STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २९, बुधबार

एजेन्सी - अमेरिकाले ब्रह्माण्डको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसमा आयोजित एक समारोहकाबीच तस्वीर सार्वजनिक गरेका हुन् ।

तस्वीर सार्वजनिक गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको क्षमता भन्दा बाहिर केही पनि कुरा नरहेको बताए ।

'यी तस्वीरहरूले संसारलाई अमेरिकाले ठूला कामहरू गर्न सक्छ भनेर प्रमाणित गरेकाे छ । हाम्रो क्षमता भन्दा बाहिर केही छैन भनेर पनि प्रष्ट पारेकाे छ', बाइडेनले भने ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरूले जेम्स वेब स्पेस टेलिस्कोपबाट यो तस्वीर खिचेका थिए । तस्वीरमा प्रस्ट रूपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरूबाट निस्किएका प्रकाश पनि तस्वीरमा सहजै देख्न सकिन्छ । यसलाई हालसम्मको अनुसन्धानमै ठूलो सफलता मानिएको छ ।

टाढाका वस्तुलाई समेत ठूलो आकारमा देखाउने टेलिस्कोपबाट खिचिएको यो तस्वीर पहिलो भएको र आफूहरू अझै अगाडि जाने नासाका वैज्ञानिकहरूले बताएका छन् ।

Categorized in विज्ञान-प्रविधि