राष्ट्रिय
-
२०८१ माघ १५, मंगलबार
आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौँ - आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त जगातेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गरेको हो । मंगलबार उनीविरुद्ध बयान र थुनछेक भएन । शुक्रबार उनलाई बयान र थुनछेकको लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। आशिका सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको...
-
२०८१ माघ १४, सोमबार
अमेरिकाबाट दुई नेपाली निष्कासित
काठमाडौं - अमेरिकाले दुईजना नेपालीलाई निष्कासित गरेको छ। गैरकानुनी तरिकाले बसरहेका उनीहरूलाई अमेरिकाले गत साता निष्कासित गरेको हो। स्रोतका अनुसार शेर शाङ्बु शेर्पा र सारुन श्रेष्ठलाई अमेरिकाले निष्कासित गरेको हो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासित गरिएको स्रोतको भनाइ छ। शेर्पालाई एयर इन्डियाको विमान र श्रेष्ठलाई कतार एयरलायन्सको विमानबाट नेपाल फर्काइएको थियो। त्यस्तै...
-
२०८१ माघ १४, सोमबार
बिदाका दिन सरकारी गाडी चलाउन प्रशासनको पास अनिवार्य
काठमाडौं - बिदाका दिन सरकारी गाडी चलाउन अनिवार्य पास लिनुपर्ने सूचना जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको सञ्चालनसम्बन्धी सूचना जारी गर्दै पासबिना गाडी सञ्चालन गर्न नपाइने जानकारी दिएको हो । प्रशासनको सूचनाअनुसार, झन्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने गाडी, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाका सवारी साधनहरूका लागि भने पासको...
-
२०८१ माघ १४, सोमबार
महाभारत जङ्गलको डढेलो नियन्त्रणमा
काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो आजदेखि नियन्त्रणमा आएको छ । गत मङ्गलबार दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलबाट आगलागी सुरु भएको थियो । उक्त डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि बस्ती जोगाउने उद्देश्यका साथ शुक्रबार हेलिप्टरबाट रमितेडाँडा र ज्वानेथुम्काको आगलागी...
-
२०८१ माघ १४, सोमबार
आशिका तामाङ काठमाडौंबाट १० हजार धरौटीमा रिहा
आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गरेको छ। गौशालाका प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। तामाङ माघ २ गते पक्राउ परेकी थिइन्। उनले धरौटी बुझाएपनि प्रहरीले उनलाई पुन: पक्राउ गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाउने...
-
२०८१ माघ १३, आइतबार
दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा गर्ने बनारसीधाममा मेला
काठमाडौँ, दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसीधाममा माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म बाइसताल स्नान मेला लाग्ने भएको छ । यसवर्ष यही माघ १७ गतेदेखि २५ गतेसम्म मेला लाग्ने श्री बनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेशप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो । मेलाबारे साथ र सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौँ आइपुग्नुभएका उहाँ चार सय वर्षअघिदेखि...
-
२०८१ माघ १३, आइतबार
पाथीभरा केबलकार घटना : वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आयोगको आग्रह
काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अनुरोध गर्दै उक्त आग्रह गरेको हो । “विकास निर्माणका क्रममा आउन सक्ने यस प्रकारका असहमति र...
-
२०८१ माघ ११, शुक्रबार
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
काठमाडौं - राष्ट्रिय गौरवको आयोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको पनि शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि तीनवटै बाइपासको ब्रेक थ्रु भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको यो...
-
२०८१ माघ ११, शुक्रबार
ग्रीनल्याण्ड पब्लिक स्कुललाई प्रोस्पेरिटी नेपाल अवार्ड
लाइफ एशोसिएसन एपीयस इटलीले हरेक वर्ष खुशीको मार्ग अन्तर्गत विभिन्न अवधारणमा गरिएको कार्य सम्पादनको मूल्याङ्कनको आधारमा विद्यालयलाई प्रदान गर्ने अवार्ड यस पटक चितवनको भरतपुरमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले ‘प्रोस्पेरिटी नेपाल अवार्ड २०२५’ प्राप्त गरेको छ । विद्यालयलाई उक्त अवार्ड सँगै विद्यालयका प्राचार्य इन्दिरा कार्कीलाई समेत ‘एप्लाइड काइन्डनेस’ शीर्षकमा मानार्थ डिग्री प्रदान गरिएको छ ।...
-
२०८१ माघ ११, शुक्रबार
सर्वोच्चले रिट खारेज गरेसँगै सरकारी सेवामा राष्ट्रिय परिचयपत्रको प्रयोग बढाइँदै
काठमाडौं - सरकारले विभिन्न सेवामा राष्ट्रिय परिचयपत्रको प्रयोग बढाउने तयारी गरेको छ । गत असारमै सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । तर, नागरिकलाई सास्ती हुने गरी सरकारले निर्णय गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट परेको थियो । जसमा केही दिनअघि सर्वोच्चले सरकारी निर्णयविरुद्धका रिट खारेज गरिदिएको थियो । सर्वोच्चले रिट खारेज गरेसँगै...
-
२०८१ माघ ९, बुधबार
अदालत हाजिर हुन भैरहवा पुगे रवि लामिछाने
काठमाडौं - बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्। आफूविरुद्ध दायर भएको मुद्दाबारे अदालतमा उपस्थित भएर बयान दिन उनी मंगलबार काठमाडौंबाट बुद्ध एयरको जहाजर्फत भैरहवा पुगेका हुन्। लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक मुद्दा दर्ता भएको थियो।
-
२०८१ माघ ८, मंगलबार
राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


