राष्ट्रिय
-
२०८१ माघ ६, आइतबार
पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपिट, दुई जना पक्राउ
झापामा कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ। प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको प्रहरीले जनाएको छ। बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको प्रहरीको भनाई छ। कुटपिटबाट थापा घाइते भएका छन्। उनको आँखामा चोट लागेको छ। थापा बिर्तासिटी...
-
२०८१ माघ ४, शुक्रबार
थारू समुदायले वरघर छान्दै
कञ्चनपुर,यहाँका थारू गाउँमा वरघर ९भलमन्सा० छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू समुदायमा पुस्तौदेखि चल्दै आएको छ । वरघरले गाउँको बाटो निर्माणको अगुवाइ गर्ने, न्यायनिसाफ छिन्ने, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँधसिमाना विवाद मिलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने गर्छन् । वरघरसँगै थारू समुदायले...
-
२०८१ माघ ४, शुक्रबार
भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
डम्मर बुढामगर ढोरपाटन , निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढेपछि बर्सेनि नाचको रौनक बढ्दै गएको छ...
-
२०८१ माघ ४, शुक्रबार
काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन : यातायात व्यवसायी
काठमाडौं- काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन यातायात व्यवसायीहरूले सुझाव दिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा मजदुर ट्रेड युनियनबीच बिहीबार भएको छलफलका वक्ता यातायात व्यवसायीहरूले ऐन कानुन नै व्यवस्थित गरेर भए पनि ट्राफिक व्यवस्थापन मजबुद बनाउन सुझाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ...
-
२०८१ माघ ३, बिहिबार
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छः प्रचण्ड
मुग्लिन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताउनुभएको छ ।माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी हुन आउनुभएका उहाँले सोही वडामा सञ्चालित ‘बोटे सामुदायिक होमस्टे’मा स्थानीयले स्वागत गरेपछि समुदायको संरक्षण एवं विकासलाई राज्यले बिर्सन हुँदैन भन्नुभयो । उहाँले...
-
२०८१ माघ २, बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइने छ : प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिनुभएको छ । सत्ताइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज कीर्तिपुरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुनः निर्माण भएका एकीकृत बस्तीहरुमा...
-
२०८१ माघ २, बुधबार
‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’
काठमाडौँ, २ माघः नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल मगर सङ्घले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजित समारोहमा अध्यक्ष शेर्पाले जातीय पहिचान, कला, संस्कृति, रहनसहन जोगाउन मातृभाषा पहिलो प्राथमिकतामा पर्ने धारणा राख्नुभयो । पछिल्लो समय आदिवासी जनजातिको...
-
२०८१ माघ २, बुधबार
आज २७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौं- भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ। विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी...
-
२०८१ माघ १, मंगलबार
कैलालीमा माघीको रौनक
घोडाघोडी - जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व अर्थात् माघीको रौनक सुरु भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् । थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसे भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन् । पुसको अन्तिम दिनदेखि माघी सुरु हुने गरेका घोडाघोडी नगर...
-
२०८१ पौष २८, आइतबार
कर्मचारी सरुवा र बढुवाको अधिकार लोक सेवालाई दिने प्रस्ताव
काठमाडौं - समावेशी आयोगका सदस्य हरिदत्त जोशीले कर्मचारी सरुवा र बढुवाको अधिकार लोक सेवालाई दिन सुझाएका छन् । ‘कर्मचारी सरुवा र बढुवाको अधिकार लोक सेवा आयोगलाई दिऊँ । यसो गर्दा राजनीतिक हस्तक्षेप पनि नहुने हुन्छ,’ जोशीले आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने । समिति सदस्य रघुजी पन्तले बिचमै बोले, ‘मन्त्रालय के गरेर बस्छ नि फेरि रु’ पन्तको प्रश्नमा जोशीको जवाफ छ, ‘सुशासनको...
-
२०८१ पौष २८, आइतबार
लोकसेवा आयोगको परीक्षा मातृभाषामा हुनुपर्छ : कार्यवाहक अध्यक्ष साह
काठमाडौं - मधेसी आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले लोकसेवा परीक्षा मातृ भाषामा हुनुपर्ने बताएका छन् । अध्यक्ष साहले उपसचिव र सहसचिवको कोटामा पनि खुल्ला आरक्षण चाहिने बताए । आइतबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले मधेसी महिलाको छुट्टै कोटा प्रतिशत हुनुपर्ने समेत बताए । उनले भने, ‘आरक्षण कोटामा पदपूर्ति नभए त्यो कोटा खारेज गरिनुपर्छ । आरक्षण पदपूर्ति हुने उमेर हद ४० पुर्याउने र बढुवामा...
-
२०८१ पौष २४, बुधबार
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
ताप्लेजुङ - सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य...


