वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा प्रमुख अतिथिको लागि प्रधानमन्त्री ओलीलाई आग्रह
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २८, मंगलबार
वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो सम्मेलन नेपालमा
वर्ल्ड नेवाः अर्गनाइजेशन (WNO) नेपाल च्याप्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटघाट कार्यक्रम मंगलवार भएको छ ।
वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो सम्मेलन नेपालमा आउँदो मार्च २८ तारिखदेखि आयोजना हुँदैछ । उक्त तेस्रो सम्मेलन बृहत् रुपमा सम्पन्न गर्नको निम्ति वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टर सक्रिय रुपमा व्यवस्थापनतिर लागिरहेको छ ।
यस सन्दर्भमा आज मंगलबार नेपाल च्याप्टरको तेस्रो सम्मेलनका संयोजक पुष्करभक्त माथेमाको नेतृत्वमा नेपाल च्याप्टरका सदस्यहरु सम्मिलित समूहले प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटघाट कार्यक्रम भएको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्च २८ तारिखदेखि हुने वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थितिको लागि आग्रह गर्दै अर्गनाइजेशन नेपाल च्याप्टरले प्रम ओलीसित भेटघाट गरेको स्रोतले जानकारी दिएको हो ।
भेटघाटको क्रममा वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरका सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सम्मेलनमा सकेसम प्रमुख अतिथिको रुपमा उपस्थित हुने प्रतिबद्धता जाहेर गर्नुभएको जानकारी स्रोतले दिएको छ ।
भेटघाटकै क्रममा प्रधानमन्त्री ओलीले वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो सम्मेलन नेपालमा हुनलागेकोमा खुशी व्यक्त गर्नुहुँदै उक्त सम्मेलन भव्यताकासाथ सम्पन्न होस् भनी कामना गर्नुभयो ।
साथै नेपाल सरकारबाट उक्त सम्मेलनलाई शुभकामना व्यक्त गर्दै शुभकामना सन्देश पनि अर्पण गर्ने बचन दिनुभएको स्रोतले जानकारी दिएको छ ।
Categorized in राष्ट्रिय

