राष्ट्रिय
-
२०७५ फाल्गुण २८, मंगलबार
नगरभित्रका विद्यालयमा एउटै पाठ्यपुस्तक र पोशाक
बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पाठ्यपुस्तक पढाइ गराइने भएको छ । सामुदायिक र संस्थागत विद्यालयको गुणस्तर समान गराउन नगरपालिकाले दुबै प्रकारका विद्यालयमा एकै खालको पाठ्यपुस्तक पढाउने व्यवस्था गर्न लागिएको हो । यसअघि विद्यालयपिच्छे फरक÷फरक प्रकाशनको पाठ्यपुस्तक अध्यापन गराउँदै आएकामा अब दुवै विद्यालयमा एउटै प्रकाशनको पुस्तक अध्यापन गराउने तयारी थालिएको हो । नगरपालिकाको...
-
२०७५ फाल्गुण २८, मंगलबार
वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा प्रमुख अतिथिको लागि प्रधानमन्त्री ओलीलाई आग्रह
वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो सम्मेलन नेपालमा वर्ल्ड नेवाः अर्गनाइजेशन (WNO) नेपाल च्याप्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटघाट कार्यक्रम मंगलवार भएको छ । वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो सम्मेलन नेपालमा आउँदो मार्च २८ तारिखदेखि आयोजना हुँदैछ । उक्त तेस्रो सम्मेलन बृहत् रुपमा सम्पन्न गर्नको निम्ति वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टर सक्रिय रुपमा व्यवस्थापनतिर लागिरहेको छ । यस...
-
२०७५ फाल्गुण २८, मंगलबार
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको आजको भेटघाटमा उहाँले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभयो । “कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर केका लागि वार्ता गर्ने रु उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् रु बम...
-
२०७५ फाल्गुण २८, मंगलबार
कोरियाली भाषा परीक्षा आगामी जेठमा
रोजगार अनुमति प्रणाली ९इपिएस०अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ । आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र...
-
२०७५ फाल्गुण २८, मंगलबार
अध्यक्ष पदमा सिजन श्रेष्ठ र दया शाक्यको भिडन्त हुने: वर्ल्ड नेवाः अर्गनाइजेसन तेस्रो सम्मेलनमा !
वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्लुएनओ) को तेस्रो सम्मेलन नेपालमा आउँदो मार्च २८ देखि ३० तारिखसम्म तीन दिन आयोजना हुने भएको छ । उक्त तेस्रो सम्मेलनको निम्ति उम्मेदवारहरुको नामावली घोषणा गरेको छ । घोषणा अनुसार अर्गनाइजेशनको केन्द्रीय अध्यक्ष पदमा सिजन श्रेष्ठ तथा दया शाक्यले उम्मेदवारी दिनुभएको छ । सिजन श्रेष्ठ वर्ल्ड नेवाः अर्गनाइजेशनको वर्तमान अध्यक्ष हुन् भने अर्का उम्मेदवार दया शाक्य वर्तमान...
-
२०७५ फाल्गुण २८, मंगलबार
सहकारीको सङ्ख्या घटाउन सुझाव
पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ । नेपाल सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको सहकारी एकीकरण विषयक छलफलमा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सङ्ख्यात्मक रुपमा वृद्धि गर्नुभन्दा गुणात्मकतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले सहकारी एकीकरण गर्नु चुनौती र...
-
२०७५ फाल्गुण २८, मंगलबार
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर...
-
२०७५ फाल्गुण २८, मंगलबार
‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी
यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको छ । सात महीनामा छापिँदा पनि सेवाग्राहीलाई सुविधा...
-
२०७५ फाल्गुण २८, मंगलबार
सिएसडब्ल्यूमा भाग लिन राष्ट्रपति न्यूयोर्कमा
राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यू०को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । राष्ट्रपति भण्डारीलाई जोन एफ केनेडी...
-
२०७५ फाल्गुण २८, मंगलबार
छाडा चौपाया ः स्थानीय तहको टाउको दुखाइ
कपिलवस्तु जिल्लाका मुख्य सडकखण्डमा पछिल्लो समय छाडा चौपायाको हालीमुृहाली बढ्दै गएको छ । सडकबीचबाट छाडा चौपाया आवतजावत गर्ने र बस्ने भएपछि दुर्घटना र जाम बढाएको छ । कपिलवस्तुमा छाडा चौपाया नियन्त्रण गर्ने सरोकार निकायले भने अहिलेसम्म कुनै पहल गरेको देखिएको छैन । जिल्लाका मुख्य र व्यस्त रहने बजार चार नम्बर , गोरुसिँगे, इमलिया, चन्द्रौटा, पिपरा, तौलिहवा, कृष्णनगरलगायत सडकमा राज गरेका छाडा चौपायकै...
-
२०७५ फाल्गुण २८, मंगलबार
हालसम्म चार हजार विद्यालय पुनःनिर्माण
विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ ९शिक्षा०का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण...
-
२०७५ फाल्गुण २८, मंगलबार
नेपाल भाषाको विद्यालय खोलिने
शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास ९इसिडी० मा नेपाल भाषाबाट पढाउन शुरु गरेको थियो । हाल...


