राष्ट्रिय
-
२०८१ फाल्गुण ८, बिहिबार
प्रकृतिको नाममा ‘मनोविमर्श संस्था’ स्थापना गर्दै ओडिसा सरकार
काठमाडौं - भारतको ओडिसा प्रदेश सरकारले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा मनोविमर्श संस्था स्थापना गर्ने प्रतिवद्धता जनाएको छ। सरकारले आइतबार मृत भेटिएकी कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की विद्यार्थी लम्सालको नाममा संस्था स्थापना गर्न लागेको हो। बिहीबार नेपाली राजदूतावास दिल्लीका प्रहरी कन्सुलर एसएसपी संजीव शर्मा दाससहितको टोलीसँग भएको छलफलमा उडिसा सरकारका...
-
२०८१ फाल्गुण ८, बिहिबार
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको रौनक
काठमाडौँ - आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक...
-
२०८१ फाल्गुण ८, बिहिबार
प्रजातन्त्र दिवस जनताको दिवस हो : प्रथम राष्ट्रपति यादव
काठमाडौँ - सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कुराकानी गर्दै नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन आह्वान गरे । पूर्वराष्ट्रपति यादवले भने, ‘यो जनताको दिवस हो ।...
-
२०८१ फाल्गुण ६, मंगलबार
संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय
बागलुङ - गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्मै ठेलमठेल भएर उक्त नाच हेरे । रैथाने संस्कृतिको आनन्द बटुले । लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाचिरहेका कलाकारले दर्शकदीर्घाको मन जिते । नाच अवलोकनका लागि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकसहितका विशिष्ट व्यक्तिहरू पनि किनाराटोल आइपुगेका थिए । ...
-
२०८१ फाल्गुण ४, आइतबार
भिक्षुसङ्घलाई सामूहिक सङ्घदान
काठमाडौँ - स्वयम्भूस्थित आनन्दकुटी विहारमा आज भिक्षुसङ्घलाई सामूहिक सङ्घदान गरिएको छ । उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो । समाजद्वारा आयोजित यो चौथो सङ्घदान हो । यसपटकको सङ्घदानमा समाजमा आबद्ध नरहेका व्यक्ति तथा संस्थालाई पनि दान दिइएको थियो । सङ्घदान अघि आनन्दकुटी विहारका प्रमुखभिक्षु धर्ममूर्ति महास्थवीरले...
-
२०८१ फाल्गुण १, बिहिबार
शिक्षिकाले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते
तनहुँ - तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका शिक्षिकाको यातनाबाट तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यालयकी शिक्षिका एवं लेखापाल सोही ठाउँ बस्ने ३४ वर्षीया सुष्मा श्रेष्ठले यातना दिँदा कक्षा ४ मा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका हुन् । कक्षाकोठामा होहल्ला गरेको भनी सजाय दिने क्रममा श्रेष्ठले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते भएको जिल्ला...
-
२०८१ फाल्गुण १, बिहिबार
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
ललितपुर - ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकार भएकासँग अनुरोध गरेका छन् । गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सोमबार आयोजित उद्घाटन सत्रमा नगरप्रमुख...
-
२०८१ माघ ३०, बुधबार
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो । ‘अहिले बिजुली पनि छै । अदालतको भुइँतला सबै डुबेको छ,’ उनले भने । उनका अनुसार सबै कर्मचारी र सेवाग्राही अदालत परिसरभित्रै रोकिएका छन् । ‘हामी सबै अदालतभित्रै छौं,’ उनले भने, ‘पानी पसेपछि...
-
२०८१ माघ २८, सोमबार
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
भरतपुर - चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ । समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए । ‘मकुनाको मृत्यु सम्बन्धमा शुक्रबार छानबिन समिति बनेको थियो । बीचमा बिदा भएकाले आजदेखि काम...
-
२०८१ माघ २८, सोमबार
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन गरेका छन् । उनले आज साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गरेका हुन् । गणेशमान चारनाथ नगरपालिकाका विभिन्न क्रसर उद्योगले कमला र वरपरका अन्य खोलाबाट जथाभाबी र गैरकानुनी ढङ्गबाट उत्खनन्...
-
२०८१ माघ २७, आइतबार
'गौरी अनन्त सिरपाः' नेवाः सूचना केन्द्रलाई प्रदान
काठमाडौं - लोकसाहित्य परिषद्ले प्रदान गर्दै आएको पाँच पुरस्कारमध्ये 'गौरी अनन्त सिरपाः' सत्यमोहन लोकसाहित्य भवन बखुंबहालमा शनिबार नेवाः सूचना केन्द्रलाई प्रदान गरेको छ। नेपालभाषा साहित्य, संस्कृतिसम्बन्धी विभिन्न कार्यक्रमबारे नेवाः सूचनाको प्रवाहक भई कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्दै आएको योगदानको कदर स्वरूप नगद राशि रु. ५० हजारसहितको पुरस्कार नेपालभाषाको अभियन्ता मल्ल के. सुन्दरले नेवाः सूचना...
-
२०८१ माघ २६, शनिबार
वीर अस्पतालको शल्यक्रिया कक्षमा चिकित्सकमाथि आक्रमण
काठमाडौं - वीर अस्पतालको शल्यक्रिया कक्षमा चिकित्सकमाथि आक्रमण भएको छ। शुक्रबार ड्युटीमा रहेका चिकित्सक र एक जना कर्मचारीबीच आक्रमण भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले प्रहरीमा पत्र पठाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्। प्रहरीमा पठाएको पत्र अनुसार अस्पतालको अप्रेसन कक्षमा शुक्रबार प्रमुख कन्सलटेन्ट ग्याष्ट्रो सर्जन प्राडा शरद पोख्रेल र त्यहाँ खटिएकी सानुमाया मगर...


