STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ फाल्गुण ३०, बिहिबार

    शंकास्पद वस्तु निस्क्रिय

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु निस्क्रिय गरिएको बताउनुभयो । बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन ।...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    संविधानको मर्म र भावनाअनुसार नै राउतसँग सम्झौता ः मन्त्री पण्डित

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनिएको वाक्य जनमत सङग्रहमा जाने सहमति होइन भन्दै उहाँले...

  • २०७५ फाल्गुण २९, बुधबार

    सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै

    जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । कम उमेरमा विवाह गर्ने गरेका महिलाको सङ्ख्यामा वृद्धि हँुदै गएकाले उनीहरु नै २० वर्ष कम उमेरका महिलाले गर्भपतन गर्ने गरेको स्थानीय तहका स्वास्थ्य संस्थामा तथ्याङ्क रहेको पाइन्छ । खप्तड छेडेदह गाउँपालिका साविकको आटीचौर गाविसको आटीचौर स्वास्थ्य चौकीबाट ४१ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । खप्तड छेडेदह...

  • २०७५ फाल्गुण २९, बुधबार

    बक्यौता नतिर्नेको लाइन काटियो

    नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो । साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । उहाँका अनुसार लाइन काटेर कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम...

  • २०७५ फाल्गुण २९, बुधबार

    एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण

    एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेले अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने...

  • २०७५ फाल्गुण २९, बुधबार

    रातो हाब्रे संरक्षण शुरु

    रुकुम पूर्व मा पाइने संरक्षित वन्यजन्तु रातो हाब्रेको संरक्षण गरिने भएको छ । नेपालको समुदायमा आधारित हाब्रे संरक्षण कार्यव्रmमअन्तर्गत जिल्लामा रातो हाबे्रको अनुसन्धान र अनुगमन गरी रातो हाब्रे संरक्षणको काम शुरु गरिने भएको हो । मानवअधिकार, वातावरण र विकास तथा अनुसन्धान केन्द्र ९हुरेडकार्स० नेपालसँगको सहकार्यमा रातो हाब्रे नेटवर्कले रातो सो अभियान शुरु गर्न लागेको हो । जिल्लाका पुथा उत्तरगङ्गा र...

  • २०७५ फाल्गुण २९, बुधबार

    मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

    मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङलगायत संरचना निर्माणको जिम्मा लिएको इटालियाली कम्पनी सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् । सुरुङ निर्माण कार्यमा मजदूरी गर्नुभएका पूर्णबहादुर...

  • २०७५ फाल्गुण २९, बुधबार

    राजपाको अवरोधः प्रतिनिधिसभा बैठक स्थगित

    प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल९राजपा०को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित...

  • २०७५ फाल्गुण २९, बुधबार

    सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ ः अर्थमन्त्री

    अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु¥याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुनेछ भन्नुभयो । डा खतिवडाले भन्नुभयो, “सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि...

  • २०७५ फाल्गुण २९, बुधबार

    प्राविधिक विद्यालयमा विद्यार्थी कम

    महालक्ष्मी नगरपालिकाभित्रको जिल्लाकै एकमात्र नमूना तथा पहिलो प्राविधिक विद्यालय विश्वामित्र गणेश माविमा कोटाअनुसार मात्र ५० प्रतिशत विद्यार्थीले विद्युतीय इञ्जिनीयरिङ अध्ययन गरिरहेका छन् । सो विषय अध्ययन तथा अध्यापनप्रति यहाँका अभिभावकको गलत बुझाइ परेका कारण आधा नै विद्यार्थी सङ्ख्या कमी भएको प्रधानाध्यापक ठाकुरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म विद्युतीय...

  • २०७५ फाल्गुण २९, बुधबार

    एक हजार तीन सय कर्मचारी कारवाहीका लागि सिफारिस

    राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराउनुभयो । उहाँका अनुसार छड्ेक अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र तोकिएको पोशाक नलगाउने ३४३ कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको हो ।...

  • २०७५ फाल्गुण २९, बुधबार

    राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

    महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यू०को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति...

Pages