STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मंगल ग्रहमा भेटियो पानी रहेको विशाल उपत्यका

Janjati Khabar – Janjati Khabar | २०७८ पौष ३, शनिबार

३ पुस, एजेन्सी - मंगल ग्रहमा वर्षौं पहिलेदेखि प्रशस्त मात्रामा पानीको अस्तित्व रहेको थलो भेटिएको छ, जसलाई वैज्ञानिकले पृथ्वीको ग्रान्ड क्याननसँग तुलना गरेका छन् ।

युरोपेली स्पेस एजेन्सीका अनुसार मंगलको कक्षमा परिक्रमा गरिरहेको अर्बिटरले बिहीवार सो तथ्य पत्ता लगाएको हो । युुरोपेली अन्तरीक्ष केन्द्र र रसमसकसले संयुक्तरुपमा सन् २०१६ मा त्यसतर्फ पठाएको एक्जोमार्स ट्रेस ग्याँस अर्बिटरले मंगलको मेरिनेरिज उपत्यकामा पानीको अस्तित्व रहेको प्रमाण फेला परेको हो ।

मंगलको उक्त पानी रहेको भनिएको थलो अमेरिकामा रहेको ग्रान्ड क्याननभन्दा १० गुणा विशाल, पाँच गुणा गहिरो र २० गुणा फराकिलो रहेको जनाइएको छ । मंगलको उक्त उपत्यकाको सतहमुनी पानी रहेको तथ्य अविर्टरको फ्रेन्ड नामक उपकरण र एपिथर्मल न्यूट्रन सेन्सरले पत्ता लगाएको हो ।

उक्त उपकरणले मंगलको ३.२८ फिट गहिराइमा पनि पानीको अस्तित्व फेला पार्न सक्ने सामथ्र्य राख्ने जनाइएको छ । मंगलमा पानीको बढी मात्रा धुव्रीय क्षेत्रतर्फ बरफको रुपमा रहेको अनुमान गरिएको छ । मेरिनेरिज उपत्यकामा मंगलको दक्षिण ध्रुवको नजिक रहेको भनिएको छ जहाँ पानी बरफको रुपमा रहने तापक्रमको चिसो हुँदैन ।

उक्त अर्विटरले मे २०१८ देखि फेब्रुअरी २०२१ भित्र सो तथ्य पत्ता लगाएको जनाइएको छ । सबैभन्दा पहिला सन् २००६ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक तस्वीर सार्वजनिक गर्दै मंगल ग्रहमा पानी भेटिएको प्रमाण पाइएको बताएको थियो । सन् २००८ मा नासाको फोनिक्स मार्स ल्याण्डरले मंगलग्रहमा बरफ रहेको पुष्टि गरेको थियो ।

Categorized in विज्ञान-प्रविधि