STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बागमती यातायातले सवारीसाधनको विद्युतीय अभिलेख राख्दै

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र ६, बुधबार

काठमाडौं - यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख  (डिजिटाइजेसन) गर्न थालेको छ। 

सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखिकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए। 

केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको अभिलेखीकरणको शुभारम्भ गरेका थिए। यसका लागि कर्मचारीले सवारीको कागजात तथा तथ्याङ्क प्रविष्ट गर्ने कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताए।

सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी करिब ५१ हजार सवारी दर्ता छन् । ती सबै सवारीसाधनको तीन–चार महिनाभित्र अभिलेखको काम सकिने गरी काम भइरहेको उनले बताए। 

Categorized in राष्ट्रिय