STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ फाल्गुण २७, सोमबार

    सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

    भूकम्पबाट क्षतिग्रस्त छ सम्पदा बस्ती अध्ययनका लागि रु एक करोड २० लाख र पुनःनिर्माणका लागि रु ३० करोड बजेट विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ सम्पदा बस्ती अध्ययन गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन० ले जनाएको छ । प्रत्येक बस्तीका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले बताउनुभयो ।...

  • २०७५ फाल्गुण २७, सोमबार

    वल्र्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

    इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराउनुभयो । वल्र्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।...

  • २०७५ फाल्गुण २७, सोमबार

    प्रमुख विद्यासुन्दर शाक्यको निर्देशन ः क्षतिको विवरण सङ्कलन गर्नू

    काठमाडौँ महानरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार मख्खनटोलमा भएको आगलागी घटनाको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको छ । आगलागीको क्षति बुझ्न र पीडितको कुरा सुन्न आज विहान घटनाको स्थलगत अवलोकन गर्दै प्रमुख शाक्यले विपद् व्यवस्थापन विभागलाई घटनाको सम्पूर्ण विवरणबारे आफूलाई जानकारी गराउन निर्देशन दिनुभएको हो । महानगरपालिका–२४ स्थित मख्खनटोलमा गत बिहीबार मध्याह्न १२ बजे सल्किएको...

  • २०७५ फाल्गुण २६, आइतबार

    वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा विभिन्न संघसंस्थासंग छलफल

    नेपालमा हुनलागेको वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो बृहत सम्मेलन भब्य रुपमा सम्पन्न गर्नको निम्ति विभिन्न संघसंस्थासंग शनिबार ललितपुरमा छलफल कार्यक्रमको आयोजना गरेको छ । वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनको अध्यक्षतामा सुदय शिलाकारले संचालन गर्नुभएको उक्त छलफल कार्यक्रममा सुरेन्द्रभक्त श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा अतिथिको रुपमा समाजसेवी, धर्मसेवी...

  • २०७५ फाल्गुण २६, आइतबार

    कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधार

    कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बतउनुभयो । आकाशेपुल निर्माणको काम अहिले भइरहेको छ भने...

  • २०७५ फाल्गुण २६, आइतबार

    विकास प्रयासमा मित्र राष्ट्रको सहयोग चाहिएको छ ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताउनुभएको छ । नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आज यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उहाँले भन्नुभयो, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा...

  • २०७५ फाल्गुण २६, आइतबार

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अरनिको स्मृति दिवस मनाउँदै

    – कृष्णराज गौतम नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सोमबार पहिलो स्मृति दिवस मनाउँदैछ । अरनिको निधन भएको दिन पारेर प्रतिष्ठानले मार्च ११ तारिखमा विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष उहाँको स्मृति दिवस मनाउने तयारी गरेको छ । सन् १३०६ मार्च ११ तारिख ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो । तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा...

  • २०७५ फाल्गुण २६, आइतबार

    जनजातिको परिभाषा के हो ?

    जनजाति भनेको के हो ? भन्ने प्रश्नको जवाफ दिनु अत्यन्तै असहज छ र यस विषयमा जान्नु पनि त्यत्तिकै आवश्यक छ । असहज यस मानेमा छ कि ककसलाई जनजातिमा गणना गर्ने ? असहज यस मानेमा पनि छ कि कसरी जनजातिको सर्वमान्य परिभाषा गर्ने । जनजातिको परिभाषा मानवशास्त्रीहरुले थुप्रै गरेका छन् । नेपालका जनजाति र अन्य मुलुकका जनजातिको परिभाषा एउटै हुन सक्दैन । भारतका जनजाति लागि गरिएको परिभाषाले यहाँका जनजातिलाई समेट्न...

  • २०७५ फाल्गुण २६, आइतबार

    बोल्न छाडे अछामी भाषा

    – होम साउद अछामी भाषाको संरक्षणमा कसैले चासो नदिंँदा भाषा नै नरहने जोखिम बढिरहेको छ । यो भाषाको छुट्टै लिपी छैन । अछामी भाषाको विषयमा पर्याप्त लिखित इतिहास पनि छैन । तर, बोलीचालीका हिसाबले अछामी भाषाको छुट्टै पहिचान र फरक धार खुट्याउन सकिन्छ । यसअघि अछामी भाषामा यस क्षेत्रका मौलिक देउडा गीतहरु थुप्रै रचिएका र बजारमा ल्याइएका पाइन्छन् । अछामी भाषाका विषयमा व्यक्ति पिच्छे फरक धारणा रहेको पाइन्छ ।...

  • २०७५ फाल्गुण २६, आइतबार

    मल्लकालमा कान्तिपुरको बनौट कस्तो थियो ?

    मल्लकालमा कान्तिपुरको बनौट कस्तो थियो भन्ने बुझ्नु पनि यहा प्रासाङ्गि हुन्छ । राजा महेन्द्र मल्लको राज्यकाल (इस्वी १५६० देखि १५७४) मा कान्तिपुर चौबिस इलाका वा पञ्चयातमा बाँडिएको थियो एउटा पञ्चायतको नेतृत्व एकजना पञ्चप्रमाणले गर्दथ्यो । मल्लकालमा यी इलाकालाई टोल भन्न थालेको दखिन्छ । यो शब्द लिच्छविकालीन तल शब्दबाट अपभ्रंश भई आएको हुन सक्छ । लिच्छविकालमा आवाद गरी पाटो पारिएको जग्गाको अर्थमा यस...

  • २०७५ फाल्गुण २६, आइतबार

    सुर्तीजन्य वस्तुको प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम

    काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ । पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभई क्रमशः रोक लगाउँदै जाने कामपाको भनाइ छ । स्वस्थ शहर कार्यक्रम सञ्चालन गर्ने विश्वका ५० शहरमध्ये काठमाडौँ महानगर पनि एक हो । शहरमा धूम्रपान तथा...

  • २०७५ फाल्गुण २६, आइतबार

    दासढुङ्गा मदन–आश्रितको सालिक स्थान उचित संरक्षण भएन

     जताततै प्लाष्टिक र फोहर, भाँचिएको गेट, मर्मत नभएका संरचना । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी मृत्यु भएको स्थल चितवनको दासढुङ्गाको अवस्था देखेपछि तनहुँका सूर्य अधिकारी खिन्न हुनुभयो । “दासढुङ्गाको अवस्था देखेपछि निराश भएँ”, काठमाडौँ जाने क्रममा मदन–आश्रितको दुर्घटनास्थल दासढुङ्गामा बस्नुभएका उहाँले भन्नुभयो, “सालिकसमेत संरक्षण...

Pages