STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरको मंगल उच्च मा.वि.का शिक्षक शिक्षिकालाई ल्यापटप वितरण

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ भाद्र ६, आइतबार

कीर्तिपुर नगरपालिका १० वडास्थित मंगल उच्च माध्यमिक विद्यालयका करिब २५ जना शिक्षक शिक्षिकाहरुलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट ल्यापटप वितरण गरेको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन महर्जनको सभापतित्वमा भाद्र ६ गते आइतबार जनैपूर्णिमाको दिन भएको उक्त ल्यापटप वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु संघरत्न बज्राचार्य, महालक्ष्मी रंजित, दिलीपकुमार महर्जन अतिथिको रुपमा उपस्थित भएका थिए ।

यस्तै कार्यक्रममा स्कूलका सह प्रधानाध्यापक निलकण्ठ महर्जनले स्वागत मन्तव्य दिनुभएको थियो । स्वागत मन्तव्यको क्रममा सह प्रधानाध्यापक महर्जनले अब शिक्षक शिक्षिकालाई अनलाईन कक्षा संचालन गर्न सहज हुने विचार राख्नु भयो ।

कार्यक्रममा स्कूलका प्रधानाध्यापक लोकलाल महर्जनले ल्यापटप वितरण सम्बन्धी मन्तव्य राख्नु भयो । प्रधानाध्यापक महर्जनले स्कूललाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ शिक्षक शिक्षिकाहरुलाई ल्यापटप वितरण गरेको जानकारी दिनुभयो ।

उहाँले हालको समय कोरोना महामारीको त्रासमय वातावरणमा लकडाउनको समय भएको र स्कूलका विद्यार्थी एवं शिक्षक शिक्षिकाबीच अनलाइन कक्षामार्फत कक्षा संचालन भइरहेको अवस्थालाई मध्यनजर राख्दै शिक्षक शिक्षिकालाई अनलाईन कक्षामा सहजता होस् भन्ने हेतुले अत्यावश्यक माध्यम ल्यापटप वितरण गरेको खुलासा गर्नुभयो ।

ल्यापटप वितरण कार्यक्रममा स्कूलका इञ्चार्ज रमा पौडेल तथा उमा श्रेष्ठ एवं इसिओ इञ्चार्ज सुमित्रा महर्जनले पनि आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं ल्यापटप खरिद संयोजक संघरत्न बज्राचार्यले आफ्नो मन्तव्य राख्ने क्रममा वितरित ल्यापटप स्कूलको सम्पत्ति ठानी लापरवाही नगर्न र आफ्नै सम्झी सुरक्षित तवरले प्रयोग गर्न शिक्षक शिक्षिकसमक्ष आग्रह गर्नुभयो । उहाँले हालको समय अनलाईन कक्षा संचालनको लागि शिक्षक शिक्षिकाहरुलाई ल्यापटप अत्यावश्यक भएको महसूसका साथ विद्यालयको आर्थिक अवस्था हेरी ल्यापटप वितरण गरेको जानकारी दिनुभयो ।

ल्यापटप वितरण कार्यक्रममा कार्यक्रमका सभापति एवं १० वडाका वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमन महर्जनले शिक्षक शिक्षिकाहरुलाई ल्यापटप वितरण गरेको प्रमुख उद्देश्य भनेकै विद्यालयलाई प्रविधिमैत्री वातावरणसंघ घुलमिल गराउनु हो भन्नु हुँदै ल्यापटप बिग्रे बनाउने जिम्मा स्वयं शिक्षक शिक्षिका हुने र ल्यापटप जतनका साथ चलाउन आग्रह गर्नुभयो । उहाँले अनलाईन कक्षाको समय कुनै विद्यार्थीले नकारात्मक कार्य गरेको खण्डमा अनलाईन क्लासबाट हटाउन सक्ने र अटेर गरी त्यस्ता नकारात्मक क्रियाकलाप गरिरहे विद्यालयबाटै हटाउन सक्ने धारणा राख्नु भयो ।

अध्यक्ष महर्जनले तीन वर्ष अगाडि नगरपालिकाबाट कीर्तिपुरमा रहेका सामुदायिक विद्यालयहरुलाई २५ वटा डेस्कटप वितरण गरेको र डेस्कटपले हालको महामारी र लकडाउनको समय अनलाईन क्लास सहजता नहुने औंल्याउँदै मंगल स्कूलमा अनलाईन क्लास र इन्टरनेट मार्फत् स्कुलको गतिविधिमा परिवर्तनकारी भूमिका निभाउनको लागि सबैलाई नभए पनि २५ जना शिक्षक शिक्षिकाहरुलाई ल्यापटप वितरण गरेको जानकारी दिनुभयो ।

कार्यक्रम शिक्षक दिलीपकुमार महर्जनले संचालन गर्नुभएको थियो भने कार्यक्रममा विषयगत विभिन्न शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

Categorized in विज्ञान-प्रविधि