relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७५ फाल्गुण २७, सोमबार

    अस्पतालमा उपकरणको अभाव

    जाजरकोट अस्पतालमा डिजिटल एक्सरे नहुँदा दैनिक उपचारमा समस्या भएको छ । बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सो नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताउनुभयो । पचास श्ययाको अस्पतालको स्तरोन्नतिसँगै बिरामीको चाप बढे पनि सोअनुसारको सामग्री नहुँदा उपचारमा समस्या आउने गरेको छ । अस्पतालमा चिकित्सक...

  • २०७५ फाल्गुण २७, सोमबार

    दुई विकास बैंकको एकता प्रक्रिया शुरु

    रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् । बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ । साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले आइतबार संस्था...

  • २०७५ फाल्गुण २७, सोमबार

    एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

    ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ ९सवारी साधनको पाङ्ग्रामा साँचो० लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा...

  • २०७५ फाल्गुण २७, सोमबार

    काठमाडौं महानगरपालिका एवं नेवाः मिसा दबूको ‘नारी पत्रकारिता तालिम’ सम्पन्न

    पत्रकारिता क्षेत्रमा नेवाः समुदायका नारीहरुको सहभागिता वृद्धि गर्दै लाने उद्देश्य अनुरुप काठमाडौं महानगरपालिका एवं नेवाः मिसा दबू (नेवाः महिला संगठन) को संयुक्त आयोजनामा नारी पत्रकारिता तालिम सम्पन्न भएको छ । नेवाः मिसा दबूकी रश्मिला प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त नेवाः नारी पत्रकारिता तालिम समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गी श्रेष्ठ...

  • २०७५ फाल्गुण २७, सोमबार

    रक्सी स्वास्थ्यलाई विभिन्न किसिमले हानि

    रक्सी ले स्वास्थ्यलाई विभिन्न किसिमले हानि पु¥याउँछ । १. कलेजो र मस्तिस्क मा असर पार्न सक्ने सम्भावना बाहेक शरीरको विभिन्न भागमाम असर पार्न सक्छ । २. रक्सीले साठ्ठी भन्दा बढी प्रकारका रोगहरु गर्न सक्छ । ३. संसारभरी मानिसको मृत्यु गर्ने देश प्रमुख कारणहरुमा रक्सी पनि एक हो । ४. संसारभरीको कलेजोको क्यान्सर, खानाको नली को क्यान्सर, छरे रोग हरुमा ३० प्रतिशत सम्म रक्सी ले मात्र गर्ने हो । ५. रक्सी...

  • २०७५ फाल्गुण २७, सोमबार

    कापी कलमबिना नै विद्यालय आउँछन् चेपाङ

    चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् । विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ जना विद्यार्थी भर्ना भएका छन् । तर नियमित रुपमा भने २० जनाको हाराहारीमा विद्यालय आउँछन् । अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा...

  • २०७५ फाल्गुण २७, सोमबार

    सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन– अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो । पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म...

  • २०७५ फाल्गुण २७, सोमबार

    आलु किसान चिन्तित

    लागतअनुसाको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित भएका छन् । दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि उहाँले चिन्ता व्यक्त गर्नुभयो । भन्नुभयो, “एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च भएको छ । अझ आफ्नो मेहनेत र लगानीको फाइदा त परै जाओस् ।” “स्थानीय बजार पनि व्यवस्थित छैन्,...

  • २०७५ फाल्गुण २७, सोमबार

    आमा म छाउघर जानै पन्र्या हो

    पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’ पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन्थे । छाउगोठमै रिना बलात्कार...

  • २०७५ फाल्गुण २७, सोमबार

    सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

    भूकम्पबाट क्षतिग्रस्त छ सम्पदा बस्ती अध्ययनका लागि रु एक करोड २० लाख र पुनःनिर्माणका लागि रु ३० करोड बजेट विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ सम्पदा बस्ती अध्ययन गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन० ले जनाएको छ । प्रत्येक बस्तीका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले बताउनुभयो ।...

  • २०७५ फाल्गुण २६, आइतबार

    आज राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा, स्वदेश फर्किने चैत्र १ मा

    राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिका प्रस्थान गर्दैछिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३ औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेकी हुन् । राष्ट्रपतिसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की,...

  • २०७५ फाल्गुण २६, आइतबार

    नेवाः समुदाय उत्थानको लागि नेवाः सचेतना सेवा समाज घोषणा

    नेवाः समुदायलाई सामाजिक, सांस्कृतिक, भाषिक, राजनीतिक रुपबाट सचेत गरी अगाडी बढ्ने उद्देश्य अनुरुप स्थापित नेवाः सचेतना सेवा समाज घोषणासभा कार्यक्रम शनिबार काठमाडौंमा भव्यताकासाथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमीर रत्न ताम्रकारको अध्यक्षतामा संचालन भएकोे उक्त घोषणासभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेवाः अगुवा डा. महेशमान श्रेष्ठ तथा अतिथिको रुपमा सूर्यबहादुर नकर्मी उपस्थित हुनुभएको थियो ।...

Pages