिको छ ।
गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवार समुदायमा बोलिने भाषालाई मंगलबारदेखि समेटिएको हो ।
विश्वभर ७ हजारभन्दा धेरै भाषा रहेको भए पनि गुगलमा हालसम्म १०९ वटा भाषा मात्र समेटिएका छन् । अब नेपालभाषा समेत गरी गुगल ट्रान्सलेटमा भाषाको संख्या ११० पुगेको हो ।
वर्ल्ड नेवाः अर्गनाइजेसनको पहलमा नेपालभाषालाई गुगल ट्रान्सलेटमा राखिएको हो ।
गुगल ट्रान्सलेट एप सबैभन्दा पुरानो ट्रान्सलेटर एप हो । नयाँ फिचर र सामान्य इन्टरफेसका कारण यसको प्रयोग बढ्दो छ । हालै मात्र गुगल प्ले स्टोरमा गुगल ट्रान्सलेट एपले एक अर्ब डाउनलोड पुरा गरेको थियो ।
Categorized in विज्ञान-प्रविधि