STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

समाचारका लागि गुगल र फेसबुकले रकम तिनुपर्ने कानून पारित

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १३, बिहिबार

अष्ट्रेलियाले संसारको पहिलो यस्तो कानून पारित गरेको छ जसअनुसार फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचारका लागि भुक्तानी गर्नुपर्नेछ ।

यो कानूनमाथि अमेरिकी टेक कम्पनीले कडा विरोध जनाएको छ ।

अघिल्लो हप्ता फेसबुकले अष्ट्रेलियामा बस्नेहरुका लागि समाचारको पहुँचमा रोक लगाएको थियो । साथै फेसबुकमा समाचार सेयर गर्न पनि रोक लगाएको थियो । यद्यपि, यो हप्ता सरकारसँगको कुराकानीपछि फेसबुकले आफ्नो निर्णय फिर्ता लिएको थियो ।

यो कुराकानीको आधारमा सरकारले तल्लो सदनमा जुन कानून प्रस्ताव गरेको थियो त्यसमा केही संशोधन गरिएको छ र केही केही बुँदामा दुबै कम्पनीलाई नयाँ कानूनबाट राहत मिल्ने प्रावधान पनि राखिएको छ ।

तर दुबै कम्पनीलाई अष्ट्रेलियाली ठूला प्रकाशकलाई आकर्षक रकम प्रदान गर्नका लागि प्रतिबद्ध गराइएको छ । यसलाई मोटामोटी रुपमा टेक कम्पनीको तर्फबाट गरिएको सम्झौताको रुपमा हेरिएको छ ।

अष्ट्रेलियाको यो कानून विश्वभरका निकायका लागि डिजिटल माध्यममा खबरका लागि भुक्तानीको एउटा नयाँ मोडल प्रमाणित हुनसक्ने बीबीसीले बताएको छ । बिहिबार यो कानून हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित गरियो ।

Categorized in विज्ञान-प्रविधि