राष्ट्रिय
-
२०७५ चैत्र ३, आइतबार
प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड
म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ ९एसइई०मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो । सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर...
-
२०७५ चैत्र ३, आइतबार
काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेस संसदीय दलले पूर्वप्रमुख सचेतक एवं काङ्ग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । केन्द्रीय सदस्य श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार ९९ वर्षको उमेरमा उपचारका क्रममा...
-
२०७५ चैत्र ३, आइतबार
उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउँछ ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उहाँले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टी९नेकपा० अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो गतिविधि बन्देज...
-
२०७५ चैत्र ३, आइतबार
गाईको सट्टामा भ्रूण ल्याउनुपर्छ
विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील विज्ञले गाईको सट्टामा भ्रूण ल्याउनुपर्ने बताएका हुन् । गाईको तुलनामा निकै सस्तो, सजिलो र वातावरणमा घुलमिल गराउनसमेत सहज हुने भएकाले भ्रूण वा वीर्य ल्याएर यहीँको गाईलाई प्रत्यारोपण गर्नुपर्ने उनीहरुको सुझाव छ । राष्ट्रिय गाई अनुसन्धान...
-
२०७५ चैत्र ३, आइतबार
विमानस्थल कालोपत्रेको काम शुरु हुन सकेन
यही चैतभित्र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गरी सक्ने भनिए पनि अझै कार्य शुरु भएको छैन् । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य थालनी नहुँदा स्थानीय बासिन्दा निराश बनेका छन् । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा माटो काट्ने, सम्याउनेलगायतका काम सकिएको नागरिक उडड्यन प्राधिकरणका इञ्जिनीयर कविता भट्टले बताउनुभयो ।...
-
२०७५ चैत्र ३, आइतबार
बाबा समूहद्वारा सामूहिक चौरीपालन
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा विदेशबाट फर्किएका युवाले सामूहिक चौरीपालन गर्न थालेका छन् । वैदेशिक रोजगारको विकल्पको रूपमा गाउँमै व्यावसायिक चौरीपालन गर्ने लक्ष्यले प्रगतिशील बाबा समूहमार्फत उनीहरूले चौरीपालन शुरु गरेका हुन् । समूहका अध्यक्ष गमबहादुर पुर्जाले भन्नुभयो, “चौरीपालनमा अहिलेसम्म रु १४ लाखभन्दा बढी लगानी भइसकेको र अहिले समूहसँग ३८ वटा चौरी छन् ।” समूहमा आवद्ध सात जनाले तीन...
-
२०७५ चैत्र ३, आइतबार
विप्लवका गतिविधिमाथि उच्च निगरानी
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारवाही थालेको हो । सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल...
-
२०७५ चैत्र ३, आइतबार
सरकारबाट हट्ने सोच छैन– उपप्रम यादव
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भन्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले...
-
२०७५ चैत्र ३, आइतबार
पत्रकार सुवेदीको उपचारार्थ सहयोग
नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको अगुवाइमा पत्रकार अर्जुन सुवेदीको उपचारार्थ सङ्कलित रु एक लाख पाँच हजार ११३ हस्तान्तरण गरिएको छ । महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरियो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले कोरिया शाखालाई धन्यवाद दिनुभयो । रकम ग्रहण गर्नुहुँदै पत्रकार सुवेदीले शुभचिन्तक तथा सहयोगीलाई आभार व्यक्त...
-
२०७५ चैत्र ३, आइतबार
बालविवाह र छोरा पाउने आशले महिलामा स्वास्थ्य समस्या
उमेर नपुग्दै आमा बन्दा र छोरा पाउने आशामा धेरै सन्तान जन्माउँदा बारेकोट गाउँपालिकाका महिलाका स्वास्थ्यमा बढी समस्या देखिएको छ । विवाह गर्ने उमेरसम्म दुईभन्दा बढी सन्तान जन्मदा महिलाको स्वास्थ्यमा विकराल समस्या आएको बारेकोट गाउँपालिका स्वास्थ्य तथा सरसफाइ उपशाखाका प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो । उपशाखाले गाउँपालिकाको लिम्सामा गरेको स्वास्थ्य शिविरमा ९९ महिलामध्ये २३ महिलामा पाठेघरको...
-
२०७५ चैत्र ३, आइतबार
हतियार बुझाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नाममा जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार बुझाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सुनसरी जिल्लाको वर्जु गाउँपालिकामा पर्ने वर्जु ताल निरीक्षणपछि आज आयोजित कार्यक्रममा पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले स्वागत गर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार निर्मूल गरी मुलुकमा सुशासन कायम...
-
२०७५ चैत्र ३, आइतबार
अध्यक्ष दाहाल आज अमेरिका जाँदै
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उहाँको गत...


